अध्यावधिक गरिएको : अमेरिकाको मेन राज्यको लेविस्टनमा गत बुधबार भएको गोलीबारीमा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने १३ जना घाइते भएका छन् । मेन राज्य गभर्नर जेनेट मिल्सले बिहीबार एक पत्रकार सम्मेलनमा मृत्यु हुनेको संख्या १८ पुगेको र १३ जना घाइते घोषणा भएको पुष्टि गरिन ।
गभर्नरले यो समाचारको सूचना दिन पनि “गहिरो दु: खी” भएको बताइन ।
गोलाबारीमा मारिएका मध्ये ७ जना बलिङ नामक गल्लीमा भेटिएका थिए । माइन राज्य प्रहरीका विलियम जी रसका अनुसार जसमा १ महिला र छ जना पुरुष रहेको बताए। सबैको गोली लागेर सबैको मृत्यु भएको जानकारी दिएका छन् ।
मारिएका मध्ये ८ जना स्किमेन्जिस बार एण्ड ग्रिल( मधुशाला तथा सेकुवा चमेनागृह) मा फेला परेका थिए । भित्र ७ सात जना र एक जना बाहिर फेला परेका थिए । ती सबै पीडितहरू पनि बन्दुकको गोली लागेर मृत्यु भएको उनले बताए ।
गोली काण्डमा मारिएका थप तीन जनालाई स्थानीय अस्पतालमा लगिएको थियो भने तीमध्ये करिब आठ जनाको पहिचान भएको छ ।
प्रतिक्रिया