“परम्परागत नेवाः खाद्य परिकार संस्कृति” बारे टोरन्टो बिस्वबिद्यालयका बिद्यार्थीहरु माझ जानकारीमूलक प्रस्तुति

इनेप्लिज २०८० कार्तिक १६ गते ९:४९ मा प्रकाशित

टोरोन्टो, क्यानेडियन नेवा गुठिले टोरन्टो बिस्वबिद्यालयका बिद्यार्थीहरुमाझ “पर्म्परागत नेवाः खाद्य परिकार संस्कृति” बारे हालै उनीहरुको नियमित कक्षामा जानकारीमूलक प्रस्तुति प्रस्तुत गरेको छ । “धर्म र कर्मकाण्ड” बिषयक नियमित कक्षामा गुठिको मिसा पुचःका मौसमि ताम्राकारले प्रस्तुत गर्नु भएको सो प्रस्तुतिमा नेवाः समुदायले गर्भबस्था देखि मरणोप्रान्त गरिने संस्कारमा प्रयोग गरिने बिशेष खाद्य पदार्थको बारेमा तथा जात्रा, पर्बहरुमा खाइने बिशेष खाद्य बस्तु बारे बर्णन गर्नु भएको थियो।

आफ्नो प्रस्तुति प्रस्तुत गर्नु हुदै प्रस्तुतकर्ता मौसमि ताम्राकारले छोरी गर्भबति हुने बेलामा दहिचिउरा खुवाउने संस्कारमा यःमरीको अनिबार्यताले बच्चा जन्माउनु भन्दा अगाडि आमाहुनेले बच्चा जन्माउन शक्ति संचयको लागि खाइने बैज्ञानिक तथ्य लुकेको छ भन्नु भयो। साथै उहाँले नेवाः कन्याहरुको गुफा राख्ने बेलामा गरिने “छुस्या मुस्या नकेगु” संस्कारमा भुटेको मकै, भटमास, गहुँ जस्तो पौष्टिक अन्न खुवाउने परम्परा पक्कै पनि कन्याको स्वास्थ्यलाई ध्यान दिइएको मान्नु पर्छ भन्नु भयो।

प्रस्तुतिको क्रममा उहाँले संस्कृतिका अपार धनि नेवाः समुदायमा प्रत्येक महिना बिभिन्न जात्रा पर्बहरु चलिरहेको हुन्छ भन्नु हुदै धेरै जसो जात्राहरुमा मौसम अनुसारको स्वास्थ्यबर्धक र पौष्टिक खाद्य बस्तुहरु खाइने परम्परा रहेको बताउनु हुदै अक्ष तृतियामा मसलायुक्त सक्खरको झोल पिउने परम्पराले गर्मी बेलामा जिउ ठण्डाभै रोग बाट टाढा हुने, जनै पुर्णिमामा टुसा उम्रिएको नौ थरिका गेडागुडीको झोल (क्वाःती) खानाले रोपाँईको बेलामा खर्च भएको शक्ति पुन प्राप्ति हुने, जाडो महिनामा खाइने यःमरी भित्रको चाकुको खनिजले जाडो भगाउनुको साथै सामाज्या (धान काट्ने)को बेलामा खर्च भएको शक्तिलाई पुन प्राप्त हुने लगायतका बिभिन्न जात्रामा खाइने फरक फरक बस्तु बारे ब्याख्या गर्नुको साथै सो ब्याख्याहरु बैज्ञानिक तथ्यपरक भएको कारण पनि बताउनु भयो।

प्रस्तुतिको अन्त्यमा बिद्यार्थीहरु द्वारा सोधिएका जिज्ञासाहरुको उत्तर दिइएको थियो भने कक्षा संचालनका प्रशिक्षक एबम नेवाः बौद्द धर्म बिषयमा पिएच.डी. गर्दै आउनु भएका अनुसन्धान कर्ता ईयन टर्नरले नेवाः खाद्य संस्कृतिको बारेमा गहकिलो प्रस्तुति प्रस्तुत गर्नु भएकोमा अतिथि बक्ता मौसमि ताम्राकार तथा क्यानेडियन नेवा गुठिलाई हार्दिक आभार ब्यक्त गर्नु भयो। सो प्रस्तुतिकरण कार्यक्रममा क्यानेडियन नेवाः गुठिका अध्यक्ष उत्तम माकःजु तथा कार्य समिति सदश्य नरेश ताम्राकारले सहजिकरण गर्नु भएको थियो।

प्रतिक्रिया