इनास केन्टकीले देउसी भैलो कार्यक्रम गर्ने

इनेप्लिज २०८० कार्तिक १४ गते २३:०२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली कालाकार समाज (इनास )केन्टकी राज्य च्याप्टर (शाखा)ले देउसी भैलो कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम त्यस राज्य शाखाका अध्यक्ष चर्चित हास्यकलाकार गोपाल नेपाल फिस्टेको नेतृत्वमा हुने भएको छ ।

हास्यकलाकार फिस्टेले कार्यक्रम आगामी नोभेम्बर ११ का दिन शनिबार हुने ईनेप्लिजलाई बताए ।

कार्यक्रम साँझ ६ बजे देखि राती १० बजे सम्म हुने छ । समितिले यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण आमाबुवा ,दाजुभाई ,दिदीबहिनी सबैलाई उपस्थिती जनाउन आग्रह गर्दै ईनेप्लिज मार्फत सबै नेपाली समुदायलाई चूलो निम्तो समेत दिएको छ ।

साथै तिहारको शुभकामना सहित देउसी भैलो रमाइलो २०२३ मा सक्रिय सहभागिताको लागि इनास केन्टकीले अनुरोध गरेको छ ।

प्रतिक्रिया