एनआरएनएमा हस्तक्षेप गर्ने हाम्रो नीति हैन
डिसी महानगर क्षेत्र । अमेरिकाको भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी(दल)का अध्यक्ष राजेन्द्र लिङ्गदेनले नेपाल फर्कनु एक दिन अगाडी बाल्टिमोरको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)को भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा संघीयताले अब थेग्न नसक्ने,एनआरएनएमा हस्तक्षेप गर्ने हाम्रो नीति नभएको र हामी हाम्रै जीवनकालमा नेपाल बनेको हेर्न सक्छौ भनि आफ्ना स्पष्ट कुरा राखे ।
अध्यक्ष लिङ्गदेन नोभेम्बर ६ सोमबारका दिन टोलीसंग नेपाल फर्किएका छन्।
उनले आफ्नो दलको दर्शन ,आफ्ना भनाई राख्दै गर्दा उपस्थित दर्शकहरु उत्साहित र उत्प्रेरित हुदै पटक पटक ताली बजाएका थिए । उनका कुराहरु मन्त्रमुग्ध भएर श्रवण गर्दै उनका कुराहरु सुनी रहु जस्तो बाताबरण बनाई दिएका थिए । उनका कुरा सुन्न सबै उमेरका व्यक्तित्वहरुको उपस्थिति हुनुको साथै सभा कक्ष पुरै भरिएको र उभिएर हेर्नु परेको अवस्था सृजना भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा आफ्नो मन्तब्य राख्दै आफू अन्य राजनैतिक दलको आलोचना गर्न आफ्नो भ्रमण नभएको तर नेपालको चर्चा गर्न आएको बताए । उनले आफ्नो मन्तब्यकै क्रममा संघीयताले अब धान्न नसक्ने र थेग्न नसके भएको बताए । उनले पहिले यसको बिरोध गर्दा दुश्मन ठानियो । राज संस्थाको वकालत गर्दा अछूत ब्यबहार सह्यौ । हिजो राजाको कुरा गर्दा जिब्रो थुत्ने जस्तो ब्यबहार गरिएको स्मरण गराए ।
आफूलाई लिम्बुको छोरा भएर हिन्दु राष्ट्रको मुद्धा बोकेर हिड्ने ,बाहुन क्षेत्रीको मुद्धा लिएर हिड्ने र लिम्बुको छोरालाई किन हिन्दु राष्ट्र चाहिन्छ भनि अनगिन्ती लान्छना र आरोप लगाईएको चर्चा गरे । उनले अगाडी भने नेपालमा अहिले ९० % मानिसहरु संघीयताको विपक्षमा रहेका छन् । प्रदेशहरु फाल्न पाए हुन्थ्यो भन्नेहरु प्रशस्त भेटिन्छन ,उनले मन्तब्यकै क्रममा भने ।
गत निर्वाचनमा राप्रपाले नतिजा राम्रो ल्याउन सकेन । हामी संगठन निर्माण गर्न सकेनौ । हामी तल्लो तहमा बुझाउन सकेनौ । अब राप्रापाले नबिन कार्यक्रम तय गरेको बताए ।
उनले नेपाल भूगोलको मात्र नेपाल हैन भावनाको पनि नेपाल छ । भावनाको नेपाल संग जोडिन जरुरी छ । यो बिना बिकाश सम्भव नभएको उनले बताए ।
उनले तपाईहरु जसरि अमेरिका आए पनि मन भित्र नेपाल छ । हार रात नेपाल प्रति चिन्ता गर्नु हुन्छ । हामी हातेमालो गर्न अमेरिका आएकोले हामी जोडिन चाहेकोले यहा आएको उनले बताए ।
देश बर्बादी तर्फ धक्लिदै छ । विप्रेषण (रेमिटेन्स)ले देश धानेको छ र अहिले अर्थतन्त्रले घुंडा टेकेको बताए । बिगतको तुलनामा आयात कम्जोर र न्यून रहेको छ । उनले कर्मचारीलाई तलब खुवाउन अर्थ छैन । ऋण लिदै तलब दिई रहेको छ । संघीयता आउनु अघि नेपालको ऋण कम रहेको र हाल उक्त ऋण बढेर लगभग २४ अर्ब पुगेको र अब २८ अर्ब पुग्ने बताए ।
