नेपालमा कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन,अमेरिकामा अब केही क्षणमा सुरु हुने

इनेप्लिज २०८० कार्तिक २६ गते १३:१३ मा प्रकाशित

नेपालमा कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेकोले बिहान कुकुर तिहार धुमधामको साथमा मनाईएको छ भने मनाउने क्रम अझै जारी रहेको छ । अमेरिकामा अब केही क्षणमा सुरु हुने र अमेरिकामा विभिन्न राज्य र शहरमा रहेका नेपाली समुदायले कुकुर तिहार र लक्ष्मी पूजा पर्व मनाउन उत्सुक रहेका छन् ।

यस वर्ष पनि लक्ष्मी पूजा र कुकुर तिहार एकै दिन परेकको छ । नेपालमा आइतबार हो भने अमेरिकामा पनि सोही दिन मनाइने छ । नेपालमा अधिकांश घर–घरमा सुरक्षाका लागि पालिएका कुकुरलाई मीठा–मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाएका छन् । तर अमेरिकामा केही क्षणमा प्रारम्भ हुनेछ ।

नेपालमा पनि अत्यधिक रुपमा कुकर पाल्ने प्रचलन बढ्दै गएकोले कुकुर तिहारमा मीठा मीठा खानेकुरा दिईएको छ ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । नेपालमा नोभेम्बर १२ र अमेरिकामा पनि सोही दिन आइतबारका दिन लक्ष्मी पूजा र कुकर तिहार मनाइएको छ ।

कुकुर तिहारलाई नरके चतुर्दशी पनि भनिन्छ । कात्र्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा–मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

नेपालमा नेपाल प्रहरी बिभागले बिगत वर्ष झैँ यस पटक पनि सदा झैँ कुकुरहरुका प्रदर्शन गरेको छ । साथै सामाजिक संजाल भरि तस्बिरहरु राखिएका छन् ।

यस्तै यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइएको छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेली रहेका छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।

भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिएको छ ।

नेपालमा आ-आफ्ना घर आँगन अगाडि र कोठाभित्र पनि विभिन्न ढाँचाका रंगोली बनाइ घर सजाएका छन् । नेपालमा झिलीमिली बत्ती बाली घर उज्यालो परेका छन् ।

कृतज्ञता : तस्बिरहरु अमेरिकी दुताबास काठमाडौँ ,नेपाल प्रहरी ,नायिका प्रियंका कार्की लगायत

प्रतिक्रिया