नेपाली चलचित्र हल्कारा अमेरिकाको क्यालिफोर्नियाको लस एन्जेलसमा आयोजना हुने प्रतिष्ठित एसियाली बिश्व चलचित्र महोत्सवमा प्रदर्शन हुने भएको छ ।
लस एन्जलसका नेपाली समुदायलाई सहभागिताको लागि अनुरोध तथा आह्वान गरिएको छ ।
“हल्कारा” लाई लस एन्जलसमा हुने प्रतिष्ठित एसियन वर्ल्ड फिल्म फेस्टिभल (एसियाली बिश्व चलचित्र महोत्सव-एडब्लुएफएफ ) मा प्रदर्शनका लागि आधिकारिक रूपमा चयन गरिएको छ।
एसियन वर्ल्ड फिल्म फेस्टिभल (एसियाली बिश्व चलचित्र महोत्सव-एडब्लुएफएफ ) एउटा यस्तो मंच (प्लेटफर्म )हो जहाँ उत्कृष्ट एशियाली विश्व चलचित्रहरु लस एन्जलसमा प्रदर्शन हुन्छन ।
यसले एसियाली र हलिउड चलचित्र जगतबीचको सम्बन्धलाई सुदृढ गर्दै एसियाली चलचित्र उद्योग भित्रको अविश्वसनीय प्रतिभाको पहिचान बढाउने लक्ष्य राखेको छ। यो महोत्सव चलचित्रको मात्र होइन; यो एसियाली चलचित्र सम्बन्धी( सिनेम्याटिक )परिदृश्य बनाउने विविध संस्कृति, कथा र आवाजहरूको महोत्सव हो।
“हल्कारा” नेपाली चलचित्र उद्योगको रचनात्मकता र लचिलोपनको प्रमाण हो भने यो एक हृदयस्पर्शी कथा भएको चलचित्र हो । जसले २०२४ को अस्कार अवार्ड(पुरस्कार)मा नेपालको तर्फबाट आधिकारिक रुपमा पेश गरि(सबमिसन) विश्वव्यापी मञ्चमा आफ्नो स्थान र नाम कमाएको छ।
एसियाली बिश्व चलचित्र महोत्सवको लागि यो चलचित्रको छनोट चलचित्रको संसारमा यसको गुणस्तर र महत्वको प्रमाण हो।
“हलकारा” र समग्र नेपाली चलचित्र उद्योगलाई आफ्नो समर्थन देखाउने यो एउटा अवसर भएकोले लस एन्जलसमा बस्ने सबै नेपाली समुदायलाई समर्थन र सहभागिताको लागि अनुरोध गरिएको छ ।
एशियाली विश्व चलचित्र महोत्सवमा हल्कारा आगामी नोभेम्बर १० र ११ का दिन प्रदर्शन गरिने छ । चलचित्र कल्भर सिटी अर्थात् शहरमा नोभेम्बर १० का दिन ४ बजे दिउसो तथा नोभेम्बर ११ का दिन राती ९:३० बजे प्रदर्शन हुने भएको युगल शर्माले ईनेप्लिजलाई बताए ।
शर्माका अनुसार यो महोत्सवमा अस्करमा मनोनित चलचित्र समेत प्रदर्शन हुनेछन् । यसै बीचमा नेपाली चलचित्र हल्काराले पनि अवसर पाएको उनले बताए ।
Screening Details:
Where: The Culver Theater, 9500 Culver Blvd, Culver City
First Screening: Nov 10th, 4:00 PM
Second Screening: Nov 11th, 9:30 PM
For more info visit:
प्रतिक्रिया