अमेरिकाको ओहायो राज्यको एक राजमार्गमा विद्यार्थी बोकेको भाडाको बस(यात्रियान)सहित ५ वटा सवारीसाधन दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको गभर्नरले बताएका छन ।
दुर्घटना मंगलबार ओहायोको एटनामा अन्तरराज्यीय राजमार्ग ७० मा भएको थियो। ओहायो माध्यमिक बिधालयका विद्यार्थीहरू बोकेको भाडाको बस(यात्रीयान) सहित पाँचवटा सवारी साधनहरू मंगलबार बिहान दुर्घटनामा परेको प्रहरी अधिकारीहरूले भने।
ओहायोका गभर्नर माइक डेवाइनका अनुसार स्थानीय समय अनुसार बिहान ९ बजेभन्दा केही समय अगाडि घटना भएको हो।
टस्कारावास भ्याली बिधालयका विद्यार्थीहरू ओसारपसार गर्ने पायोनियर ट्रेल्स भाडाको गाडी संचालन गर्ने गाडी दुर्घटनामा संलग्न पाँचवटा सवारी साधन मध्ये थियो, गभर्नरले भने।
गभर्नर डिवाइनले दुर्घटना घातक भएको पुष्टि गरे तर सबै उचित सूचनाहरू नभएसम्म अन्य विवरणहरू जारी नगरिने उनले बताए । १८ जनालाई सात क्षेत्रीय अस्पतालमा लगिएको समेत उनले जानकारी दिए ।
प्रतिक्रिया