रङ्गोलीको इतिहास  र महत्त्व !

इनेप्लिज २०८० कार्तिक २६ गते १८:५४ मा प्रकाशित

केहि वर्ष अघिसम्म नदेखिएका कतिपय प्रचलनहरू अहिले एकाएक संस्कार र संस्कृतिको रूपमा विकास भइरहेका छन्।त्यस्ता प्रचलनहरू हाम्रै हुन या विश्वव्यापीकरणकोले प्रवेश गराएका हुन भनेर हामीले पहिचान गर्न सक्नुपर्छ । यस्ता कुराहरू पहिचान गर्न सकिएन भने हाम्रो संस्कृतिभित्रको प्राकृति गुण नष्ट भएर जाने र आयातीत प्रचलनलाई संस्कृति मान्ने अवस्था सृजना हुनसक्छ। हाम्रो संस्कृति हो या होइन थाहै नपाई,झट्ट हेर्दा प्रभाव पार्ने धेरै कुराहरू हामीले भित्र्याइसकेका पनि छौ ।अहिले हामीले बनाउने रङ्गोली भारतीय संस्कृति हो।रङ्गोलीलाई शुभको प्रतीक मानिन्छ।खासगरी लक्ष्मीको पाइला बनाएर मात्रै घरमा रङ्गोली तयार पारिन्छ।रङ्गोलीको वरिपरी बत्ती बाल्यो भने रङ्गोलीको सुन्दरता अझ बढ्छ।वास्तवमा लक्ष्मीपूजाको दिन घर-आँगनमा रङ्गोली बनाउने चलन हाम्रो थिएन र होइन।रङ्गोली लगायतका फरकफरक ठाउँका प्रचलनहरू विश्वव्यापी करणले संसारका हरेक स्थानमा भित्रिँदै गरेको र भित्री सकेको अवस्था छ।यस्ता हेर्दा झट्ट आँखा पर्ने कुराहरू बनाउने ठाउँ अनुसार फरकफरक विशेषता बोकेका हुने गर्छन्।रङ्गेलीले पनि ठाउँ अनुसारको विशेषता बोकेको छ। रङ्गोली ठूलो,सानो,आकर्षक या सामान्य जस्तो पनि हुनसक्छ ।यसमा विभिन्न रंग,गेडागुडी,अन्न तथा फूल आदि उपलब्धताको आधारमा प्रयोग गर्ने गरिन्छ ।

विशेषगरि तिहारमा नेपालीले पनि रङ्गोली बनाउन थालेका छन् । नेपालीले घरमा मात्रै होइन विभिन्न आफू जोडिएका संघसंस्थामा पनि रङ्गोली बनाउने प्रचलन बढ्दो छ । कतिपयले त रङ्गोलीको प्रतियोगिता नै गरेको समाचारहरू पढ्न पनि पाइएको छ ।

रङ्गोलीमा धेरै किसिमका शुभ चिन्ह भएकाले रङ्गोली बनाउँदा विभिन्न खालका आकृति बनाउन सकिन्छ। यो तिहारमा मात्रै होइन,अन्य शुभ कार्यहरूमा पनि रंगोली बनाउन मिल्छ ।

जस्तै : विशेषगरी गृह प्रवेश गर्ने स्थानमा रङ्गोली बनाउनुपर्छ भन्ने चलन भेटिन्छ ।

रङ्गोलीको इतिहास

प्राचीन कालमा रङ्गोलीलाई अल्पना भनिन्थ्यो।अल्पनाको अर्थ लेप लगाउनु हुन्छ।प्राचीन कालका घरहरूमा रङ्गीन तथा कलात्मक चित्रहरूको लेपनले घरमा धनधान्य हुन्छ भन्ने विश्वास गरिन्थ्यो । त्यसैले विशेषगरी तिहार तथा उत्सवहरूमा रङ्गोली बनाइन्थ्यो । रङ्गोलीले समृद्धि तथा खुसियाली ल्याउने विश्वास गरिन्छ । मोहन्जोदडो एवं हरप्पा संस्कृतिमा यस्ता कलाकृतिले घर सजाइन्थ्यो तर अहिलेका घर निर्माण गर्दै साजसज्जाले अत्याधुनिक छन् ।

अहिले सबैले रङ्गोलीको महत्त्व बुझेका छन कि छैनन् ?थाहा छैन तर हरेकले आँगनतिर रङ्गोली बनाएर उत्सव मनाउन थालेका छन्।यस्तो गर्नु भनेकै विश्वव्यापीकरण हो।

रङ्गोलीको महत्व

रङ्गोलीलाई धार्मिक एवं सांस्कृतिक आस्था र शुभको प्रतीक मानिन्छ।यो पूजापाठको प्रकृयाको एउटा महत्वपूर्ण अंग पनि हो।
कुनै पनि धार्मिक कर्मकाण्ड गर्नुपूर्व रङ्गोली/हामीले बनाउने चामलक पिठोको रेखी बनाउने प्रचलन सनातन धर्म,संस्कृति र संस्कारमा अनिवार्य जस्तो देखिन्छ।भारतमा प्राय : चाडपर्वको समयमा गाउँघरमा आँगन लिपेर त्यसमा पिठो,अबिर,बेसार आदि प्रयोग गरी रङ्गोली बनाउने प्रचलन अहिले पनि छ । नेपाली संस्कृतिमा आँगनलाई लिपेर सुन्दर बनाउने चलन लामो समयदेखि चल्दै आएको थियोे र छ ।तर रङ्गोली संस्कृति चाहिँ आयातित हो ।

निर्माण विधि
रङ्गोली दुई तरिकाले बनाउन सकिन्छ ।
१,सुख्खा रङ्ग
२, गिलो रङ्ग प्रयोग गरेर

रङ्गोलीको उत्पत्ति र विकासमा प्राकृति रङ्ग पिठो,बेसार, सिधुरे आदिको प्रयोग गरिन्थ्यो । अहिले त विभिन्न प्रकारका सुख्खा तथा गिला रङ्गहरू बजारमा नै पाइने गर्छन् ।

रङ्ग‍ोली कसरी बनाउने होला ?

चकले चित्राकंन गरेर त्यसमा रंग भर्दा पनि उत्कृष्ट रङ्गोली बन्छ । रङ्गोलीको लागि कोरिएको सेतो चित्राकंनमा आवरणमा सेतो पिठो राख्ने र चित्रको आवश्यकता अनुसार अन्य रङ्ग थप्दै जान सकिन्छ ।

विशेषगरी रङ्गोलीहरू ज्यामितीय आकृति तथा फूल र पातसगँ धेरै जोडेको देखिन्छ ।

अहिले नेपालमा देखिएका रङ्गोलीहरू मन्डला आकारमा लहरे फुल,मयुरको आकृति र स्वस्तिक चिन्नमा धेरै देखिएका छन् । व्यापारी करणका कारण अहिले बजारमा तयारी रङ्गोलीहरू पनि उपलब्ध हुन थालेको छ।

रङ्गोलीको स्वरुपको बाहिरी आवरण बनाएपछि आफूसँग भएका सामग्रीले घरमै रङ्गोली बनाउने/बालबालिकालाई बनाउन लगाउने कुराले बालबालिकालाई ज्यामितिय ज्ञान सिकाउन मद्दत गर्छ साथै घरको कामसगँ बालबालिकालाई जोड्न र घर सबै मिलेर सजाउन सकिन्छ ।यस्तो कार्यले मन प्रसन्न हुन्छ र परिवारमा शान्ति कायम गर्ने वातावरण बन्छ।

सीता ओझा

२०८०/०७/२१

प्रतिक्रिया