“मंसिर सात, काठमाडौंमा हाहाकार” नागरिक स्तरको पहिलो आन्दोलन

इनेप्लिज २०८० मंसिर २ गते ११:५४ मा प्रकाशित

अनिलभक्त खरेल । नेपालमा जति जति मंसिर ७ नजिक आउँदै छ सरकार त्यति त्यति डराउँदै छ । किनकि मंसिर ७ मा नेपालमा पहिलो पटक नागरिकहरुको नेतृत्वमा विद्रोह हुँदैछ । आयोजकले मेची अञ्चलबाट मात्रै १६०० गाडीहरु काठमाडौं भित्रिने भनेर सरकारलाई अत्याएको छ ।

त्यस्तै ५ गाडी चामल, २ गाडी दाल, १ गाडी कम्बल तयारी अबस्थामा रहेको बताईन्छ । कैर्यौं पार्टी प्यालेस र होटेलले फ्रिमा मान्छे राख्ने बताईरहेको छ । श्रीलंकाको भन्दा भव्य आन्दोलन हुने आयोजककले बताएको छ । कम्तीमा १० लाख मानिस राजधानी उतार्ने आयोजकको दावी छ ।

सम्भवतः नेपालको ईतिहासमा नागरिक स्तरबाट हुन लागेको यो नै पहिलो आन्दोलन हो भन्दा अत्युक्ति नहोला । नेपालमा काण्ड र पर्व बाहेक ३ वटा ठुला आन्दोलन भए । राणा शासन ढाल्न, पञ्चायत फाल्न र राजसंस्था फाल्न । यी तीनवटै आन्दोलन कि त पार्टी कि त विदेशीको हस्तक्षेपमा भए र टुंगिए ।
राणा शासन ढाल्न २००७ सालमा भएको आन्दोलन राजा, कांग्रेस र भारत मिलेर गरेका थिए र पछि दिल्ली सम्झौता गरेर नै आन्दोलन टुंगिएको थियो ।

त्यस्तै पञ्चायत फाल्न २०४६ सालमा कांग्रेस र बामपन्थी काँधमा काँध मिलाएर हिडेका थिए । भारतको प्रत्यक्ष सहयोगमा सो आन्दोलन भएको थियो । आन्दोलनलाई थप उर्जा दिन भारतका नेता तथा भुपु प्रम चन्द्रशेखर आन्दोलनकारीका नेता लौह पुरुष गणेशमान सिंहको निवास चाक्सीबारीमा भौतिकरुपमा नै उपस्थित भएर सम्बोधन गरेका थिए । त्यतिमात्र होइन ग्राइण्ड डिजायन अनुसार नै आन्दोलनको मार्ग बनाउन २०४५ सालदेखि नै भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो ।

सो समयमा नेवार प्रधानमान्त्री मरिचमान सिंहले बाह्य मुलुकबाट नुन, तेल ल्याएर जनताको सेवा गरेका थिए । त्यस्तै ६२।६३ को आन्दोलन तत्कालीन ७ दल र माओवादीलाई भारतमा लगेर भारतीयहरुको प्रत्यक्ष संलग्नतामा १२ बुँदे सम्झौता गरेर सुरुवात गरिएको थियो । पछि आन्दोलनले गति लिन थालेपछि भारतीय बामपन्थी नेता सीताराम यचुरीहरुले नेपाली मैदान र पछि संसदमै परेड खेलेका थिए । भारतीयहरुले ल्याईदिएको व्यवस्थामा जनताको जनजीविकाको समाधान नहुनु त स्वभाविककै हो नि । धतुरो रोपेर सुन्तलताको आशा गर्नु नै मुर्खता हो ।

यही धतुरोरुपी व्यवस्थाबाट जनताको समस्या समाधान हुन नसकेको, सर्वहारावर्ग र भुँईमान्छे माथि उठ्न नसकेको भन्दै यही मंसिर ७ गते झापा निवासी नेपाली नागरिक दुर्गा प्रसाईको अगुवाईमा पहिलो पटक नागरिक स्तरको विद्रोह हुन लागेको हो ।

यही धतुरोरुपी व्यवस्थाबाट जनताको समस्या समाधान हुन नसकेको, सर्वहारावर्ग र भुँईमान्छे माथि उठ्न नसकेको भन्दै यही मंसिर ७ गते झापा निवासी नेपाली नागरिक दुर्गा प्रसाईको अगुवाईमा पहिलो पटक नागरिक स्तरको विद्रोह हुन लागेको हो । आयोजकले यो आन्दोलन कुनै व्यक्ति विशेषमा केन्द्रित नभई समग्र व्यवस्थाको विरुद्धनै भएको र कुनै व्यक्ति विशेषले अवरोध गर्न आएमा उनीहरुलाई परास्त गर्ने बताएको छ । स्मरण रहोस सोही दिन नेकपा एमालेको युवा जत्थाले दुर्गा प्रसाईको अगुवाईमा हुने आन्दोलनलाई प्रतिकार गर्ने हुँकार गरिसकेको छ भने दुर्गा प्रसाई आफुहरुमाथि कोही प्रतिकार गर्न आए हातमा दही जमाएर नबस्ने भन्नुले सिनेमाका पर्दामा मात्र लडाँई देखेका काठमाडौंका जनताले प्रत्यक्ष लडाई देख्ने भएका । यदि लडाई भयो भने के कति हताहत हुने हो यसै भन्न सकिन्न ।

आयोजकले “७ गतेको आन्दोलन जनताको अधिकार स्थापनाको लागि हो । भ्रष्टाचार विरुद्धको हो । देशभक्तहरुको लागि हो । विदेशिन बाध्य बनाइएकाहरुको लागि हो । यो प्रत्येक देशभक्तहरुको लागि हो ।” भन्दै देश बचाउन देश र विदेशमा रहेका सबैलाई आ आफ्नो स्थानबाट साथ दिन आग्रह गरेको छ । त्यतिमात्र हैन यो आन्दोलनलेनै विदेशमा बसेका नेपालीहरुका लागि मताधिकारको अधिकार दिने व्यवस्था गर्ने आश्वासन पनि दिएको छ ।

त्यस्तै नागरिकहरुले अवस्था र व्यवस्थाको विरुद्ध भन्दै गणतन्त्रमा जनताले के पाए भनेर विभिन्न प्रश्न तेर्साएका छन्ः १२ बुँदे सहमति संगै गणतन्त्रवादी नेताहरुले व्यवस्थासंगै अवस्था फेर्ने नारा ल्याए, जनताले के पाए ?

