कैलाश पर्वत रहस्यको श्रोत !

इनेप्लिज २०८० कार्तिक ८ गते ११:०२ मा प्रकाशित

कैलाश पर्वतमा रहेको मानसरोवर शंकर/ शिवको वासस्थान यो पर्वतको नजिकै रहेको छ भनिन्छ । कैलाश पर्वतको आसपासको क्षेत्र रहस्यको केन्द्र मानिन्छ।

रहस्य लगायतको धेरै विषयका बारेमा शिवपुराण,स्कन्द पुराण, मत्स्य पुराण आदिमा कैलाश खण्ड नामको छुट्टै अध्याय जोडिएको छ।त्यो अध्यायमा कैलाश पर्वत र मानसरोवर तालको ऐतिहासिक,सांस्कृतिक र धार्मिक महिमाको प्रशंसा गरिएको छ।

पौराणिक मान्यता अनुसार कैलाश नजिकै कुबेरको नगर रहेको हुनुपर्दछ । मानसरोवरबाटै गंगा विष्णुको कमलको चरणबाट निस्केको र कैलाश पर्वतको शीर्षमा झरेको मानिन्छ ।शिवले गंगामा बहने पानी मानसरोवर तालमा जम्मा गरे र पृथ्वीलोकको लागि शुद्ध पानीको धारा जस्तै गरि पानीलाई बाँडेको मानिन्छ । कैलाश पर्वतको माथि स्वर्ग र तल मृत्युलोकको परिकल्पना गरिएको छ।

कैलाश र मानसरोवरको ऐतिहासिक र सांस्कृतिक रहस्यहरू :

१,पृथ्वीको केन्द्र: पृथ्वीको एक छेउमा उत्तरी ध्रुव छ भने अर्को छेउमा दक्षिणी ध्रुव छ। हिमालय दुई ध्रुवको बीचमा कैलाश हिमालय श्रृङखला रहेको मानिएकोले कैलाश पर्वत हिमालयको केन्द्र हो।
वैज्ञानिकहरूको मत अनुसार पनि यो पृथ्वीको केन्द्र हो। कैलाश पर्वत विश्वका चार प्रमुख धर्मावलम्बीहरूको ( हिन्दू,जैन, बौद्ध र सिख धर्मावलम्बीको) आस्था र विश्वासको केन्द्र हो।

२,अलौकिक शक्तिको केन्द्र : यो भौगोलिक हिसाबले पृथ्वीको एउटा केन्द्र भनेर मान्ने हो भने यसलाई Axis Mundi भनिन्छ। Axis Mundi को अर्थ संसारको नाभि वा आकाशीय ध्रुव र भौगोलिक ध्रुवको केन्द्र मान्नु पर्दछ। यो आकाश र पृथ्वीबीचको सम्बन्धको बिन्दु मानिन्छ । यो केन्द्र या विन्दुले दश दिशाहरू भेटाउन सजिलो बनाउँछ /खोज्न मिल्छ।

रुसी वैज्ञानिकहरुका अनुसार एक्सिस मुन्डी त्यो स्थान हो जहाँ अलौकिक शक्ति प्रवाह हुन्छ र ती शक्तिहरुसँग सम्पर्क गर्न सकिने हुन्छ ।

३, पिरामिडको स्वरुपको कैलाश पर्वत : कैलाश पर्वत एक विशाल पिरामिड भएको पर्वत हो ।यो पर्वत १०० वटा साना पिरामिडहरूको केन्द्र मानिन्छ। कैलाश पर्वतको संरचना कम्पासको चार दिशा जस्तै छ र यो एकान्त स्थानमा अवस्थित छ।कैलाशपछि कैलाशको आसपास अरु ठूला पहाडहरू छैन।

४, कैलाश पर्वतको आरोहणमा निशेध : कैलाश पर्वत आरोहण निषेधित क्षेत्र हो । तिब्बती बौद्ध योगी मिलारेपाले एघारौं औं शताब्दीतिर कैलाश पर्वत चढेका थिए भनिन्छ । रुसी वैज्ञानिकहरूको यो प्रतिवेदन ‘UNspatial’ पत्रिकाको जनवरी २००४ को अंकमा प्रकाशित भएको थियो।कैलाशको आरोहण गरेका मिलारेपा स्वयम् केहि बोल्न चाहेनन्।उनले कैलाश आरोहणको कुरा किन भन्न मानेनन ? ख‍ोजीको विषय बन्यो । कैलाश आरोहि नै बोल्न नचाहेको कारण पर्वतिय क्षेत्र अझै रहस्यपुर्ण बन्यो।

