कसरी जन्म भो रापती समाज काठमाडौ झन्डै १८ बर्ष पुग्न लागेको लक्का जवान रापती समाज काठमाडौले के गर्नु पर्छ होला अबको योजना ।
जन्म हुनु जन्माउनु हुर्किनु हुर्काउनु भिन्न हो । जति जन्म दिन सजिलो होला त्यो भन्दा गार्हो हुर्काउन पनि हुन्छ । जन्म दिएर छोड्दा त्यो संस्था लथालिङ पनि हुन्छ । जन्मदातालाई आफु जुन हैसियत र जुन भूगोलमा भए पनि बिछट्टै माया लाग्छ आफ्ना सन्तानको ।
सन्तान हुर्केको बढेको कति माया लाग्छ कति ती जन्म दाताहरुको मुटु छामेर हेरे पुग्छ ।
रापती समाज काठमाडौ आज सम्म हुर्काएर अगाडि बढ्नु हुने तमाम काठमाडौ एवं देश बिदेशमा बस्नु भएका सम्पुर्ण रापतीबासीहरुमा नमन गर्दछु ।
तपाइहरुको माया प्रेम स्नेहको मिठो चाका पाएर रापती समाज काठमाडौ आज लक्का जवान भैरहेछ र अगाडि बढिरहेछ ।
अब रापती समाज काठमाडौले एउटा रापती घर निर्माण गर्नुपर्दछ । जुन घर भित्र पसेपछि सम्पुर्ण रापतीको कला सन्स्कृति पर्यटकीय स्थल रापतीका बिशेष व्यक्तित्वहरु रापतीलाई अग्र स्थानमा पुर्याउने आदरणीय व्यक्तिहरुको चिनारी कुन ठाउ कस्तो छ र कहा कहा पर्यटकीय स्थल छ रापती बासीको साहित्यिक पुस्तक साङितिक सङालो लगायत हरेक चीज समावेश भएको अवलोकन गर्न मिल्ने रापती घर निर्माण गरौ । यस कार्यमा रापती समाज काठमाडौ अग्र स्थानमा रहेर आफ्नो भुमिका निर्वाह गरोस भन्ने मेरो चाहना रहि आएको छ ।
भावि दिनमा यस्तो योजना अगाडि सारौ जुन सदा रापती बासीहरुको मनमा रहिरहोस । रापती के हो कस्तो हो सम्पुर्ण जन जनले बुझ्न पाउने थिए कि । जस्तो एउटा रापती घर चाहे काठमाडौ होस् चाहे अरु ठाउँमा होस् तर रापती घर निर्माणको नेतृत्व रापती समाज काठमाडौले गरोस भन्ने चाहना मेरो रहेको छ । त्यो घर भित्र रापतीको चिनारी इतिहास भूगोल सन्स्कृति सबै देख्न पाइयोस् । त्यो घर भित्र बिभिन्न कार्यक्रम गर्न मिल्ने थलो बनोस् । सायद देश बिदेश हामि सम्पुर्ण रापतीबासी मिल्ने हो भने यो काम गार्हो छैन । मात्र आट अनि सकृयता अनि निरन्तरता यदि यो निर्माण गर्न सक्यौ भने भोलि हरेक क्षेत्रमा सबैतिर नया जागरण शुरूवात हुनेछ र जुन गर्वको सानो अंश रापती समाजले पनि ग्रहण गर्न सक्नेछ ।
धेरैलाई थाहा नहुन सक्छ कसरी रापती समाज काठमाडौ जन्मियो । जन्माउदा के कसरी अगाडि बढ्यो सानो झलक यहा दिने प्रयास गरेको छु ।
रापती समाज जन्माउदा मैले भोगेको भोगाइ यहा प्रस्तुत गरेको छु तपाइहरुको भोगाइ फरक हुन सक्छ आखिर हरेकको फरक भोगाइ र फरक बिचारहरुको संयोजनबाट नै रापती समाज काठमाडौ जन्म भएको थियो ।
मिति २०६२ मा दाङ बिद्यार्थी त्रि बि किर्तिपुरमा अध्यक्षतामा रहेर मात्र १ बर्ष काम गर्ने अवसर पाएको थिए । एक वर्ष भित्रमा कम्तिमा पच्चिस जना दङाली लेखकहरुको त्रिवि किर्तिपुर केन्दृय पुस्तकालयबाट आइ एस बि एन नम्बर निकाल्दिने रक्तदान कार्यक्रम बहस कार्यक्रम माओवादी द्दन्दमा युद्द्को समस्या र समाधान सम्बन्धि बहस कार्यक्रम हाम्रो दाङ हाम्रो तस्बिर पुस्तक प्रकाशन लगायत अन्य केही कामहरु जुन चुनावमा घोषणा गरेको थिए ती घोषणा सबै एक वर्षमै सफल पारेर समितिबाट विश्राम लिएको थिए त्यो समय सामाजिक सस्थाको लागि स्वर्णिम युग मान्दछु ।
त्यसपछि काठमाडौमा एक परम दङाली मित्र सन्तोष श्रेष्ठसित Santosh Shrestha भेट हुन्छ । त्यसो त उहासित दाङ नवयुग नाट्य सास्कृतिक समुहमा रहदा आक्कल झुक्कल परिचय भएको थियो एउटा हापुरको ठिटो सङीत र गायन प्रति झुकाव राख्ने लगनशील व्यक्ती सन्तोष श्रेष्ठ दाङमा एक दुई पटक भेट भएको थियो । यद्यपि उनी पनि साना म पनि सानो थिए त्यतिखेर म नाटकको दौडानमा उनी गीतको दौडाहामा कक मम गर्दै थिए ।
काठमाडौ म ज्ञानेश्वर बसेको बेला उनिसित सम्पर्क हुन्छ भर्खरै दाङ बिद्यार्थी समितीमा बसेर काम सफल पारेको अनुभव थियो । उनिसित काठमाडौमा भेट गरौ भनेर मोबाइलमा कुरो हुन्छ । सायद काठमाडौमा मेरो भेट सन्तोष श्रेष्ठ सित न भएको भए राप्ती समाज काठमाडौको जन्म नै हुदैनथ्यो होला वा भैहाले ढिलो हुन्थ्यो होला ।
हामी साना काठमाडौको शहरमा कसैले न टेर्ने प्राणी केही वरिष्ठहरु सित फोन सम्पर्क भो कतिले प्रोत्साहन गर्नु भो । कतिले हामी यत्रो बर्ष भएर पनि केही गर्न सकेनौ तिमी फुच्चेले केही गर्न सक्दैनौ भनेर निरुत्साहित पनि भए तर राप्ती समाजको प्रोत्साहन र गठन गर्दा बिशेष रुचि राख्ने सुनिल पोखरेलको नाम पनि जोड्न चाहन्छु यद्यपि उहासित समय समयमा वैचारिक रुपमा सानातिना टकराव भैरहन्थे तर सस्थागत हितको लागि हामी एक थियौ । सन्तोष श्रेष्ठ सित राप्ती बासिहरुलाई समेट्ने एउटा संयन्त्र बनाउने भनेर निर्णय गरियो । बिधानको मोडेल कस्तो हुनुपर्छ भनेर मैले मेरो सोच अनुसारको मोडेल त्रिचन्द्र क्याम्पसमा झन्डै १०० जना राप्ती बासी बिचमा प्रस्तुत गरे । त्यो भन्दा अघि सूचना प्रेषित गर्ने अहिले जस्तो सहज थिएन । क्याम्पसहरुमा पम्फ्लेट टासेर धेरै पटक भेला डाक्दा बिफल भएपछि चौथो प्रयासमा सफल भएको थियो । राप्ती समाज गठन प्रकृयामा विशेष साथ र हात दिने लक्ष्मण गौतम , भागिरथ योगि Bhagirath Yogi , कोमल वलि , Komal Oli भिमार्जुन आचार्य Bhimarjun Acharya निलाम्बर आचार्य , Nilamber C. Acharya सुभाष शर्मा सर सल्लाह दिइरहने बिपुल पोख्रेल Bipul Pokhrel लाई सम्झनै पर्दछ , गोपाल बस्नेत Gopal Basnet लगायत विभिन्न अन्य तत्कालीन पदाधिकारीहरुलाई म बिशेष धन्यावाद दिनैपर्दछ । राप्ती समाज गठन प्रक्रियामा शन्कर पोख्रेल सरोज रेग्मी बिनायक रेग्मी बसन्त लम्साल Basanta Lamsal लगायत विभिन्न व्यक्तिहरुसित फोन बाट हुन्छ कि प्रत्यक्ष भेटेर हुन्छ कि सरसल्लाह सकेको गरियो सस्था जन्माउदा त कोहोस एक्लै जन्माउने भनेर काठमाडौमा फोनमा थर्काउने केही आदरणीय नेताजिका छोरी चेलीबाट गाली पनि पाइयो उनिहरुको गालिले यो फुच्चेले किन टेर्थ्यो र तपाइको दाइ देश र प्रजातन्त्र भन्नू भएको होला तर तपाइले दाइको नाम बेचेर हामिलाई अपराध गरे जस्तो गरि थर्काउने अधिकार छैन सक्नु हुन्छ साथ दिनुस सक्नुहुन्न चुप लाग्नुस हामिले तपाइको गाँस खोसिएदिएका छैनौ हामिले तपाइको बास उडाइदिएका छैनौ तपाइले मलाई यसरी थर्काउने अधिकार छैन नेताकी बहिनि ज्यू भनेर रातको ९ बजे मसित उक्त फोन सम्पर्क भो आफुलाई खुबै प्रजातन्त्र वादी भन्नेले मलाई चिन्दै नचिनी थर्काउनु जायज थिएन यद्यपि म मेरो यात्रा हिडिरहे । आज राप्ती समाज झन्डै 16 बर्ष पुग्न लागि सकेछ । ज्ञानेश्वर मैतिदेबी हुँदै चप्पल लगाएर कहिले कसको डेरामा कहिले कसको डेरामा पुगेर जन्माएको समाजको माया लग्दो रहेछ । उक्त सस्थामा जोसुकै आए पनि मैले २०६३ मा त्रिचन्द्र क्याम्पसको हलमा प्रस्तुत गरेको मोडेल अनुसार बिधान तयार गरियो र सुनिल पोखरेल सन्तोष श्रेष्ठ गोपाल बस्नेत सुभाष शर्मा लगायतको साथले रापती समाज काठमाडौ जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता गरियो
मित्र लाल पार्दे
संस्थापक अध्यक्ष
रापती समाज काठमाडौ
हाल वारसवा पोल्यान्ड
प्रतिक्रिया