अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन शुक्रबार इजरायल पुगेका छन् भने ब्लिन्केनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अन्य वरिष्ठ इजरायली अधिकारीहरूसँग भेटघाट गरेका छन्।
इजरायलका लागि नवनियुक्त अमेरिकी राजदूत ज्याक ल्यूसँगै ब्लिन्केन तेल अवीभमा गएका थिए। अक्टोबर ७ हमासको हमलापछि उनको यो तेस्रो इजरायल भ्रमण हो।
बिहीबार वाशिंगटन प्रस्थान गर्नु अघि संचार माध्यमसँगको टिप्पणीमा ब्लिन्केनले इजरायली सरकारसँग “हमास आतंकवादी संगठन विरुद्ध चलिरहेको अभियान” र “नागरिकहरूको सुरक्षाका लागि चाल्नु पर्ने कदमहरू” बारे कुरा गर्ने योजना बनाएको बताए ।
उनले विगतका यात्राहरूमा जस्तै हमासद्वारा बन्धक बनाएका र व्यापक क्षेत्रीय द्वन्द्वको रोकथामका विषयमा पनि छलफल गर्ने इच्छा राखेको जनाए ।
मानवीय सहायताको निरन्तर प्रवाह र नागरिकहरूको निरन्तर प्रस्थान इजरायलमा उनको कुराकानीको अर्को मुख्य केन्द्रबिन्दु हुने ब्लिन्केनले बिहीबार बताए ।
भ्रमणको लागि ब्लिन्केनको तेस्रो प्राथमिकता भनेको त्यस पछिका बिषयमा छलफल गर्नु हो । इजरायली र प्यालेस्टिनीहरूका लागि समान रूपमा “हामी कसरी दिगो, दिगो शान्तिको लागि सर्तहरू स्थापित सक्छौं ,उनले बिहीबार भने।
प्रतिक्रिया