एनआरएनए नाइजेरियाले जाजरकोट र रुकुमका भुकम्प पिडितलाई एक लाख सहयोग पठाउने

इनेप्लिज २०८० कार्तिक १८ गते २३:२९ मा प्रकाशित

गैरआवासीय नेपाली संघ नाइजेरियाले जाजरकोट र रुकुमका भुकम्प पीडितको राहत सहयोगका लागि रु एक लाख सहयोग पठाउने भएको अध्यक्ष सोमेश अर्यालले बताउनु भएको छ।

अध्यक्ष अर्यालले भुकम्पले मातृभूमिमा पुर्याएको जनधनको क्षति प्रती दु:ख ब्यक्त गर्दै सधै झै मातृभूमिमा अप्ठ्यारो परेको बेला प्रवासमा रहेका सबै गैर आवासीय नेपालीहरुलाई राहत सहयोग अभियानमा जुटन समेत अनुरोध गरेका छन ।

प्रतिक्रिया