एफबिआइद्वारा न्यूयोर्क शहरका नगर प्रमुख एरिक एडम्सको संचार उपकरण (फोन )जफत

इनेप्लिज २०८० कार्तिक २५ गते ३:१३ मा प्रकाशित

एफबिआइद्वारा न्यूयोर्क शहरका नगर प्रमुख एरिक एडम्सको संचार उपकरण (फोन )जफत गरेको सिएनएनले जनाएको छ । एफबिआइले चुनाव अभियान कोष सङ्कलनको सिलसिलामा संघीय अनुसन्धानको एक भागको रूपमा उनको भ्रमणध्वनी(सेलफोन ) जफत गरिएको हो ।

जासुसहरूले यस हप्ताको सुरुमा उनका केही संचार उपकरण गरिएको समेत श्रोत व्यक्तिले सिएनएनलाई बताए ।

एफबीआई र न्युयोर्कको दक्षिणी जिल्लाका लागि अमेरिकी वकिलको कार्यालयले अनुसन्धान गरिरहेको छ। एडम्सलाई अहिलेसम्म कुनै गल्तीको आरोप लगाइएको छैन, तर उनी विदेशी सरकारहरूसँगको सम्बन्धको लागि छानबिनमा आउने पछिल्लो राजनीतिज्ञ हुन् ।

नगर प्रमुखको २०२१ को चुनावी अभियानको कोषमा विदेशी पैसा आएको हो कि भनेर जाँचको एक भागको रूपमा एफबीआईले एडम्सको मुख्य कोष सङ्कलनकर्ताको घरमा छापा मारे पछि उनको संचार उपकरण जफत गरिएको हो ।

न्यूयोर्क टाइम्सले पहिलो पटक एडम्सको बिधुतिय उपकरणहरू जफत गरेको समाचार लेखेको थियो ।

“कानून प्रवर्तन(प्रहरी)को पूर्व सदस्यको रूपमा म मेरा कर्मचारीका सबै सदस्यहरूले कानूनको पालना गर्ने र कुनै पनि प्रकारको अनुसन्धानमा पूर्ण रूपमा सहयोग गर्ने अपेक्षा गर्दछु – र म त्यसैलाई निरन्तरता दिनेछु,” नगर प्रमुखले शुक्रबार सिएनएनलाई एक विज्ञप्तिमा भने। “म सँग लुकाउन केहि छैन।” उनले भने ।

एफबीआईले नोभेम्बर २ मा उनको शीर्ष कोष सङ्कलनकर्ताको घरमा छापा मारेपछि एडम्सले तुरुन्तै अभियान अभिलेख (रेकर्ड)को समीक्षा गर्न आदेश दिएका थिए । उनले कसैले अनुचित रूपमा कार्य गरेको छैन भनि बताएका थिए ।

प्रतिक्रिया