अमेरिकाका नेपालीहरुलाई पनि तिहार लागेको छ । यम पंचक आज देखि सुरु भएकोले तिहारको चहलपहल सुरु भै सकेको छ । अमेरिकामा सबै भन्दा ज्यादा नेपालीहरुले देउसी भैलो खेल्ने गर्छन । यो क्रम गत हप्ता देखि नै सुरुवात भै सकेको छ । कागहरुलाई नेपालमा खानेकुरा दिए झैँ यहा पनि बाहिर राखिएको छ ।
किनभने अहिले अमेरिकामा ४ पुस्ते र ३ पुस्ते परिवारहरु प्रसस्त रहेका छन् भने उनीहरुले नेपालमा गरे झैँ यहाँ पनि काग,कुकुर तिहार मनाउने गर्दछन । मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरले पहिलो पटक दोश्रो पुस्ताको लागि गाईको बाछी समेत ल्याएर गाई पूजा समेत गर्ने भएको छ ।
अमेरिकाका बिभिन्न राज्य र शहरहरुमा स्थापना भएका नेपाली पाठशालाहरुमा अमेरिकामा जन्मिएका तथा सानो उमेरमा अमेरिका आएका बालबालिकाहरुलाई यसको महत्व र चाड बारे अझ जानकारी होस् भन्ने हेतुले देउसी भैलो समेत खेलि रहेका छन् ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल प्रतिपदासम्म तिहार मनाइन्छ । काग तिहार नेपालमा मनाईएको छ भने अमेरिकामा मनाउने सुरसार गरिदै छ । कागलाई मीठो-मीठो खाना चढाएर काग तिहार मनाइँदैछ ।
वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।
वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूत मानिन्छ । तिहारको पहिलो दिनलाई काग (काग) तिहार भनिन्छ। मृत्यु देवता यमका दूत मानिने काग र कागलाई छतमा वा सडकमा राखिएको अन्न, बीउ र मिठाईहरू चढाएर पूजा गरिन्छ।
हिन्दू धर्ममा काग र कागको चराउने काम शोक र शोकसँग सम्बन्धित छ किनभने यी चराहरूले यमको सन्देश बोक्ने विश्वास गरिन्छ।
घर आँगनमा आई काग कराएमा शुभ बोल भन्ने चलन पनि छ । काग घर छेउमा आएर कराउँदा केही सन्देश ल्याएको भन्ने प्रचलन पनि रहेको छ ।
प्रतिक्रिया