उनले अब देशलाई प्रवाशबाट र देशबाट परिवर्तनको पक्षमा उभ्याउनु पर्ने बेला आएको भन्दै सबैलाई ध्यानाकर्षण गराए । उनले ३ दशक देखि केही सीमित नेता तथा राजनैतिक दलहरुले मात्र देश चलाई रहेका छन् । अब उनीहरुले देश बिकाशमा कुनै पनि योगदानको परिकल्पना गर्न सकिदैन । उनले यी सबै राजनैतिक दलहरु ललिता निवास जग्गा प्रकरण काण्ड,बिमान सेवा (वाइड बडी )काण्ड ,भुटानी नक्कली शरणार्थीमा संलग्न भएको देखिएको बताए ।
उनले सबैलाई निराशा मात्र हैन हाम्रो जीवनकालमै नेपाल बनाउन किन नसकिने भन्दै कतारमा ३ लाख जनसंख्या छ तर २० लाख मानिसहरु रोजगार दिई रहेको प्रशंग उठाए ।
हामीले युवालाई रोजगार दिन सकेनौ । जताततै भ्रष्टचार छ । न्यायधिश नियुक्तिमा भागबन्डा छ , अख्तियारमा पनि त्यस्तै छ ,उनले भने । तर अब नेपाल बनाउने हो भने जल बिद्युतमा फड्को मर्न सकिने जनाए । गैर आवासीय संघ जस्तो संस्थालाई बिद्युत उत्पादनको लागि जिम्मेवार दिन पनि सकिने तर्क पेश गरे । उनले नेपालमा मल कारखाना नहुँदा नेपालले ठूलो समस्या भोगी रहेको बताए ।
उनले भूगोलको नेपाल बाहिर भावनाको नेपाल छ भन्दै गत निर्वाचनमा आफ्नो दलले राम्रो नतिजा हासिल गर्न नसकेको र बिश्वभर यत्रतत्र छरिएर रहेका नेपालीहरुसंग भेटघाट गर्ने ,सल्लाह ,राय ,परामर्श र सुझाब लिने उद्धेश्यले आफू अमेरिकाको भ्रमणमा रहेको बताए ।
उनले आफ्ना कमजोरी सच्याएर अघि बढ्न सकिने भएकोले उपस्थित सबैलाई मार्ग निर्देशन र राप्रपा दल यस्तो हुनु पर्यो भनि उनले सुझाब मागे ।
उनले राप्रपालाई बलियो ,सशक्त बनाउन सबैको साथ र सहयोगको महत्वपूर्ण भूमिका हुने हुनाले त्यस्तो अपेक्षा रहेको बताए ।
अध्यक्ष लिङ्गदेनले राजनीतिक दल, बिभिन्न राजनैतिक आस्था र विचार भएता पनि एकपटक राप्रपालाई मत दिएर सरकारको नेतृत्वमा पुग्न सहयोग गर्न प्रवासी नेपालीहरुसँग आह्वान गरे ।
उनि राप्रपा निकट प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको उद्घाटनको लागि प्रमुख अतिथिको रुपमा अमेरिका आएका थिए ।
कार्यक्रम पानसका अन्तर्राष्ट्रिय अध्यक्ष तथा राप्रपा कार्यसंपादन समिती सदस्य प्रेम कुमार श्रेष्ठले संचालन गरेका थिए । राप्रपाका विभागका प्रवास प्रमुख आनंद अधिकारी र सह महामंत्री बिजय खड्काले आफ्नो मन्तब्य राखेका थिए ।
साथै शुभकामना मन्तब्य राख्नेहरुमा क्रमस रास्वपाका अमेरिकाका संयोजक रमेश भट्ट ,राप्रपाका लोकनाथ तिवारी ,जन सम्पर्क समितिका नेत्र केसी,बानाका अध्यक्ष सुबोध पन्त ,एनआरएनए मेरिल्याण्डका अध्यक्ष कुल गुरुङ ,प्रवासी नेपाली मंच अमेरिका क्षेत्रका संयोजक प्रभु थापा ,एनआरएनए अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडे ,तथा वरिष्ठ लोक गायक तथा महाबाणिज्यदुत प्रेम राजा महत रहेका थिए । पानस अमेरिकाकी अध्यक्ष केमिका भण्डारीले स्वागत मन्तब्य राखेकी थिइन् ।
प्रतिक्रिया