लेक्जिड्गटनमा पहिलो केन्टकी ईभेन्ट हुदै

इनेप्लिज २०८० कार्तिक १४ गते २१:१४ मा प्रकाशित

यहि नोभेम्वर ४ का दिन केन्टकी राज्यको लेक्जिड्टनमा भव्य सांगितिक कार्यक्रम हुदैछ । कार्यक्रम भुटनिज कम्युनिटी अफ लेक्जिड्गटन केन्टकी (बिसिएलके) ले आयोजना गरेको हो ।

विसिएलकेको मुख्य आयोजनामा आयोजित यस कार्यक्रममा अन्य स्थानिय संस्थाहरु एन्का ,एनआरएनए केन्टकी च्याप्टर, ईनास केन्टकी च्याप्टर सहयोगी संस्थाको रुपमा रहेका छन ।

कार्यक्रमका मुख्य आकर्षकहरुमा चर्चित गायिका अन्जु पन्त, चर्चित गायक जगदीश समाल, ढकाल ब्रदर, प्रनिम राई ,मंजु लामा झरना कटुवाल,बारुनी पान्डे ,टहलमान विश्व, लक्की राशी,आचल कडेल र साथमा अन्य कलाकारहरुको पनि प्रस्तुति रहनेछ । प्रमुख अतिथिमा डिल्ली अधिकारी रहनुहुनेछ । कार्यक्रम संचालकहरुमा अर्जुन थापा र मंजु रसाईली रहनुभएको छ ।

विसिएलकेका अध्यक्ष दिपेन अधिकारीले कार्यक्रमको तयारी सबै पक्षबाट भैरहेको जानकारी गराउदै यो कार्यक्रमयस बर्षकै उत्कृष्ट कार्यक्रम रहने बताउनु भयो ।

प्रतिक्रिया