रौतहट
दशैँ, दिपावली तथा छठ पर्वको अवसरमा रौतहटमा तराई कुम्हार समाज नेपालले गरेको रक्तदान कार्यक्रममा पन्ध्र जनाले रक्तदान गरेका छन् ।
तराई कुम्हार समाज नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा रौतहटको प्राविधिक सहयोगमा गरुडा नगरपालिका ५ शिवनगरमा आयोजित कार्यक्रममा रामपुकार पंडित, ओमप्रकाश पंडित, सत्यनारायण पंडित, राजु यादव, सुनिल यादव, वीरेन्द्र पंडित, रयाज अख्तर, सनोज कुमार पंडित, इलाका प्रहरी कार्यालय शिवनगरका प्रहरी जवान हिक्मततमोली, रौशन यादव, अमित यादव, शैलेन्द्र यादव, लालबाबु पंडित र हृदयनारायण पंडितले रक्तदान गरेका छन् ।
आयोजक समितिका जिल्ला अध्यक्ष लक्ष्मी पंडित कुम्हारको सभापतित्व तथा केन्द्रीय अध्यक्ष सीताराम पंडितको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रौतहटका मन्त्री धर्मेन्द्रकुमार सिंह तथा उपकोषाध्यक्ष शेख कैमुदिनको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया