लोक नाथ अधिकारी ,हाल न्यूयोर्क ,अमेरिका
नेपालीहरुको दोश्रो ठुलो पर्व तिहारको रमझम छ यतिबेला , फूल, वत्ती अनि रंगहरुको समिश्रण यो पर्व आफैमा सप्तरंगी ईन्द्रेणी जस्तो छ ।
यो पर्व मात्र होईन प्रकृति र मानबको सन्बन्ध जोड्ने सेतु पनि हो । यमपञ्चकको पाँच दिन यस समयमा सन्देश वाहकको रुपमा रहेका काग , सुरक्षा र ईमान्दारीताको प्रतिक कुकुर , अन्न उत्पादनको प्रमुख सारथी गोरु तथा गाई र धनकी देबी लक्ष्मीको पुजा र दाजु भाईलाई दिदी बैनीले गर्ने पुजाले यो पर्व पर्वहरुको पनि उत्कृष्ठ पर्व हो । कुनै पनि पर्व आउदा परदेशमा रहेकालाई बिगतको स्मरणले सताउछ ।
केटाकेटी हुदा गाँउघरमा मनाएको पर्व को अनुभूति सायद यो पछिल्लो पुस्ता होला । नयाँ पुस्ताले यस्ता कुरा ईतिहासका मात्र सुन्ने भए । भोग्ने र खै । आगनीको डिलमा फुलेको सयपत्री र मखमलीले तिहार आउदै छ भन्ने झल्को आउथो । घर छेवैमा रहेको टौवा का काग कराउदा केही सन्देश आयो कि भन्ने कौतुहलता हुन्थो । गरालो लगाएको आगनीमा कुकर देख्दा एक प्रकारको ढुक्क हुन्थो ।
खेतबारी खनजोत गर्ने गोरु र दुध दही , गोबर गहुँत दिने गाईको पुजा र आगनीमा टागिने तोरणको सुन्दरता अब कहाँ पाउनु ।
खेतबारी खनजोत गर्ने गोरु र दुध दही , गोबर गहुँत दिने गाईको पुजा र आगनीमा टागिने तोरणको सुन्दरता अब कहाँ पाउनु । आयातीत फूल, प्लास्टिकका फूलले सुगन्ध खोसेको छ । गाई गोरु फोटोमा मात्र देखिन थालेका छन् । पर्व डिजिटलाईज भएको छ । यस्तोमा कसरी अनुभूति हुन्छ र । हरियो गोबरले लिपेको आँगनमा अमिलोको पातको खोरी बनाएर कोलमा पेलेको तेलमा बालिएको बत्तिको सुगन्ध अब कहाँ पाउनु । लक्ष्मीपुजाको साँझमा गुन्य चोलीका सजिएकी साना नानीकोहरुको सुमधुर स्वरमा आउने भौलेनीको लय अब कताँ पाउनु ।
ककर्स लाग्दो ठुला ठुला माईकमा हिन्दी गित बजाएर दान माग्ने होईन थर्काएर माग्ने जस्तो गर्दे देउसी भैलोको बिकृत रुप आउछ । श्रद्धापूर्बक सुन्ने भन्दा पनि यातनाबाट मुक्त हुन छिटो छिटो केही दिएर पन्छाउनु पर्ने अबस्था छ । यति मात्र होईन चेली र माईतिको सम्बन्ध पनि दरार आउन थालेको छ । अधिकारका नाममा कर्तव्य भूल्दा सम्बन्धहरु सुस्ताएका छन् ।आफ्नाहरु पराई भएका छन् पराई त यसै पराई भैहाले ।
जसले गर्दा अरुलाई देखाउन का लागि मात्र पर्व मनाउन थालिएको छ । सबन्धहरु भत्किएका छन् , नाता टुटेको छ , आत्मीयता हराएको छ आडम्बर बढेको छ ,धनको तुजुक बढेको छ यसरी मनाउने पर्व कति भाबनात्मक होला ?
जुवा तासका नामा घर परिबार र सम्पती सिध्याउने डरलाग्दो अबस्थात हामीले देखेकै छौ । पर्वले परिबार जोड्नु पर्ने हो पर्वले परिबार नै भत्किएको छ ।
जुवा तासका नामा घर परिबार र सम्पती सिध्याउने डरलाग्दो अबस्थात हामीले देखेकै छौ । पर्वले परिबार जोड्नु पर्ने हो पर्वले परिबार नै भत्किएको छ ।
सम्पतीका कारण बोलचाल नहुने दाजुबैनी दिदीभाईहरु फोटोका लागि कृतिम हासोका पात्र बनेर जोडिएका अभिनय गर्छन । दान दक्षिणा श्रद्धामा होईन तुजुकमा परिणत भएको छ । जसका कारण नै हाम्रो सस्कार र सस्कृति माथी गिद्धे नजर लगाउनेहरुलाई बल पुगेको छ ।
हो समय फेरीएको छ । हिजो जस्तो सबै जना एकै ठाउमा वा वरपर हुने अबस्था छैन तर टाडाँ हुदैमा भाबना नै मार्नुपर्छ र खोक्रो आधुनिकता र आडम्बर देखाउनु पर्छ भन्ने पनि त छैन नी ।
हामी पछिको पुस्ताले त सुन्ने मात्र हो । उनिहरुका लागि यो कुरा किम्बदन्ती जस्तो मात्र हुन्छ ।
सायद हिजो यो लोभलाग्दो सस्कृति र सस्कार भोग्ने हाम्रो पुस्ता नै अन्तिम होला । हामी पछिको पुस्ताले त सुन्ने मात्र हो । उनिहरुका लागि यो कुरा किम्बदन्ती जस्तो मात्र हुन्छ । तर पनि सम्भब भएसम्म सस्कार र सस्कृति सिकाउदै जानु पर्छ , मानिस जहाँ जहाँ पुगेपनि लैजाने भनेको सस्कार सस्कृति र सभ्यता नै हो । त्यसैले पर्वले परिबार जोडोस् , नाता नटुटोस ।
आडम्बरमा होईन आत्मीयताका रमाउने अबस्था बनाऔ तिहारको शुभकामना ।
प्रतिक्रिया