कथा – छोरीको विहे !

सीता ओझा २०८० कार्तिक १५ गते २१:४० मा प्रकाशित

रुपमती र फुलमती एकै घरमा हुर्केका छोरीहरू, परिवारप्रतिको दृष्टिकोण नै फरक परेको देखेर रामअनुले सोधी, रुपमती दिदी,” अस्ति फुलमतिको विहेमा हजुरलाई देखिन नि !”

” हो र रामअनु ? देख्नु पर्ने,कसरी भेटेनौं त ?”

रुपमतीले रामअनुको प्रश्नलाई बेवास्ता गरेझैं गरि !

आफ्नु कुराको सहि उत्तर नपाएकी रामअनुले रुपमतीलाई दोहोर्‍याएर सोधी, ” दिदी तपाईले केही लुकाउनु हुँदैछ,किन लुकाउनु हुन्छ ? सबैको घरको ब्यथा हुस्तै छन । भन्यो भने मन हल्का हुन्छ ! भन्नू न दिदी ! “

रुपमतीले आफ्ना आँखा रामअनुतिर फर्काइन,एकछिन टुलुटुलु हेरिरहिन् !

रामअनुले सोध्नु अघिदेखि नै रुपमतीको मनमा अनेकौं प्रश्नहरू वायुको वेग भन्दा छिटोछिटो दौडिरहेका थिए । कतिपय प्रश्नको जवाफ रुपमती आफैंसँग थिएनन् । आफ्नो पुस्ताको दुई चार वर्ष उमेरले घटीलाई त मन नखोल्ने रुपमतीलाई रामअनुको प्रश्नले घाँटी नै समायो ।

मनमनै बन डढेको दुनियाँले देख्ने मन डढेको कसैले नदेख्ने भनेर सोचमग्न भएकी रुपमती आँखा रसिला बनाएर टोलाएको देखेर रामअनु पनि भावुक भइ । रामअनुलाई आफुले प्रश्न गरेको कुराले दिक्क लाग्यो ।परिवेश नै भावुक बन्यो ।रामअनुलाई परिस्थितिमा सुधार्न हम्मेहम्मे पर्यो।रामअनु बसेको ठाउँबाट उठेर रुपमती बसेको ठाउँको छेउमै गई र टाउको थिचि दिन थाली ।

रुपमतीले अचम्म मान्दै,
” नानी,किन टाउको थिचेकी ? मलाई केही भएको छैन,भयो छोड !” भन्दै हातमा समातेर अगाडि तानिन् ।
“नानी तिमीले सोधेको प्रश्नको उत्तर फ्याट फ्याट बोल्नेलाई त सजिलै होला तर मलाई कठिन छ ।

फुलमतीलाई मैले त जन्माएको होइन,नजम्माए पनि सन्तान भन्दा कम गरेकी थिइन् । उस‌का मातापिता दुबैको हिजोको अवस्था कस्तो थियोे ? के कसरी पढेबढे ? दुनियाँलाई थाहा छ ।उनीहरूले एकाघरको सदस्य नठानेपछि म विहेमा जाने कुरै भएन । फुलमतीले बोलाउन म उसकी साथी अथवा बहिनी हैन ! घरपरिवार भित्र कर्तव्य र जिम्मेवारी दुबै हुन्छ।सम्बन्ध र नाताविचमा मर्यादा हुन्छ। विश्वासिलो आधार नै भावनात्मक एकता हो ।यस्ता विषय नभएपनि दिदीभाइविच हेलो,हाइ,सन्चो विसन्चो सोध्नु त पर्दछ नि ! “

” चाडपर्व दुबैका हुन्। चाडपर्वमा दुबैले दुबैलाई सम्बोधन गर्ने वातावरण हुनुपर्दछ ! अहिलेसम्म फुलमतीले पनि घर, परिवार, हजुरआमा भनेर घरमा गएर बसेको थाहा छैन। उसका मातापिताले आमा भनेर बोलाएको,सँगसँगै कहि घुमाउन लगेको,हाँसे बोलेको, रमाइलो गरेको देखेकी छौ र ?”

