अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकनका उम्मेदवार सिनेटर टिम स्कटले मैदान छोडेका छन् । अमेरिकामा अर्को बर्ष २०२४ को नोभेम्बर ५ मा हुने राष्ट्रपतिको निर्वाचनको लागि अफ्रिकी अमेरिकी उम्मेदवार सिनेटर टिम स्कटले चुनावमा आफ्नो प्रचार प्रसार स्थगित गरेको घोषणा गरेका छन् ।
उनि रिपब्लिकन दल मध्ये कै र प्राथमिक निर्वाचनको लागि मैदानमा उत्रिएका थिए । यता रिपब्लिकन कै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सर्वाधिक सशक्त उम्मेदवार भएकोले उनको तुलनामा सिनेटर स्कट अत्यधिक न्यून सर्वेक्षण मतमा र कमजोर उम्मेदवार देखिएका थिए ।
साउथ क्यारोलाइनाका स्कटले आइतवार फक्स न्यूजसँगको अन्तर्वार्तामा घोषणा गरेका हुन् ।
“मैले २२ मे मा गरेको भन्दा आज अमेरिकालाई धेरै माया गर्छु। तर जब म आयोवा फर्कन्छु, आफू राष्ट्रपतिको उम्मेदवारको रूपमा हुनेछैन। म मेरो अभियान स्थगित गर्दैछु,’ उनले भने।
आइतवार रातीको घोषणाले स्कटका धेरै सहयोगीहरू र चन्दा दाताहरूलाई आश्चर्यचकित तुल्यायो। उनको अभियानको नजिकका दुई व्यक्तिका अनुसार उनीहरूलाई अग्रिम सूचना दिइएको थिएन भनि सिएनएनले समाचार लेखेको छ । उनि अन्य उम्मेदवारहरुको तुलनामा आर्थिक रुपले अर्थ संकलन तथा अन्य रुपमा समर्थन नदेखिएकोले बेलैमा उनले सही निर्णय गरेका छन ।
यो अघि अर्का उम्मेदवार तथा पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।
प्रतिक्रिया