करिब २ हप्तादेखि समुद्रमा हराएका क्यानाडाली माझी जीवितै फेला परेका छन् । उनि वाशिङटनको तटमा डुङ्गामा जीवित फेला परेका छन् ।
गत बिहीबार केप फ्ल्याटरी वाशिंगटनको लगभग ७० माईल उत्तरपश्चिममा क्यानाडाको पानीमा डुंगामा जीवित फेला परेको अमेरिकी तटरक्षकका प्रवक्ता स्टिभ स्ट्रोहमियरले बताए।
उनी धेरै दिनसम्म समुन्द्रमा थिए र चमत्कार भयो ,स्ट्रोहमायरले सिएनएनलाई भने। महासागर एक धेरै विशाल ठाउँ हो। उनि कतै बीचमा तैरिरहेका थिए ।
आइतवार दिउँसो समुद्र तट सुरक्षाकर्मीलाई हराइरहेको माछा मार्ने डुंगाको बारेमा सतर्कता गरिएको थियो । जुन अक्टोबर १२ मा वाशिंगटन तटबाट प्रस्थान गरेको थियो र अक्टोबर १५ मा फर्किने थियो।
उनलाई खोज्न समुन्द्री तट रक्षकहरुले करिव १४ ,००० वर्ग माइल्स करिव ८ घण्टासम्म खोज गरेका थिए ।
तस्बिर सौजन्य : अमेरिकी समुद्र तट रक्षक
प्रतिक्रिया