गाजामा ४ इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बल (आइडीएफ)ले जनाएको छ ।
इजरायली सेनाले शुक्रबार बिहान चार सैनिकको मृत्यु भएको घोषणा गरेको छ। गाजामा लडिरहेका इजरायली सैनिकहरूको कुल मृत्युको संख्या २३ पुगेको छ।अक्टोबर ७ देखि, इजरायल डिफेन्स फोर्स (आईडीएफ) अर्थात् इजरायली रक्षा बलले मृत्यु भएका ३३८जना सैनिक सदस्यहरूको नाम प्रकाशित गरेको छ।
यसै गरि ताल अल-हवा छिमेकमा इजरायली हवाई आक्रमणपछि गाजा शहरको अल-कुड्स अस्पतालमा कम्तिमा २१ जना घाइते भएको प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले शुक्रबार बताएका छन् ।
यो दोस्रो सबैभन्दा ठूलो अस्पतालमा इजरायली हवाई आक्रमण हो । जहाँ १४,००० विस्थापित मानिसहरूले आश्रय गरिरहेको चिकित्सकहरुले बताए ।
रेड क्रिसेन्टद्वारा सामाजिक संजालमा प्रकाशन (पोष्ट )गरिएको अङ्किय दृश्य (भिडियो)ले जमिनमा चकनाचूर सिसा देखाउँदछ । स्वास्थ्यकर्मीहरूले बच्चाहरू बोकेको र चिकित्सकहरूले खुट्टामा चोट लागेको महिलालाई हेरि रहेको देख्न सकिन्छ भनि सिएनएनले जनाएको छ ।
प्रतिक्रिया