त्यस्तै नागरिकहरुले अवस्था र व्यवस्थाको विरुद्ध भन्दै गणतन्त्रमा जनताले के पाए भनेर विभिन्न प्रश्न तेर्साएका छन्ः १२ बुँदे सहमति संगै गणतन्त्रवादी नेताहरुले व्यवस्थासंगै अवस्था फेर्ने नारा ल्याए, जनताले के पाए ? हिजो हात्ती छाप चप्पल लगाउने नेताले ब्राण्डेड जुत्ता लगाउन पाए, जनताले के पाए ? साइकल किन्न नसक्ेन नेताले पजेरो चढ्दै घुम्न पाए, जनताले के पाए ? बैदेशिक रोजगारी भन्दै खाडी पठाए, फर्कदा बाकसभित्र आउने बनाए जनताले के पाए ? नेताका छोराहरुले कैयौं चेलीहरुलाई निर्मला पन्त बनाए, जनताले के पाए ? गाउँ गाउँमा सरकारको नाममा नेताहरुले भ्रष्टाचार गर्ने जागीर पाए, जनताले के पाए ? ज्यानमारालाई आममाफी दिलाए, जनताले के पाए ? नरसंहारकारीलाई जेलमा बसी बसी दल खोल्ने शक्ति दिलाए, जनताले के पाए ? नेता र उनका छोराहरुले क्वीन्टलका क्वीन्टल सुन लुकाए, जनताले के पाए ?

आयोजकले सो दिनको मुख्य व्यानरमा “मंसिर ७, नागरिकको साथ ।” “मंसिर ७ मा काठमाडौं जाऔं, व्यवस्था साथै अवस्था परिवर्तन गरौं ।” मंसिर ७ बिहीवार भ्रष्टहरुको हाहाकार ।” भनेर प्रचार प्रसार गरिरहेको छ । सरकारले नागरिक स्तरबाट हुने सो आन्दोलनबाट आँत्तिएर यसअघि नै सामाजिक सञ्जाल टीकटकमा बन्देज गरिसकेको छ । गत वर्ष श्रीलंकाको विद्रोह र हालै इजरायल र प्यालेष्टाइनको युद्धबाट तर्सिएको सरकारले सुरक्षा निकायसंग ७ गते काठमाडौंमा हुन लागेको आन्दोलनलाई म्ध्यनजर राख्दै मुलुकको सुरक्षा अवस्थाबारे पटक पटक छलफल गरिसकेको छ । सुरक्षा अधिकारीहरुले दुर्गा प्रसाई एक्लै यस कार्यमा लागेको नभई उनलाई कसै न कसैको सहयोग रहेको निष्कर्ष निकालेको छ ।

उता सोही दिन एमालेको युवा संघले पनि सोही दिन माईतीघरबाट विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको छ । महेश बस्नेतले दुर्गा प्रसाईलाई तारो बनाएका हुनाले सो दिन दंगा हुनसक्ने भनेर सुरक्षा अधिकारीले आफ्नो रिपोर्ट प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाई सकेका छन । जस्ले गर्दा सो दिन सरकारले काठमाडौंमा निषेधाज्ञा जारी गर्ने सम्भावना रहेको बताइन्छ ।

सुरक्षा अधिकारीले आफ्नो रिपोर्ट प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाई सकेका छन । जस्ले गर्दा सो दिन सरकारले काठमाडौंमा निषेधाज्ञा जारी गर्ने सम्भावना रहेको बताइन्छ ।

स्मरण रहोस् यदि सो दिन भीड अनियन्त्रित भयो भने जसरी इराकमा १२ जना नेपाली जनता मारिदा काठमाडौंका सारा मेनपावर दिउँसै क्षणभरमै लुटिए त्यसैगरी सारा काठमाडौंं एकै रातमा लुटिने र व्यापारीहरु लखेटिने सम्भावना छ । छापामार युद्धबाट १७ हजार मारेर आएकाहरुले पक्कै पनि यसलाई मध्यनजर गरेका होलान् ।

मंसिर ७ गते निषेधाज्ञा लगाएपनि दुर्गा प्रसाईरुपी विद्रोहको आगो सल्किसक्यो अब यस्ले डँडेलोको रुप लिन मात्र बाँकी छ , यो डँडेलोले अब क कस्लाई सक्ने हो यसै भन्न सकिन्न । त्यसैले अब ७ गतेको आन्दोलन सरकारलाई “नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छो बाबुको अनुहार” हुदैछ । निषेधाज्ञा गरौं त सरकार डरायो भनेर खिसिटियुरी गर्छन्, नगरौं त राजधानीमा हिंसात्मक घटना घट्न सक्छ । हेरौं सरकारले के गर्छ । कामना गरौं मंसिर ७ गतकोे आन्दोलनका कारण कोही नेपालीले पनि अकालमा ज्यान गुमाउनु नपारोस् ।

अस्तु !अमेरिका भर्जिनिया

प्रतिक्रिया