ओहायोमा प्रवासी नेपाली मञ्चको दशैं तिहार कार्यक्रम सम्पन्न

Enepalese Published on: November 8, 2023

कोलम्वस, ओहायो । प्रवासी नेपाली मञ्च ओहायो राज्य कमिटीको आयोजनामा दशै,तिहार, छठ र नेपाल सम्बत कार्यक्रम ओहायो राज्यको कोलम्बस शहरमा सम्पन्न भएको छ ।

एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको विशेष अतिथि प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी सचिव छवि पाण्डे हुनुहुन्थ्यो ।

कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली मञ्च ओहायो राज्य कमिटी अध्यक्ष विजय बुढाले गर्नुभएको थियो । कार्यक्रममा प्रवासी नेपाली मञ्च अमेरिका सदस्य शंकर लुंगेली र एनआएरएन ओहायो च्याप्टर प्रेसिडेंट होताराम विश्वकमाले कार्यक्रम सफलता संगै बिभिन्न चाडपर्बको अवसरमा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा एनआरएन ओहायो चैप्टर पुर्व उपाध्यक्ष अबि दाहाल र चैप्टर वर्तमान उपाध्क्ष्य भीषण अधिकारीको उपस्थिति थियो।

प्रमुख अतिथि ऐन महरले प्रबासमा बसोबास गर्ने नेपालीले सिकेको शीप, ज्ञान र हासिल गरेको आर्थिक उन्नति देशको लागी अतीनै महत्वपुर्ण रहेको वताउनुभयो ।

युवा नेता महरले आफ्नो पार्टी नेकपा (एमाले)ले नेपालको लगानीको वातावरण वनाउन महत्वपूर्ण भूमिका खेलेको वताउंदै प्रवासमा रहेका नेपालीलाई देशमा नै लगानी गर्न अपिल समेत गर्नुभयो ।

नेपाल बाहिर वस्ने नेपालीहरु सदैव नेपालको वारेमा नै चिन्तित रहेको भन्दै उहांले नेपालीहरुलाई गैरआवासीय नेपाली भनेर विभेद गर्न आवश्यक नरहेको समेत वताउनुभयो ।

कार्यक्रमका बिशेष अतिथि छबि पाण्डेले बिभिन्न चाडपर्वको शुभकामना दिदै पश्चिम नेपाल जाजारकोट र रुकुम पशिममा गयको भुकम्पको लागी प्रवासी नेपाली मंच अमेरिकाले सहयोग संकलन गरीरहेको र सहयोग गर्न अपील गर्नुभयों ।

प्रवासी नेपाली मञ्च अमेरिका उपसचिब तथा क्षेत्रीय इंचार्ज थोमस बास्तोलाले फोन मार्फ़त कार्यक्रम सफलता तथा चाडपर्बको शुभकामना दिनुभएको थियो थियो।कार्यक्रम सञ्चालन विजय थापा र स्वागत मन्तव्य शुशिल थापाले राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली मञ्च ओहायो राज्य कमिटी अध्यक्ष विजय बुढाले गर्नुभएको थियो