सन्दर्भ नेपालीहरुले मान्ने महान चाड, दशैं र तिहारको बारेमा पंक्तिकारलाई लागेको खुलदुली बारे नेपालका पंञ्चाङ्ग समितिले प्रष्ट पारी दिन हुन अनुरोध गरेको छु, बिषय र बस्तुले अन्यथा अर्थ नलागोस । यसपाली एउटा अनौठो विषय बन्न गै रहेको छ त्यो हो “बिजया दशमीको टिका नेपालमा भन्दा पहिलेनै लाउनु पर्छ त्यतिले पनि भएन र अर्को दोस्रो चेलीहरुको हातबाट लगाउने टिकाको साइत पनि अमेरिकामा नेपालमा भन्दा अघिल्लो दिननै लाउनु पर्नेछ भनेर । शिव नेपालजी लेख्नु हुन्छ “ यो सालको अर्थात आगामी हप्ताको भाईटिका नेपालमा भन्दा अमेरिकामा एक दिन पहिले परेको छ, अमेरिकामा नोभेम्बर १४ तारिख मंगलबार छ भने नेपालमा भने नोभेम्बर १५ तारिख बुधबार” उनले यो पनि प्रस्ट्याका छन कि, यो निर्णय अन्तरास्ट्रिय पञ्चाङ्गं समितीको हो भनेका छन । म जस्तो पंक्तिकारलाई थाह भएकै व्यहोरा हो त्यो के भने खगोल बिज्ञान भनेको पृथ्वीको वायुमण्डल भन्दा बाहिरको ब्रह्माण्डमा भएका सबै कुराको अध्ययन हो । यसमा सूर्य चन्द्रमा ग्रह र ताराहरु जस्ता हामीले हाम्रा नाङगो आँखाले देख्न सक्ने बस्तुहरु समावेश छन् । यी विज्ञहरुले टाढाको आकाशगंगा र स(साना कणहरु जस्ता हामीले टेलिस्कोप वा अन्य उपकरणहरु मात्रा देख्न सक्ने वस्तुहरु पनि समावेश गर्दछ । र यसले अँध्यारो पदार्थ र अँध्यारो ऊजाय जस्ता हामीले देख्न नसक्ने चीजहरुको बारेमा प्रश्नहरु समावेश गर्दछ ।
४२ बर्षको प्रवासको जीवनमा यसपाली भन्दा पहिले कहिले नसुनेको नेपालमा भन्दा एक दिन अगाडी नेपालीहरु दशैंको टीका र तिहारको पवित्र टिका ग्रहण गर्नु पर्दछ भन्ने आलेखले मेरो दिमागलाई तान्यो र यहि सन्दर्भमा लेखिरहेका छु । के अव उप्रान्त पृथ्वी पूर्वबाट घुम्नको साट्टो पश्चिमबाट पूर्व घुम्न थालेको हो ? के उसो भए न्यूल्याण्का नेपालीहरुले तिहारको भाई टिका एक हप्ता पहिलेनै लगाउन पर्ने हो ? सूर्यको किरणले त्यो भूमीको समयलाई घुमाई राखेको हुन्छ त्यसैलाई त्यो ठाँउको जस्लाई मानक समय भनिन्छ । के आज आएर २१ वौं शताब्दीमा पनि स्कण्द पुराणको श्लोकहरुझै भन्न थालेका त होइन हाम्रा खगोल विज्ञहरुले जस्तै “ भनिन्थियो ब्राहाणो अस्य मुखमासीद वाहू राजन्य कर्त, ऊरुवदस्या पद बैश्य पद्याम् शूद्रो अजायत्” । अर्थात ब्राह्मणणहरु ब्रम्हजीको शिरबाट जन्मे र क्षेत्रीहरु काँदबाट वैश्यहरु नाभीबा र शूद्रहरु चाँहि आमाको योनीबाट जन्मेका हुन भन्ने जस्ता लाजको कुरा गर्ने समय होइन हाम्रा पालामा यो विज्ञापनका युग हो ।
