लगभग ३ करोड ६० लाख अर्थात् ३६ मिलियन अमेरिकीहरुले नयाँ बनाईएको कोभिड बिरुद्धको खोप लगाएको सिडिसीले जनाएको छ । यो अमेरिकी वयस्क जनसंख्याको १३.९% बराबर हो।
संघीय सरकारको नयाँ तथ्याङ्कअनुसार गत सोमबार नोभेम्बर १३ सम्म संयुक्त राज्य अमेरिकामा अनुमानित ३ करोड ६० लाख वयस्कहरूले नयाँ बनाईएको (अपडेट) गरिएको कोभिड-१९ खोप प्राप्त गरेका छन्।
साथै लगभग ३५ लाख अर्थात् ३.५ मिलियन बालबालिकाहरूले पनि अद्यावधिक गरिएको खोप लगाएको अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र(सिडिसी)ले बताएको छ ।
प्रतिक्रिया