भर्जिनियामा नेपाली चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ प्रदर्शन हुदै

इनेप्लिज २०८० कार्तिक ११ गते १२:४१ मा प्रकाशित

भर्जिनियामा नेपाली चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ प्रदर्शन हुने भएको छ । दसैंलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ नेपालमा राम्रो प्रदर्शन भै रहेको छ भने आगामी अकोत्बर २९ र अक्टोबर ३० का दिन भर्जिनियाको फेयरफ्याक्समा प्रदर्शन गरिने भएको छ ।

‘पशुपति प्रसाद’ को दोस्रो शृंखलाका रूपमा निर्माण भएको ‘पशुपति प्रसाद २ः भष्मे डन’ मा शीर्ष भूमिका अभिनेता विपीन कार्कीले निर्वाह गरेका छन्।

चलचित्रमा रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सौगात मल्ल, स्वस्तिमा खड्का लगायत कलाकारको अभिनय रहेको छ ।
भर्जिनियामा उक्त चलचित्र ई-पिकले आयोजना गर्दै छ भने चलचित्र दुवै दिन राती ७ बजे प्रदर्शन गरिने आयोजकका तर्फबाट अभिजित राईले ईनेप्लिजलाई बताए ।

चलचित्र प्रदर्शन 9650 main st ,fairfax va 22031 मा हुनेछ भने बिस्तृत जानकारी लिन यसै धव्जा(ब्यानर)मा व्यक्तिहरुसंग सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया