लामो समयपछि चर्चित ‘कन्दरा ब्यान्ड’ को गीत सार्वजनिक

इनेप्लिज २०८० कार्तिक १३ गते १:३६ मा प्रकाशित

३० अक्टोबर: चर्चित ‘कन्डरा ब्यान्ड’ ले लामो समयको अन्तरालमा आफ्नो गीत युट्युब मार्फत सार्वजनिक गरेको छ । कन्दरा ब्यान्डले ‘बिचरा म’ गीतलाई २ दिन अघि सार्वजनिक गरेको हो । कन्दरा ब्यान्ड १९९४ मा गठित पोखराको सांगितिक समूह हो ।

‘बिचरा म’ गीतमा बिवेक श्रेष्ठको एकल स्वर छ । लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठले “लामो समयको अन्तरालमा नेपाली माटोको सुगन्ध फैल्याउने गरेको चर्चित ‘कन्दरा ब्यान्ड’ को नेपाली माटोको सुगन्ध आउने अर्को मन छुने मीठो गीत आएछ । हार्दिक बधाई एबं शुभेच्छा बिबेक भाई एबं टिम 🇳🇵🙏❤️ बिचरा म – कन्दरा” भनी ट्विट गर्दै गीतको युट्युब लिंक राखेका छन । ट्विटमा श्रेष्ठले बिवेक श्रेष्ठसंगको फोटो र ‘कन्दरा ब्यान्ड’ को समूह आफ्नो घरमा आएको समयको गरी दुई फोटो पनि सार्बजनिक गरेका छन ।

सुनिल थापाको संगित रहेको उक्त गीतमा आनन्द अधिकारीको लिरिक्स रहेको छ भने एरेन्ज हरि महर्जनको र मिक्सिङ देव लामाको रहेको छ ।

त्यस्तै आशिष पराजुलीको निर्देशन रहेको उक्त गीतमा शिवराम श्रेष्ठ र अनिल मानन्धरको सिनेमाटोग्राफी छ भने संपादन बिजेश पौडेलको रहेको छ ।

‘बिचरा म’ गीतको युट्युब लिंक

प्रतिक्रिया