तिहारको शुभकामना कोशेलीका रूपमा “देउसी भैलो” नामक गीत सार्वजनिक

इनेप्लिज २०८० कार्तिक २४ गते २०:२२ मा प्रकाशित

चार जात छति्स बर्णको साझा फुलवारी भएको हाम्रो सुन्दर देश नेपाल विभिन्न धर्म, कला र सँस्कृतिको धनि देश भनेर पनि चिनिन्छ । बर्ष भरीमा हामी नेपालीहरूले सॅंयौं चाड वाड मनाउने गर्दछौं त्यस मध्ये तिहार हामी हिन्दुहरूको दोश्रो ठूलो चाडको रूपमा निकैनै हर्ष उल्लासकासाथ नेपाल लगायत देश विदेशमा पनि मनाउने गर्दछौं।

कला सॅंस्कृतिलाई निकै माया गर्ने मध्यका एक ब्यक्ति हुन गायक शम्भु खड्गी, गायक शम्भुले विभिन्न नेपाली पप गीत संगीतमा दशकौं समय पार गरी सक्नु भएको छ। सुमधुर स्वरका धनि गायक शम्भु खड्गीले विगत ६ -७ बर्ष यतादेखि साङ्गेतिक कोशेली स्वरूप कला सँस्कृतिको जगेर्णा गर्ने उदेश्यले हरेक बर्ष तिहारको गीत पस्कँदै आउनु भएको छ। त्यसै स्वरूप सयपालि पनि तिहारको शुभकामना कोशेलीका रूपमा “देउसी भैलो” नामक गीत सार्वजनिक गर्नु भएको छ। कृपया यस बर्ष तिहारमा यहॉंहरू सबै जना यो गीत हेरेर गायकलाई माया र हौसला प्रदान गर्न हार्दिक अनुरोध गर्दछु।

  • अनिश खशा (निरेस)

प्रतिक्रिया