काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले टिकटक बन्द गर्ने नभएर अन्य सामाजिक सञ्जाल पनि नियम, कानून र करको दायरामा ल्याएर चलाउनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो फेक आइडीमार्फत पुराना भिडिओहरु पोस्ट गरी दुरुपयोग भएको समेत उल्लेख गर्दै तर टिकटक बन्दै भने गर्न नहुने बताए ।
उनले लेखेका छन, ‘अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला । अब भनेको करको दायरामा ल्याउने र टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन ।’
सरकारको बन्द गर्न निर्णयले विकृति फैल्याउने किसिमका आइडी, पोस्ट नियमन गर्ने दह्रो आधार टिकटकसँग बनोस् र मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् भन्ने कामना पनि मेयर बालेनले गरेका छन् ।
‘अब यो बन्दलाई टिकटकसँग नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्’, उनले लेखेका छन् ।
प्रतिक्रिया