हमासद्वारा जारी अङ्कियदृश्यमा गाजामा एक इजरायली बन्धकलाई इजरायली हवाई आक्रमणमा मारिएको दाबी

इनेप्लिज २०८० कार्तिक २८ गते १२:५३ मा प्रकाशित

हमासले जारी गरेको अङ्कियदृश्य(भिडियो)मा गाजामा एक इजरायली बन्धकलाई इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको छ ।

हमासको सामाजिक सञ्जाल संचार माध्यम (च्यानल)मा एउटा अङ्कियदृश्य (भिडियो) सार्वजनिक भएको छ जसमा गाजामा बन्धक बनाएकी एक इजरायली महिला इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरिएको छ।

उक्त अङ्कियदृश्य केवल एक मिनेट लामो छ । गत सोमबार साँझ अल क्वासम गण हमासको सैन्य शाखाको टेलिग्राम च्यानलमा देखाईएको थियो ।

इजरायल रक्षा बलले महिलाको परिवारलाई अङ्कियदृश्यको अस्तित्वबारे थाहा भएको बताएको छ। सिएनएनले कुनै पनि अङ्कियदृश्य (भिडियो)देखाएको छैन र उनको मृत्युको पुष्टि गरेको छैन।

उक्त अङ्कियदृश्य (भिडियो)मा महिलाले छोटो विवरण पढिरहेको देखाइएको छ। उनले आफ्नो बुबा र आमा, उनको गृहनगर र उनको इजरायली परिचय (आईडी)को विवरण दिएकी छिन । उनले आफ्नो उमेर १९ वर्ष बताइन्।

इजरायल रक्षा बलका सेनाका प्रतिनिधि अङ्कियदृश्य (भिडियो)को बारेमा जानकारी दिन परिवारको घर गएका थिए।

“हमासले मनोवैज्ञानिक आतंकको प्रयोग गर्न जारी राखेको छ र बन्धकहरूको अङ्कियदृश्य र तस्बिरहरू मार्फत अमानवीय कार्य गर्दछ, जुन विगतमा गरेको थियो,” इजरायल रक्षा बल विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया