झन्डै बहकिएको म !

नबिन बिक २०८० कार्तिक २६ गते १५:४२ मा प्रकाशित

दुबईबाट एक हप्ताको लागी भनेर अमेरीका गएको थिए तर काम परेर डेढ महिना बस्नुपर्यो।सबै काम भ्याएर दुबईको लागी भनेर वासिङटन डिसीको एयरपोर्ट तिर लागे, बोर्डीङ पास लिएर लगेज जिम्मा लाएसी सेक्युरिटी पास गर्दै बोर्डिङ गेटमा पुगे। समय अझै सवा घन्टा जति थियो फ्लाईट उडनको लागी, फ्लाईट चढे पछि पनि प्लेनमा रातभरी सिटमा बस्ने नै हो, त्यसैले यसो यताउता टहलाउदै हिड्न थाले।प्यास पनि लागीरहेको थियो, यसो चिसो केही पिउन पाए हुन्थ्यो जसेतो लागी रहेको थियो। छेउमै बार देखे, गएर एउटा ड्राफ्ट बियर मागे र छेउकै टेबलमा बसेर पिउदै थिए , मेरो आँखा र कान मेरो छेउमै बसेकी एकजना २६-२७ बर्षकी देखीने भारतीय मुलकी जस्ती देखीने , हिस्सी परेकी केटी माथी पर्यो।

छेउमै बार देखे, गएर एउटा ड्राफ्ट बियर मागे र छेउकै टेबलमा बसेर पिउदै थिए , मेरो आँखा र कान मेरो छेउमै बसेकी एकजना २६-२७ बर्षकी देखीने भारतीय मुलकी जस्ती देखीने , हिस्सी परेकी केटी माथी पर्यो।

उनी र बार टेन्डरको हल्का हल्का टसन पर्दै रहिछ। एक छिन त्यहाँ बसेर दुई चार घुट बियर पिईसकेसी मात्रै थाहा पाएकी त्यो केटीले त्यहाँ ११३ डलरको पेय पदार्थ पिएकी रहिछन तर उनले एप्पल पे बाट तिर्दा वा कार्ड घोड्दा डिक्लाईन भएको रहिछ। उनले उनको साथीहरु सबैलाई गुहारिछन तर कसैबाट पनि त्यो पैसा तिर्ने मेसो मिलेको रहिनछ। बार टेन्डरले म्याम तपाईको साथी वा अन्य परिवारलाई फोन गरेर पैसा मगाउनुस नत्र तपाई जेल जानु पर्छ भन्दै थियो। तर ति नारी चै आर यु क्रेजी? भन्दै उसलाई मिठास भरिएको लवजले गाली गर्दै थिईन। बार टेन्डर पनि म्याम आएम सरी ईट्स माई जब एन्ड आई कान्ट हेल्प भन्दै उनलाई पुन: साथीभाई वा अन्य परिवारको सदस्यबाट पैसा मगाउन दबाब र नत्र जेल जानु पर्ने र फ्लाईट मिस हुने कुरा उसलाई सम्झाउदै थियो। त्यो केटीले पनि भए भरका साथीहरु र आफन्तलाई च्याट गरेर भ्याई सेकेकी थिई तर कसेलै उसको समस्या पार लाउन सकेका थिएनन।

त्यो केटी ६०% जति ड्रंक थिई जस्तो लाग्छ। मिठै बोल्दै थिई , बिल तिर्न नसक्नु बाहेक उसले अन्य त्यस्तो अभद्र ब्यबहार केही गरेकी थिईन। उसले केही उपाए नलागेसी उसको एउटा कुर्ची छोडेर बसेको अधबैसे पुरुष (खैरे)लाई बिल तिरीदिन आग्रह गरी तर ति पुरुषले चाई” म्याम म बिल तिरिदिन्थे पनि होला तर त्यो बिल मेरो बजेट भन्दा धेरै माथि छ” भनेर तर्कियो । म यो सबै घटनाहरु सुक्ष्म तरिकाले नियाली रहेको थिए , कस्तो नमज्जा लाग्यो , यस्ती राम्री तरुनी केटी , कतै जान हिडेकी अन्तराष्ट्रिय एयरपोर्टमा यसरी तमासा देखाएर बिचल्ली पेरको देख्दा झनै नराम्रो लाग्यो, मन खायो , ११३$ त रैच मै तिर्दिन्छु , भनेर सोचिसकेको थिए , फेरी एक मनले सोचे एक त यसले मलाई रिक्वेस्ट गरेकी छैन, अर्को कुरा यो कुनै समस्यामा परेर नभई आफै मस्ती गर्न रक्सी पिएर समस्यामा परेकी हो। यस्ती जड्याई केटीको सहयोग गर्नु भन्दा त मेरो देशमा साच्चिकै दुख पाउने कति छन बरु त्यस्तालाई सहयोग गर्छु भन्ने सोच आयो। आफैले गरेको कर्मको फल भोगोस ,यसबाट यसले शिक्षा सिक्नै पर्छ जस्तो लाग्यो र फेरी एक छिन सम्हालिए र अर्को घुँट बियर दन्काए ।यत्रोनी तिर्दिन यसको बिल त्यो पनि ११३$ । फेरी बार टेन्डरले बिल तेर्स्याउदै “ म्याम बिल तिर्नुस नत्र पुलिस बोलाउछु” भन्दै धम्क्यायो, केटीले पनि मैले पनि त कोशीस गर्दै छु, बिल तिर्नलाई, बोला तेरो पुलिसलाई भनेर उही मिठास लबजमा उसलाई जबाब फर्काई र यसपाली बार टेन्डरले साच्चिकै पुलिसलाई फोन गर्यो।

फेरी बार टेन्डरले बिल तेर्स्याउदै “ म्याम बिल तिर्नुस नत्र पुलिस बोलाउछु” भन्दै धम्क्यायो ।

बार टेन्डरले पुलिसलाई फोन गर्दा त्यो केटीको भन्दा मेरो पो सातो गयो तर उ चै नर्मल नै देखिन्थी, उसको अनुहारमा आत्तिएको केही देखिन, उ बिन्दास थिई। फेरी मेरो मनमा अनेकौ कुरा खेल्न थाले, यो केटी को घर कहाँ होला? कहाँ जान हिडेकी होला? किन यस्तरी रक्सि पिएर एयरपोर्टमै मात्नु परेको होला? बिचरा उस्को पनि त केही मजबुरी होला, सायद भर्खरै ब्रेक अप भएर दुखी भएर सम्हाल्न नसकेर पिडा भुलाउन पिएकी पो हो की? सायद घरमा केही समस्या भएर पो होकी? सायद कम्पनीले जबबाट निकाली पो दियोकी ? नत्र मान्छेले किन यसरी पिउछ? त्यो पनि अन्तराष्ट्रिय उडा भर्दा? पक्कै उ पिडामा छ भनेर उ प्रति अनायसमै साहनुभुति पलाएर आयो र मैले नै त्यो बिल तरिदिने निर्णय गरे। ११३ डलर बिल तिर्न नसेकै कारण उसलाई जेल जान दिन्न भन्ने दृढ निर्णय लिए र फेरी अर्को घुँट बियर पिए ।

एक छिनमा दुईटा प्रहरी आई पुगे, म पो झन डराए…ला….अब साच्चिकै उसलाई लानि भयो भनेर , प्रहरीले बडो ईज्जतसंग बोर्डिङ पास र आईडी कार्ड माग्यो र ईन्फोरमेसनहरु लिए पछि, म्याम बिल तिर्नुस नत्र तपाईलाई अभियोग लाउनु हाम्रो बाध्यता हुनेछ भनेर सम्झायो, त्यो केटी अमेरीकैमा बस्दी रहिछ, अग्रेजी त फरर त्यो पनि अमेरिकन सैलिमा।ति अमेरीकन प्रहरीको सम्मान जनक ब्यबहार देखेर हाम्रो नेपालको प्रहीको याद आयो, नेपालमा भैदिएको भए ,त्यो केटीको जगल्टा वा नभए कठालो समातेर पैला चौकी पुर्याएसी बल्ल अरु कुरा गर्थे। त्यो केटीले पनि बारम्बार “ आएम ट्राईङ सर” भन्दै बार बार सरी…भन्दै थिई, सायद ड्याडी लाई मेसेज फोन गरीरहेकी थिई तर पनि कुनै समाधान निस्कन सकेको थिईन। अब त यो केटीलाई जेल लैजाने भए , अभियोग लाग्ने भयो, फ्लाईट छुट्ने भयो भनेर मेरो मन खुब आत्तियो, मेरो पनि मलेसियामा एकचोटी ट्रान्जिटमा फ्लाईट छुटेको छ र मैले धेरै दुःख पाएको छ।

त्यो केटीले पनि बारम्बार “ आएम ट्राईङ सर” भन्दै बार बार सरी…भन्दै थिई, सायद ड्याडी लाई मेसेज फोन गरीरहेकी थिई तर पनि कुनै समाधान निस्कन सकेको थिईन।

यसो हेरको यसको पैसा तिर्ने सक्ने तागत देखिन मैले र अब त पैसा तिर्दिन्छु भनेर सोचे र क्रेडीट कार्डबाट तिरौ की नगद दिउ भनेर सोच्दै थिए र गोजामा हात लादै थिए । उता बाट कसैले उनको मेसेन्जरमा क्रेडीटकार्डको फोटो पठाई दिएछ र दुईटा कार्ड घोटेर बल्ल बल्ल १०० डलर तिरी र बाँकी १३ डलर चै बार टेन्डरले म तिर्दिन्छु म्याम भनेर बिल साईन गरिदियो।उसले पनि जेल जान परेन, मेरो ११३ डलर पनि बच्यो, म बहकिएर अलिक चाडै बिल तिरीदिएको भए ? त्यसैले सबै कुरामा धैर्य गर्न सिक्नु पर्छ। आशा छ यो घटनाबाट उनले धेरै कुरा सिकिन, पैसा, परिवार र साथीहरुलाई नजिकबाट चिनिन होला। उनिको बारेमा लेख्दै म पनि लन्डन आई पुगेछु, अब दुबईको यात्राको लागी जहाजमा बसिसकेको छु, उनी पनि आफ्नो गन्तब्य पुगि सकिन होला…….।

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया