अमेरिकाको मेन राज्यको लेविस्टनमा भएको गोलीकाण्डमा कम्तीमा १६ जनाको मृत्यु ,दर्जनौ घाइते

इनेप्लिज २०८० कार्तिक ९ गते १०:५३ मा प्रकाशित

अमेरिकाको मेन राज्यको लेविस्टनमा भएको गोलीकाण्डमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।

लेविस्टन मेनको एक बलिङ्ग गल्ली र चमेनागृहमा भएको गोलीकाण्डमा कम्तीमा १६ जनाको मृत्यु भएपछि संदिग्धको व्यापक खोजी भइरहेको स्रोतले सिएनएनलाई बताएको आफ्नो समाचारमा जनाएको छ ।

प्रहरी अधिकारीहरूले गत बुधबार राती मेन राज्यको दुई स्थानमा सामूहिक गोलीकाण्डमा संलग्न व्यक्तिको तस्बिर र नाम सहित् सार्वजनिक गरेका छन । परिवारहरु दौडिएको र ज्यादै त्रसित अवस्थामा मानिसहरु भागदौड गरेको दृश्य सहित देखिएको छ ।

मानिसहरूलाई घर भित्र बस्नका लागि प्रहरी अधिकारीहरूले आग्रह गरेका छन् । लेविस्टन प्रहरी विभागले संदिग्ध र गोली चलाउने व्यक्ति रोबर्ट कार्ड भएको जनाएका छन् । ४० वर्षीय रोबर्ट कार्डको खोजी भइरहेको लेविस्टन प्रहरीले राति ११ बजे बताए । उनि “सशस्त्र र खतरनाक मान्नु पर्छ।” भन्दै जनतालाई सतर्क गराएका छन् ।

कार्ड एक प्रमाणित बन्दुक प्रशिक्षक र अमेरिकी सेनाका आरक्षित (रिजर्भ)को सदस्य हुन् । उक्त व्यक्तिले उसले हालसालै मेनमा रहेको राष्ट्रिय सुरक्षा सुविधामा गोली चलाउने धम्की दिएका थिए ।

लेविस्टन प्रहरी विभागले रोबर्ट कार्डलाई दुई स्थानमा भएको गोलीकाण्डमा उनि नै भएको बताएका छन् ।

प्रतिक्रिया