अमेरिकाको मेरिल्याण्डमा अन्त्येष्टि सवारी साधनमा ३ जनालाई गोली प्रहार , अस्पतालमा तीनै जना खतरामुक्त

इनेप्लिज २०८० मंसिर २ गते १६:२१ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा एक अन्त्येष्टि सवारी साधनमा ३ जनालाई गोली प्रहार गरिएको छ । तीनै जनालाई अस्पतालमा भर्ना गरिएको छ भने प्रहरीका अनुसार तीनै जना खतरामुक्त रहेका छन् ।

प्रहरीका अनुसार ल्यान्डओभरको फेडएक्स फिल्ड नजिकै अन्त्येष्टि गाडी (भ्यान)मा ३ जनालाई गोली चलाईए पछि प्रहरीहरु त्यहा पुगेका थिए । प्रिन्स जर्जको काउन्टी प्रहरी विभाग ल्यान्डओभरका अनुसार उक्त घटना गत शुक्रबार दिउँसो गोली चलेको थियो ।

करिब २ बजे दिउसो प्रहरीअधिकारीहरु शेरिफ सडकको ७१०० घरसमूह नजिक गोलाबारीको जवाफ दिएका थिए । प्रिन्स जर्जको काउन्टी प्रहरी विभागका प्रमुख चाड स्मिकका अनुसार गाडी चिहानबाट बाहिर जाँदा गोली हानिएको थियो ।

प्रहरीका अनुसार दुई महिला र एक पुरुष घाइते भएका छन् ।

प्रतिक्रिया