डिसीका अमेरिकी जिल्ला न्यायाधीशले संघीय चुनाव विध्वंस मुद्दामा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ग्याग आदेश (न्यायाधीशको आदेश जुन मुद्दा सार्वजनिक रूपमा छलफल गर्न सकिँदैन) पुनर्स्थापित गरेका छन् ।
ट्रम्पको संघीय चुनाव विद्रोह आपराधिक मुद्दाको निरीक्षण गर्ने संघीय न्यायाधीशले यस महिनाको सुरुमा उनले पूर्व राष्ट्रपतिमाथि जारी गरेको ग्याग आदेशलाई पुनर्स्थापित गरेका छन्।
अमेरिकी जिल्ला न्यायाधीश तान्या चुटकनले आइतवार ट्रम्पको आदेशलाई रोक्नको लागि गरेको अनुरोधलाई अस्वीकार गरिन । जब उनको यता अपील चलिरहेको छ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ । उनले अक्टोबर २० मा जारी गरेको ग्याग आदेशलाई समेत अस्थायी बिश्राम (फ्रिज ) हटाएकी छन ।
ट्रम्पलाई विशेष सल्लाहकारको टोली वा सम्भावित साक्षीहरूको बारेमा केही बयानहरू गर्न निषेध गरिएको थियो । ट्रम्पले अब सार्वजनिक रूपमा आफ्ना कानुनी मुद्दाहरूका पक्षहरू छलफल गर्नबाट रोक्न दुईवटा ग्याग आदेशहरूको सामना गर्नु परेको छ: एउटा चुटकनबाट जसले वाशिंगटन डीसीमा स्मिथले ल्याएको मुद्दाको निरीक्षण गर्दैछ, र ,दोस्रो न्युयोर्कमा उनको देवानी (सिभिल) ठगी मुद्दाको निरीक्षण गर्ने न्यायाधीशबाट।
स्मिथको कार्यालयका अभियोजकहरूले गत हप्ता चुटकनलाई ग्याग आदेशलाई पुनर्स्थापित गर्न आग्रह गरेका थिए । उनीहरुले तर्क गर्दै उनले आदेश बिश्राम (पज) गरेपछि ट्रम्पले सामाजिक संजाल (सोशल मिडिया)मा अभियोजकहरू र सम्भावित साक्षीहरूको बारेमा कथित रूपमा टिप्पणीहरु प्रकाशन गर्न पुनः सुरु गरेको बताएका थिए ।
ट्रम्पले अदालतमा ग्याग आदेशले उनको पहिलो संशोधन अधिकारको उल्लङ्घन गर्दछ भनि तर्क गरेका थिए साथै आफ्नो चुनावी अभियान परीक्षण मुद्दामा छलफल गर्ने उनको क्षमतालाई सीमित गर्दछ भनि बताएका थिए ।
प्रतिक्रिया