डिसी महानगर क्षेत्र । सन् २०२३ अर्थात् २०८० सालमा लक्ष्मी पूजा र कुकुर तिहार एकै दिन परेकाले आईतबारका दिन अमेरिकामा अधिकांश नेपालीहरूको घर–घरमा सुरक्षाका लागि पालिएका कुकुरलाई मीठा–मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाएका छन् ।
अमेरिकामा १ घण्टादेखि ३ घण्टाको समय फरक हुने हुनाले सोही अनुसार नेपाली समुदायले आफ्ना घरमा पालेका कुकुरहरुलाई पूजा गरेका छन् । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
यस बर्ष तिहार पनि अलिक ढिलो भएकोले अमेरिकामा नोभेम्बर १२ का बिहान कुकर तिहार त्यस पछि साँझमा लक्ष्मी पूजा मनाइएको छ ।
अमेरिकामा कुकुरलाई नेपाल जस्तो खानेकुरा दिइँदैन । यहाँ स्वास्थ्यवर्धक र कुकरकै लागि बनाइएका अनेक प्रकारका खानेकुराहरू दिइएको छ । साथै नेपाली सेलरोटी र नेपाली परिकारका समेत भोजन कुकुरलाई खुवाइएको छ ।
कुकुर तिहारलाई नरके चतुर्दशी पनि भनिन्छ । कुकुरलाई आज्ञापालक एवम् रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ ।
प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत कुकुरले दिन्छ भने कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।
त्यस्तै साँझ पख देखि अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधामसँग श्रद्धाभक्तिको साथ लक्ष्मी पूजा मनाएका छन् । अमेरिकाका विभिन्न राज्यहरुमा लक्ष्मी पूजा सम्पन्न भइसकेको छ ।
अमेरिकाका विभिन्न राज्यहरुमा ३ घण्टा सम्मको समय फरक हुने हुँदा केही राज्यका शहरहरुमा लक्ष्मी पूजा प्रारम्भ हुँदै गरेको अवस्था छ ।
अमेरिकामा पनि नेपालमा जस्तै पूजा सामग्रीहरु प्राय हरेक ठाउँमा सर्वसुलभ तरिकाले पाइने हुनाले पूजा सामग्री, दियो, कलस, फलफूल, मिठाई लगायत सामग्रीहरु नेपाली समुदायले जुटाएका छन् ।
नेपालीहरुले आफ्ना घर आँगन अगाडि र कोठाभित्र पनि विभिन्न ढाँचाका रंगोली बनाइ घर सजाएका छन् । नेपालकै झझल्को आउने झिलीमिली बत्ती बाली घर उज्यालो परेका छन् ।
अमेरिकामा पनि आँगनदेखि मूल ढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म चामलको पीठो र अवीरले लक्ष्मीको पाइला बनाएका छन् ।
अमेरिकामा आगलागीको डर हुनाले दियोमा बत्ति बाल्ने भन्दा मैनबत्तीको प्रयोग ज्यादा गरेका छन् । अमेरिकामा बत्ति बल्दा घरमा जडान गरेको आगो लागेको सूचक यन्त्रले आवाज दिने हुनाले घरभित्र कम र बाहिर नै ज्यादा बालिने गरिन्छ । सोही अनुसार नेपालीहरुले मनाइ रहेका छन् ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गरिन्छ ।
लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ ।
सुख,सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामना सहित लक्ष्मी पूजाको दिन माता लक्ष्मी तथा लक्ष्मीको स्वरूप धन पैसा, गरगहनाको विशेष रूपमा पूजाआजा र अर्चना गरी लक्ष्मीकै प्रसाद स्वरूप आफ्ना कन्तुर, सन्दुक, सुरक्षित राखनधरण आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभ लाभ लेख्नु हाम्रो धार्मिक परम्परा रहेको छ।
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया