गैर आवासीय नेपाली संघको विवादित विश्व सम्मेलन बाट सृजना भएको “लाजको पसारो”

इनेप्लिज २०८० कार्तिक १० गते २:५० मा प्रकाशित

वासिंटन डि.सी.। गैर आवासीय नेपाली संघका संस्थागत आजीवन सदस्य खगेन्द्र अधिकारीले सम्पूर्ण स्वदेशी एवं प्रवासी नेपालीका साथै समग्र गैर आवासीय नेपाली अभियानलाई तदारुकता दिने आदरणीय सबै महानुभावहरुलाई बड़ा दशैं २०८० को शुभकामना प्रदान गर्ने क्रममा “एनआरएनए” को नेपालमा हालै मात्र सम्पन्न विश्व सम्मेलनको दौरान र सो समयावधिमा सम्पन्न निर्वाचन पश्चातका गतिविधिहरुले “एनआरएनए” का सबै संस्था प्रेमी गैर आवासीय नेपाली संघका सदस्यहरुको सीर निहुरिएको छ भन्ने तथ्यलाई सार्वजनिक टिप्पणी गर्दै उक्त बिषयमा आफ्नो धारणा व्यक्त गरेका छन् । उनले उक्त घटिया चालबाज़ीलाई नितान्त अस्वस्थ र अलोकतांत्रिक दुर्घटना हो भन्दै सामाजिक संस्था भित्रको ग़ैर ज़िम्मेदार गतिविधि साथै लाजको पसारो समेत भन्ने प्रष्ट पार्दै, यस प्रकारका गलत सोचमा आधारित भएर गरिएका, सामाजिक सेवाको भावनामा चोट पुग्ने र निष्पक्ष र नितान्त समाजसेवी सोचमा ख़लल पुग्ने सबै प्रकारका विभाजनकारी विद्यमान अवस्थालाई ख़्याल गरेर गैर आवासीय नेपाली अभियानलाई तदारुकता दिने संस्था “एनआरएनए” लाई बचाउँनको लागि हामी सबैले अलोकप्रिय सम्पूर्ण गतिविधिहरुलाई अस्वीकृत गर्न जरुरी भएको छ भन्नेमा दुईमत हुँदै हुँदैन भन्दै समग्र साधारण सदस्यहरु, आजीवन सदस्यहरु र सम्बंधित सबैलाई सचेत रहन आग्रह समेत गरेका छन्।

हेर्नुहोस आजीवन सदस्य अधिकारीको टिप्पणी जस्ताको तस्तै:

पूर्व चर्तिकलाहरुका अतिरिक्त १० औं र ११ औं “एनआरएनए” विश्व सम्मेलन संग सम्बंधित गतिविधिको सारांश सहित संक्षिप्त प्रतिक्रिया

“यो जो जस संग ससम्बंधित छ

लाजको पसारो, लुटेरा र गिरोह सोचमा आधारित भएर यसैमा नै आत्मरत्ती सहित रमाईलो संग आस्तावन बन्दै अपनाईएको अमर्यादित अनि ग़ैर ज़िम्मेदार पूर्ण कार्यशैलीको अप्रजातांत्रिक, अलोकतान्त्रिक र षड्यंत्रकारी कुसोचले सबै गैर आवासीय अभियानलाई मद्दत गर्ने हामी सबैलाई दु:खित बनाएको छ।

स्वच्छ र संस्थागत परिदृश्यमा फूटको समानांतर गतिविधि र अस्वस्थ, कुटिल र ब्यईमानी पूर्ण गुरिल्ला सिद्धांतको अनुसरणमा आधारित अलोकतांत्रिक राजनीतिक चालबाज़ी समाजमा समाजसेवी हुनको लागि उपलब्धिमुलक हुँन नसक्ने र गतिशील हुन पनि असंभव र घृणित अनि घटिया प्रवृत्तिको अनावश्यक साथ-साथै असामाजिक व्यवहार हो भनेर हामी सम्पूर्णले बुझ्न जरूरी छ।

यस प्रकारको सोचमा प्रतिबद्धता गरेर नेपाल र नेपाली अनि सम्पूर्ण स्वदेशी एवं प्रवासी नेपाली यानेकी गैर आवासीय नेपाली जनताहरुको विशुद्ध र पवित्र अभियानलाई कहाँ पुर्याउने हो ? यस अर्थमा यस संस्थालाई सुरक्षा साथ-साथै बचावट गर्नका खातिर समग्र गैर आवासीय अर्थात् प्रवासी नेपाली जनताहरु सचेत हुन जरुरी छ।

यस सम्मानित र निश्चित रुपमा निश्पक्ष एवं नितान्त सामाजिक सेवाको मर्मस्पर्शी सामुदायिक र सार्वजनिक बिस्वासको पवित्र भावनामा आधारित भएर गौरवशाली र गर्व गर्नलायक संस्थामा रुपान्तरण गर्न सबै सकारात्मक, साझेदारी साथै परिश्रमी बनौं।आगे आपकी मर्ज़ी!जय गैर आवासीय नेपाली संघ!


आदरणीय एवं सम्मानित सम्पूर्णमा बड़ा दशैं २०८० को पावन अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

Wishing everyone a blissful Dashain 2080.

भवदीय,

खगेन्द्र अधिकारी
संस्थागत आजीवन सदस्य
एवं पूर्व विश्व सम्मेलन प्रतिनिधि
वासिंटन, डि.सी.
संयुक्त राज्य अमेरिका

प्रतिक्रिया