दशै पर्व र जमराको महत्त्व

इनेप्लिज २०८० कार्तिक ८ गते १२:१४ मा प्रकाशित

सीता ओझा । दसैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीका सँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लगायतका लामा आँकुरालाई जमरा भनिन्छ ।विजयादशमी र जमरा नेपाली समाजसँग जोडिएको संस्कृति एवं परम्परादेखिका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बीभित्र पहाडीमुलका नेपालीहरूको मात्रै थियोे र छ। भारतीय एवं अन्य राष्ट्रका हिन्दूहरूमा यो परम्परा पाइँदैन ।

वर्षौंदेखि घरबाट टाढा भएका व्यक्तिहरू पनि मान्यजनको हातबाट आर्शीवादसहित टीका जमरा थाप्न जसरी भएपनि घर पुग्ने परम्परा अझै छ।

दशैमा विशेषगरी पुरुषहरूले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँछ । यसरी धार्मिक,सामाजिक,सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा रहेको बुझिन्छ ।

शरद् ऋतुको आश्विन महिनाको शुक्लपक्षमा पर्ने विजयादशमीको नवरात्र -बडादसैँ)को पहिलो दिन दसैंघरमा घटस्थापना गरी, घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ ।

जौ रोपण गर्न नदीबाट ल्याइएको बालुवाको वेदी बनाएर पनि जौ छरिन्छ । विभिन्न जातजातिमा धान,गहुँ मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आहृवान गरी घडामाथि थालीमा दुर्गाको प्रतिमा राखिन्छ ।

नवरात्रभरि दुर्गाका नौ स्वरूपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ।दुर्गाका नौ स्वरूपको उल्लेख गर्दै बराहपुराणमा भनिएको छ । नवदुर्गा भन्नाले शैलपुत्री,ब्रहृमचारिणी, चन्द्रघण्टा,कुष्माण्डा,स्कन्दमाता, कात्यायनी,कालरात्री,महागौरी र सिद्धिरात्रीलाई बुझिन्छ । यसको साथै ती मातृशक्तिहरूमा ब्राहृमी,माहेश्वरी, कौमारी, इन्द्रायणी,चामुण्डा,वैष्णवी, नारसिंही,ईश्वरी,लक्ष्मी रहेको उल्लेख गरिएको भेटिन्छ ।

नवरात्रका विशेष दिन महासप्तमी,महाष्टमी र महानवमीका दिन क्रमशः महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष आराधना गरिन्छ ।

यसरी मातृशक्तिको आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीको दिन आआफ्ना कुलदेवताहरूलाई अर्पण गरी प्रसादस्वरूप लगाउने गरिन्छ । अब प्रश्न उठ्छ कि दसैंमा किन प्रसाद स्वरूप जौको अङ्कुर जमरा लगाइन्छ त ? जमराको के महत्त्व छ त ?

यसरी मातृशक्तिको आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीको दिन आआफ्ना कुलदेवताहरूलाई अर्पण गरी प्रसादस्वरूप लगाउने गरिन्छ ।

जौलाई संस्कृतमा यव भनिन्छ।जौ खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थमा पर्दछ।जौलाई स्वास्थ्यको दृष्टिले औषधिको रूप गणना गरिएको छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने,यज्ञयज्ञादिमा उपयोगी,बल र प्राणलाई पुष्ट पार्ने वस्तुको रूपमा लिइएको छ।यहि कारण यज्ञयज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ ।

पुराणमा कृष्णले औषधिको रुपमा जौलाई चिनाएका छन् ।यसरी हेर्दा जौको पौष्टिक र धार्मिक महत्त्व उच्च देखिन्छ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको अधिक महत्त्व छ। आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद -क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्‍याउँछ । जमराको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाइ छ ।

चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद -क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्‍याउँछ

बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ । अमेरिकाका भूविज्ञ डा. आर्क टकसले गरेको अनुसन्धानबाट पत्ता लागेको कुरा यस्तो छ:

जौको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अङ्कुरमा पाइने तत्व लनात्मक रूपमा धेरै नै बढी छ । अमेरिकाका अन्य विशेषज्ञले पनि जमरालाई प्रयोगको रूपमा सफलता पाइरहेका छन् ।

भारतमा चिकित्सकहरूले गरेको जमराको प्रयोगबाट पेट,आन्द्रा,हाड एवं अन्य रोगहरूलाई समेत फाइदा पुर्‍याएको बताएका थिए।नेपालमा पनि जमराको प्रयोगबाट लाभ लिनेहरू नभएका होइनन्। जौ मा मानव शरीरको लागि चाहिँने अनेकौं गुणले भरिपुर्ण हुनाले अङ्कुरलाई विजयादशमीको प्रसादको रूपमा प्रयोगमा ल्याइएको हुनसक्छ ।

जौ मा मानव शरीरको लागि चाहिँने अनेकौं गुणले भरिपुर्ण हुनाले अङ्कुरलाई विजयादशमीको प्रसादको रूपमा प्रयोगमा ल्याइएको हुनसक्छ ।

जौ अथवा अनाजको जमरा बनाउन शुद्ध बिजलाई बालुवा र जौ सफा पानीले धोएर,सुर्यको प्रकाश नछिर्ने अध्याँरो ठाउँमा

जौं(यद्यपी मकै, गहुँ, धान, मकै) को बिजलाई आठ देखि दश घण्टासम्म पानीमा भिजाएपछि टपरी/ गमलाअथावा हरियो केराको पातमा बालुवा(माटो) राखेर जौ (बिज) र बालुवा(माटो) बराबर हुनेगरि मात्रा मिलाएर,हरेक दिन पानी हाल्ने र छोप्ने गर्दै उमार्नु पर्दछ।

जमरा उमार्न राख्ने दिनदेखि चण्डी पाठ गर्दै नवदुर्गाको स्तुति र भक्ति सहित नवमीको दिन नवरात्रिको पूरा आराधना सकेर दशमीमा विर्सजन गरेपछि नवदुर्गाको प्रसादको रुपमा आफू भन्दा नातामा ठुला मान्यजबाट दुइहातले अक्षता निदारमा टाँसिदिने र जमरा कानमा सिउरेर आशिर्वाद दिने प्रचलन रहि आएको छ । यो प्रचलन पहिले हिन्दु पहाडी मुलभित्र थियोे ।

अहिले हिन्दु र बौद्ध धर्मावलम्बी सहित विश्वभर फैलनेक्रममा छ ।

सीता ओझा

प्रतिक्रिया