युगान्डामा नेपालीहरुले बडा दशै यसरी मनाए,युगान्डाकी गायिकाले फुल बुट्टे सारी गीत प्रस्तुत

इनेप्लिज २०८० कार्तिक १० गते १२:०२ मा प्रकाशित

कम्पाला , युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाले दशैंको सामुहिक टिका सहित युगान्डाको कम्पालामा सांस्कृतिक कार्यक्रम सहित दशै कार्यक्रम आयोजना गरेको छ ।

युगान्डाका लागि नेपालका मानार्थ बाणिज्य दुत डा. सुधिर रुपारेलियाबाट उपस्थित सबै नेपालीलाई दशैं टीका लगाइएको उक्त कार्यक्रमको सभापतित्व एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालले गरेकी थिइन ।

न्यून संख्यामा नेपालीहरु रहेपनि युगाण्डामा नेपाली पर्व र संस्कृतिका कार्यक्रमहरु निरन्तर आयोजना गरेकोमा गैरआवासीय नेपाली संघ युगान्डाको मानार्थ बाणिज्यदूत डा. सुधिर रुपारेलिया ले प्रशंसा गर्दै सबैमा दशैंको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

नेपालीहरुकै लगानीमा संचालनमा आएको साइन कुजिन रेस्टुरेन्ट एन्ड बार, नागुरु कम्पाला युगान्डामा आयोजना भएको कार्यक्रमलाई संस्थाका महासचिव राजु थापाले संचालन गरेका थिए भने उपाध्यक्ष तारा गिरी, पुर्व वरिष्ठ उपाध्यक्ष धनराज गिरिले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा फुल बुट्टे सारी गीतलाई कभर गरि अत्यन्तै ख्याती कमाएकि युगान्डाकी गायिका दि क्याप्टेन बियोन्सी फामेसीले पनि आफ्नो टिमको साथ गीतहरु प्रस्तुत गरेकी थिइन ।

त्यसै गरि बाल कलाकारहरु समृद्धि साउद ,अन्जिला श्रेष्ठ, प्रगती गिरी, इशानी गैरे लगायतको गीत र नृत्य प्रस्तुत गरेका थिए ।कलाकार तेजेन्द्र बिवश लगायत को प्रस्तुति रहेको उक्त कार्यक्रम हेर्दा युगान्डा अफ्रिकी मुलुकमा समृद्ध नेपाली कला र संस्कृति भएको देश जस्तो देखिन्थ्यो ।

कार्यक्रम को अन्त्यमा एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालले मानार्थ वाणिज्य दूत डा. सुधिर रुपारेलिया पुर्ब अध्यक्षहरु रमेश कंडेल र बिनोद थापा, कार्यसमिति सदस्यहरु बिनोद साउद, रन्जित गौतम, युवा संयोजक मुकेश मेहता रमेश बुढा लगायत कार्यक्रम आयोजना गर्न सहयोग गर्ने र उपस्थित सबैलाई बडा दशैंको शुभकामनाका साथ धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया