गाजामा ९ इजरायली सैनिकको मृत्यु भएको इजरायल रक्षा बल (आइडीएफ)ले जनाएको छ ।
इजरायल रक्षा बल (इजरायल डिफेन्स फोर्स -आईडीएफ) ले बुधबार उत्तरी गाजामा आफ्नो चलिरहेको भूमि कारबाहीमा मारिएका थप नौ इजरायली सैनिकहरूको नाम दिएको छ।
ती सैनिकहरू मध्ये ७ जना आतंकवादी विरुद्ध लड्न केन्द्रित रहेको गिवाती गुल्म का सदस्य थिए र अन्य दुई जना सशस्त्र सेनाको हिस्सा रहेको आईडिएफले जनाएको छ । उनीहरु कसरी मारिए भन्ने खुलेको छैन भनि सिएनएनले जनाएको छ ।
यो इजरायल रक्षा बल(आइडीएफ)ले मङ्गलबार गाजामा इजरायली सैनिकको पहिलो दुई मृत्युको पुष्टि गरेपछि शुक्रबार यसको भूमि आक्रमण बढेको समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया