हामीले नागरिकता त्यागेका होईननौ, खोसीएको हो

नबिन बिक २०८० कार्तिक १५ गते १०:३८ मा प्रकाशित

एनआरएनको अधिबेशनमा जहिले पनि राजनितिक पार्टीका केही चुनिन्दा अलि आशालाग्दा र जसले एनआरएनका भावना र मर्मलाई बुझ्नसकोस, त्यस्ता नेता वा नेतृहरुलाई पनि बोलाएर एनआरएनहरुको समस्या र योजनाको बारेमा बिशेष छलफल गरिन्छ,युवा तथा जुझारु र हकी स्वभावकी महिला नेतृ झाक्री त्यसैले छनोटमा परेकी थिईन।तर केही १-२ जना युवाले गरेका उछृंखल प्रश्नले गर्दा ८० लाख एनआरएनको अपमान हुने गरेर बडो अभद्र शैलीमा आफ्नो धोतीनै खुस्कने गरेर अती तल्लो र तुच्छ भाषा प्रयोग गरेर आफु कुनै पनी हालतमा राष्ट्रिय नेतृ नभएको प्रमाणित गरेकी छन। उनको हाउभाउ र भाष्य कुनै एक मोफसलकी अनपढ, गवाँर र टोलकी झोले गुन्डेनीको भन्दा फरक थिएन।

एनआरएनले घन्टा हान्छन तर तपाईले के हान्नु हुन्छ? तपाई जागीर त गर्नु हुन्न, सासंदको भत्ता र तलब कति आउछ? काठमांडौको शंखमुलको घर, राजसी रहन सहन कसरी पुरा भईरहेको छ? यसको उत्तर छ तपाई संग?

एनआरएनएहरु भगौडा कसरी भए ? यो मेरो प्रश्न झाक्रीलाई गर्न चाहन्छु, हरेर दिन नेपालबाट २-४ हजार युवाहरु चर्को ब्याजमा रृणकाटेर, आफ्नो बृदआमा बुवा, आफ्नी भर्खरै बिहे गरेर भित्र्याएकी श्रीमतीलाई छोडेर, जन्मिदै गरेको आफ्नो सन्तानको मुख नहेरीकन रहरले वा बिदेश घुम्नको लागी त पक्कै गएनन होला। के नेपालमा तपाई जस्ता राजनिती गर्ने नेताहरुले भ्रष्टचार नगरिकन ईमान्दर पुर्बक देशको लागी काम गरिदिएको भए आज हामी बिदेशीनुपर्थ्यो? अरुको कुरा छोडीदीउ, तपाई शहरी बिकाशमन्त्री हुदा कति रोजगार श्रृजना गर्नुभयो?

तपाईको २०-२५ बर्षको राजनितिमा सडकमा टायर जलाउने र नेपाल प्रहरीलाई ढुंगामुडा गर्नुबाहेक के नै गर्नुभयो? तपाईको जन्म घर काठमाडौ नै हो? पक्कै पनि होईन, तपाई गुल्मीको मयल पोखरीबाट अबसरको खोजीमा काठमाडौ आउनु भयो, काठमाडौमा अबसर पाउनु भयो यतै बस्नु भयो, तपाई २-४ बर्षमा एकचोटी मयलपोखरी जानुहुन्छ, अब के तपाईलाई मयलपोखरी, गुल्मीबाट गाउँ नै निकाला गरिदिने? भगौडा भनेर, तपाईको सामाजिक र राजनितक हैसियत काटिदिनु? तपाई गुल्मीबाट उच्च शिक्षा र अबसरको खोजीमा काठमाडौ आए झै , एनआरएनहरु पनी अबसरको खोजीमा बिदेश पलायन भएका हुन।

अनि एनआरएनलाई भगौडा भन्न मिल्छ? तपाईले भन्नु भयो कि रेष्टुरेन्टमा भाँडा माँझेर , घन्टा हानेर ठुला कुरा नगर भन्नु भयो, माफ गर्नुस झाक्रीजी एनआरएनले तपाई राजनितिकर्मीले जस्तो भ्रष्टचार गर्न आउदैन, उनीहरुलाई केवल पसिना बगाएर आफ्नो मिहिनेतको कमाई मात्र खान आउछ, एनआरएनले घन्टा हान्छन तर तपाईले के हान्नु हुन्छ? तपाई जागीर त गर्नु हुन्न, सासंदको भत्ता र तलब कति आउछ? काठमांडौको शंखमुलको घर, राजसी रहन सहन कसरी पुरा भईरहेको छ? यसको उत्तर छ तपाई संग?

तपाई शहरी बिकाशमन्त्री हुदा कति रोजगार श्रृजना गर्नुभयो? तपाईको २०-२५ बर्षको राजनितिमा सडकमा टायर जलाउने र नेपाल प्रहरीलाई ढुंगामुडा गर्नुबाहेक के नै गर्नुभयो?

हामी भगौडा होईनौ, हामीलाई भगाईएको हो, हामीले नागरिकता त्यागेका होईननौ, खोसीएको हो । तपाईहरु जस्ता अबिबेकी, अदुरदर्शी राजनितककर्मीहरुको झुन्डले लहडैलहडमा खोसिएको हो। हामीलाई बिदेशमा नागरिकता लिन वा आबासिय प्रमाणपत्रलिन नेपालको नागरकिता त्यागीरहनु पर्दैन। तपाईजस्ता भ्रष्ट राजनितिककर्मी हरुले गर्दा देशमा गरिखाने बाताबरण नभएर थाप्लोमा लाखौ करोडौको रृणको भारी बोकेर रहरले नभई करले बिदेशिएका हौ।

तपाईले समाचार पढनु भयो की भएन रोल्पाको एउटा सिंगो गाउँ खाली भएको ? आखीर किन? के तिनीहरु आफ्नो रहरले बिदेशीएका हुन? तपाई संग यसको उत्तर छ? बिदेशतिर प्रधानमन्त्री, राष्ट्रपति, सांसद भैसकेकाहरु हरु पनि काम गर्छन तर नेपालमा एकचोटी बडा अध्यक्ष भएकाले पनी आजिबन काम गर्दैनन, पुरै जीबन राजनिति गरेरै बिताई दिन्छन। नेपालको अर्थतन्त्रमा कसले टेवा पुर्याई रहेको छ? यो कुरा नबिर्सौकी एनआरएनले बिदेश बाट पठाएको पैसाले देशको अर्थतन्त्रको ठुलो हिस्सा धानेको छ नत्र देश उत्तानो टाङ लाई सक्थ्यो।एनआरएनए देशका शत्रु होईनन, उनीहरु किन फेसबुकमा लेख्छन? किन नेपाली राजनितिमा चासो राख्छन? किनकी उनीहरुलाई आफ्नो देशको माया छ र पो लेख्छन, चासो राख्छन।

८० लाख एनआरएनको अपमान हुने गरेर बडो अभद्र शैलीमा आफ्नो धोतीनै खुस्कने गरेर अती तल्लो र तुच्छ भाषा प्रयोग गरेर आफु कुनै पनी हालतमा राष्ट्रिय नेतृ नभएको प्रमाणित गरेकी छन। उनको हाउभाउ र भाष्य कुनै एक मोफसलकी अनपढ, गवाँर र टोलकी झोले गुन्डेनीको भन्दा फरक थिएन।

यति कुरा पनी बुझ्नुहुन्न तपाई? तपाई जुन एनआरएनहरुलाई यति तल्लो स्तरमा गालि गरेर, बिरोधगरेर आफ्नो राजनित्क रोटी सेक्ने दुष्प्रयास गरिरहनु भएको छ, भोलिका दिनमा तपाई, युरोप, अमेरीका जादा तिनिहरुकै घरमा बसेर खानु हुनेछ, तिनीहरुकै गाडी चढनु हुनेछ, किनकी होटलमा बसेर उबर चढने त तपाईको हैसियत छैन, तपाईको ईमान्दारीको कमाईले त काठमाडौमै बाच्न गार्हो छ। एनआरएनलाई गाली गरेर समय खेर फाल्नु भन्दा तपाई कानुनको बिध्यार्थी / अधिबक्ता हुनुहुदो रहिछ बरु भ्रष्टचारीहरुको फाईल खोल्दै, उनाहरुलाई जेल हाल्न सहयोग गर्नुस, पढाएर वा लफर्ममा काम गरेर भोलिका दिनमा बिेदेश जादा भाँडा माँझेर कमाएको घरको बास र गाँसको जोहो गर्न नपर्ने गरी आफ्नो हैसियत उकास्न तिर लाग्नुस।अहिलेको एनआरएनलाई दिईएको नागरिकता अब्यबहारीक, अन्यायपुर्ण र अपमानजनक छ, बरु यता तिर कुरो उठाएर सरकार र संसदमा आवाज बुलन्द पार्नुस, किनकी देशको मुहार फेर्ने भनेको हामी जस्तै एनआरएनले हो, बिदेशबाट शिप, दक्षता र द्रब्य भित्र्याएर।

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया