अमेरिकाको न्यासभिल प्रहरी प्रमुखका छोराद्वारा २ प्रहरी अधिकारी माथि गोली प्रहार ,स्वयम् मृत अवस्थामा फेला

इनेप्लिज २०८० कार्तिक ८ गते १२:४३ मा प्रकाशित

अमेरिकाको टेनेसी राज्यको न्यासभिलका प्रहरी प्रमुखका छोराले २ प्रहरी अधिकारीको गोली हानी फरार भएको केही समय पछि उनि मृत अवस्थामा फेला परेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

एक डलर सुलभ पसल बाहिर दुई प्रहरी अधिकारीलाई गोली हानेर खोजी गरिएका न्यासभिलका प्रहरी प्रमुखका छोरा मृत फेला परेका छन् ।

अधिकारीहरूले मंगलबार राती न्यासभिलको १५ औं दक्षिण मार्गमा बन्दुकको गोली चलेको सुने र प्रहरीहरु त्यहाँ पुगे । त्यसपछि जोन सी ड्रेक जूनियर नामक लाई बन्दुकको गोली लागेर मृत अवस्थामा फेला पारेको प्रहरीले बताए ।

प्रहरीका अनुसार उनले स्वयम् आफू माथि गोली चलाएका थिए । जिल्ला न्यायधिवक्ता ग्लेन फङ्कको अनुरोधमा ड्रेकको मृत्युको अनुसन्धान गर्ने र अनुसन्धानको एक भागको रूपमा पूर्ण शव परीक्षण गरिने बताईएको छ । महानगर न्यासभिल प्रहरी प्रवक्ता डन आरोनका अनुसार ड्रेकले मंगलबार साँझ मुख्य बजारको दक्षिणपूर्वको घरबाट बन्दुक देखाएर गाडी चोरी गरेका थिए ।

अधिकारीहरूले केही समय पछि उनको सवारी साधन (कार)लाई देखे र गाडीलाई पछ्याए पछि गाडी दुर्घटनाग्रस्त भयो। ड्रेक घरको पछाडि भागे र अधिकारीहरूले क्षेत्रलाई घेरेपछि बन्दुकको आवाज सुनियो, आरोनले भने।

महानगर न्यासभिल प्रहरी विभागका प्रमुख जोन ड्रेकका ३८ वर्षीय छोरा ड्रेकलाई शनिबार दिउँसो न्यासभिलबाट २० माईल (३२ किलोमिटर) दक्षिणपूर्वमा रहेको शहर ला भेर्ग्नेमा रहेको डलर जनरल स्टोर (सुलभ पसल )बाहिर दुई प्रहरी अधिकारीहरूलाई गोली हानेको आरोप लगाइएको थियो।

उनलाई प्रथम श्रेणीको हत्याको प्रयासको दुई गणनामा पक्राउ पुर्जी जारी गरिएको थियो । उनको बारेमा सूचना दिनेलाई २,५०० डलर समेत दिने घोषणा गरिएको थियो ।

प्रमुख अर्थात् उनका पिता ड्रेकले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो छोरालाई गोली हानेको संदिग्ध भएको पुष्टि गरे।

प्रतिक्रिया