हालै एउटा धम्मा सभामा बिज्ञ खेन्पोको सम्मानमा आयोजित सभा भएको थियो, उहाँले महायाना बुष्टहरुको धार्मिक ग्रन्थलाई तिव्वेतिन भाषाबाट नेपालीमा अनुबाद गरेर भोट भाषा नजान्नेहरुलाई ठूलो भुलाउनु भएको छ । त्यो ग्रन्थको नाम हो “दोमाङ्ग” तर उहाँ एउटा ब्राह्मण परिवारमा जन्मेर आफनो सारा जीवन धर्ममा लगाउनु भएको छ तर उहाँले एउटा दर्शकको प्रश्नको उत्तर भने दिन सक्नु भएन । प्रश्न थियो “सप्ताहमा अर्जुनको छोरा राजा परिक्षत शिकार खेल्न जाँदा भोकले एउटा ऋषिको कुटिमा पुग्छन र खाना माग्छन तर ऋषि ध्यानमा भएकोले केहि उत्तर दिदैनन र राजालाई रिष उठछ, छेउमा मरेको शर्प देख्छन , त्यो शर्प ऋषिको गलामा राखेर हिड्छन , ऋषिको छोरा आएर सरापछन सर्पले टोकेर सातदिनमा मरोस भनेर राजा परिक्षले भगवान कृष्णसंग बिन्ती राख्छन र मानव योनिमा जन्म लिन सारा दान गर्छन र दरवारको ओरिपरि पर्खालले घेर्छन तर सातदिनको दिन सानो बिषालु सर्पले डसेर राजा परिक्षतको मृत्युको कथा नै सप्ताहको मुख्य विषय बस्तु । प्रश्न कर्ता पंक्तिकार नै थिए ।
त्यस्तै कोट अन कोट “ ग्याकर पेन्चे बोइला काईदेन्जे” अर्थात भारतमा जे भनेको हो त्यहि तिब्बेतमा भनेको हो भनिन्छ । दोमाङ्ग पवित्र ग्रन्थमा पनि माथी पंंक्तिकारले भने जस्तै मिल्दोजुल्दो कथा छ । देबपुत्र सुल्टीलाई कानमा देवबाणी भयो “तिम्रो बाच्नेदिन खाली सात दिन मात्र बाकी छ” देवपुत्र सुल्टीलाई यो बाणीले ठूलो चिन्तामा पार्छ । उनलाई दान नगरे जम्वूदीपको पूर्वतिरको भागमा नर्कमा सर्प, सुँगुर काग, बिच्छीको जुनीमा जन्मने छ भने पछि उनि तथागते आराहत्ते सम्म्याक बुद्धकोमा गएर दान दिएको व्यहोरा धारानी सुत्र उल्लेख छ । तर धर्मको नाममा ठगी धन्दा बढ़ेको छ नै, महायाना मार्गीहरुले आफनो कूलदेवताको रुपमा विभिन्न अनुष्ठानहरु गरेरे मान्ने देवताका नाम हो गुरु रिन्पोचे जो कमलको फूलमा उत्पती भएको हो भनेर लामाहरुले जजमानहरुलाई बताएका छन, तर हामीले यो बुज्न आवश्यक छ “ शान्ताकारम् भुजगशयनम् पद्मनाभम् सुरेशम्” अब अटकल लगाउन होला पद्मा सम्भावा कहाँ र कसरी तिव्वेतमा पुगे । अनि भुटानमा बाघको गोडा चडेर त्यहाँ पुगे । बुद्ध मानव भएर जन्मे र मानव भएरै नै महानिर्वाना प्राप्त गरे । लुम्बिनीमा उहाँको दरवारका भग्न्नाबेषहरु पाइएको छ भने यी काल्पनिक देवताहरुको घरबार खोइ ? हालै एउटा चर्चमा आएको छ त्यो के भने एउटी ननले मरसिडीबेन्च बेचेर रकम दिए भन्ने । के एउटी ननलाई सुख शयलको जीवनको आवश्यकता छ र ? १६ करोड डलर काँहाँबाट आयो त्यसको अनुसन्धान खोइ ? एउटा भिच्छुले सत्य के हो भनेर बोल्ने कि अनेकौं भ्रम फैलाएर हिँडने बुद्धले त्यो कुरालाई सिकाएको होइन । सत्य सत्य नै हो । मेरो व्यक्तिगत बिचार हो । स्वर्ग नर्क यहि छन् काम गरेर खाए इमान्दार भइन्छ हाम्रो धर्म भनेको सत्य बोल्ने, न ढाँटने, नचोर्ने, दिन दुखीलाई सहयोग गर्ने । कसैलाई पनि होच्याएर लेखिएको छैन सत्य र तथ्यको आधारमा कोरिएको हो ।
डिग बहादुर तामाङ्ग, दोलाखा, भेडापु ।
प्रतिक्रिया