“परिवार भनेको त दुखको आँत र सुखको रात हो नि ! बाबू मरेर विधुवा भएर घरमा बसेकी असीवर्षकी आमाको साथमा छोराबुहारी सग‌ैं बस्न त सकेनन् ,टाढैबाट भएनि सन्चो,विसन्चो सोधेको,तातो चिसो हेरेको,आमा भनेर हर्ष बढाँइले साथै लिएर हिडेंको देखेकी छौ ? अब तिमीनै भन ? “


” आमाको मतलब नभएका दाजुभाइले दिदीबहिनी सम्झन्छन् ? उमेरले डाँडा काटेकी आमाले आफुले आर्जन गरेको सम्पत्ति हजारौं पटक,म जिउँदै हुँदाअंशवन्डा गरिदिन्छु। मलाई तिमीहरूले कमाएको चाहिँदैन ।मेरो भागमा परेको थोरै बेचविखन गरेर म दानधर्म,तिर्थव्रत गर्छु भन्दा असी पुगेपछि अशं किन चाहियो ?के को दानधर्म भनेर अंश लगाउन नचाहानेले मलाई दिदी आइज- भनेर बोलाउछन् जस्तो लाग्छ ! यस्तो सम्बन्धभित्र मानमर्यादा हुन्छ भनेर सोचेकी छौ ? तिमीले मलाई विहेमा देखिन मात्रै भन्यौं,स्वयं दुलही बन्ने मान्छेले अब नाता सम्बन्ध सकियो ! म‌ैले त भेटेको बेला बाटोमा फूपू भनेर बोल्ने नाता मात्रै हो भनेर बुझ्छु । मपछि पुस्ता नातासम्बन्ध नै सकियो ! सधै जोड्नु हुँदैन भनेर फुइँ लाउनेले विहेमा दुलाहातिरको सम्बन्ध बचाउनलाई देखाउन खोजेको बाहेक नाता,सम्बन्ध नै रहेन् भनेर बुझ न! “

” यति बुझेपछि अब तिमी आफैं भन,म विहेमा थिएँ या थिइँन ? “

रुपमतीको कुरा सुनेर रामअनुलाई नरमाइलो लाग्यो । रुपमतीका दाजुभाइ कर्तव्यबोधबाट हजारौं पटक चुकेको,मातापिताले आर्जन गरेको अर्बौ सम्पत्ति हुँदाहुँदै आमालाई रातदिन रुवाएको कुरा देखेकी रामअनुले रुपमतीलाई सम्झाउन खोज्दै भनी,
” दिदी!तपाईंका भाइहरू सारै मतलवी रहेछन । वर्षको तीनसय चौसट्ठी दिन आमाको खोजी नगर्नेहरू,आमाले म तस्बिर खिच्दिनँ,खिच्दिनँ भन्दाभन्दै जवर्जस्ती तानेर,नमानेपछि मसिना केटाकेटीलाई बोलाउँन पठाएर तानीतानी तस्बिर खिच्ने,तस्बिर खिचेको मिनेट नपुग्दै फेसवुकवालमा राखेर परिवारको एकाता देखाउन खोज्ने तर ब्यवहारमा छुरा रोपेर मार्ने ज्यानमारा अपराधी रहेछन्।तपाईंका भाइबुहारीले यतिसम्म गर्लान भने मैले सोचेको पनि थिइन् । “

रामअनुले मात्रै होइन,विहेमा जुटेका धेरैले भने,दिदीबहिनी, दाजुभाइ पनि अब त भाडामा पाइन थालेछन् ! कस्तो जमाना आयो ? वरपरकाले नजिक आएर के दुख मनाउ गर्छस् ? म आएकैछु नि! भन्दै साखै पल्टेको पनि सुनाउँदै थिए । अलि पर बसेर दुलहीकि आमाले ” अरु जेसुकै होस,मलाई मतलव छैन,छोरीको विहे गर्नु थियोे, गरेँ ! नाता,सम्बन्ध एकदिनलाई देखाउन त हो नि ! अब विहे सकिन लाग्यो ! बोलाएका नातेदार पनि भाडामा एक छाक खान पाइहाइ हालिन्छ भनेर आएका हुन् । खान्छन्,जान्छन् भैगो नि! अब यी मान्छे किन चाहियो र ?

भन्दै मोबाइलमा बोलेको रेकर्ड सुनाउने पनि विहेमा पुगेका,दुलहीकी आमाको कुरा सुनेर धिकार्दै फर्केको पनि भेटिए ।सधैं मुतको न्यानोमा सुत्न पुगिरहोस भन्ने सोच्दै रामअनुतिर फर्किन र “अरुका कुराले आफू चिसिनु भन्दा आफू जोगिनु बेस रामअनु भन्दै हात समातिन र उठाइन् । रामअनुलाई लिएर भित्र छिरिन् र चिया पकाउन थालिन् ।

सीता ओझा
२०८०/०७/१५

प्रतिक्रिया