५,कैलाश पर्वतको नजिक रहेका दुई रहस्यमय सरोवरहरू :

कैलाश पर्वतको वरपर दुईवटा मुख्य तालहरू छन् –

पहिलो ताल मानसरोवर विश्वभरका लागि शुद्ध पानीको सबैभन्दा अग्लो ताल मानिन्छ । कैलाश पर्वतको आकार सूर्य जस्तै तेजवान रहेको भनिन्छ।

दोस्रो ताल राक्षस नामको ताल राक्षस नामको ताल संसारको सबैभन्दा अग्लो नुन पानीको ताल मध्ये एक हो ।यसको आकार चन्द्रमा जस्तै छ। यी दुबै तालहरूले सौर्य र चन्द्र शक्तिको प्रतिनिधित्व गर्छन् । यसलाई सकारात्मक र नकारात्मक ऊर्जासँग सम्बन्धित भनेर जोडिएको छ। एउटै भुगोलका यी दुई ताल मध्ये मानसरोवर शान्त र गतिहिन छ भने राक्षस ताल चौविसै घण्टा गतिशिल तालको रुपमा प्रख्यात छ। त्यस्तै मानसरोवरलाई मुल बनाएर बग्ने ब्रम्हपुत्र,सिन्धु, सतलज नदिलाई दैविक शक्तिको रुपमा पुजा गरिन्छ भने राक्षस ताललाई मुल बनाएर निस्केको कर्णालीको पुजा कहिकतै भएको थाहा छैन ।

कैलाश पर्वतको दक्षिण दिशाबाट उत्तर हेर्दा स्वस्तिकको प्रतीक देख्न सकिन्छ। यी तालहरू कैलाश पर्वतको हिउँको कारण बनेका हुन या प्राकृतिक रूपमा सृजना भएको भन्ने रहस्य अझै खुलेको छैन ।

कैलाशको वरपर ‘ओम’ जस्तै आवाज सुनिन्छ । यसरी सुनिएको आवाज हिउँ पग्लिएर हो या अन्य थाहा छैन तर वैज्ञानिकहरुले हिउँ पग्लदाँ आएको आवाज भन्ने अनुमान गरेकाछन् ।प्रकाश र ध्वनीको संयोजन हुँदा ‘ओम’ शब्दको आवाज सुनिएको पनि हुनसक्छ ।
६,नदीहरुको उत्पत्तिको केन्द्र :चारवटा नदीहरू कैलाश पर्वतको चार दिशाबाट उत्पत्ति भएका छन् । ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली प्रमुख नदि हुन भने गंगा, सरस्वती र चीनका अन्य नदीहरू पनि यिनै नदीहरूबाट निस्केका हुन् । कैलाशको चारै दिशामा विभिन्न जनावरका मुखहरू देख्न सकिन्छ ।तीनै मुखबाट नदीहरू उत्पत्ति भएको मानिएको छ ।

पूर्वमा घोडाको मुख,
पश्चिममा हात्तीको मुख,
उत्तरमा सिंहको मुख,
दक्षिणमा मयूरको मुख छ।

७,कैलाशमा सद्गुणीको बास : कैलाशको वातावरणमा शान्त छ ।कैलाश जप,तप र सद्गुण आत्माले एकान्त वास गर्ने स्थान भन्दा फरक पर्दैन ।कैलाश वरपरको वातावरणको अध्ययन गरेका रुसी वैज्ञानिकहरूले तिब्बतका मन्दिरहरूका धर्मगुरुहरूलाई भेट्दा उनीहरूले कैलाश पर्वतको वरिपरि अलौकिक शक्तिको प्रवाह रहेको बताए।त्यहा आज पनि साधुहरूले आध्यात्मिक गुरुहरूसँग टेलिपाथिक सम्पर्क राख्छन् भन्नेछ ।

९,यति मानवको रहस्य :यति मानव हिमालयमा बस्छन् भनिएको छ। कतिपयले यतीलाई खैरो भालु भन्ने गर्दा रहेछन भने कसैले जंगली मानिस र कसैले स्नोम्यान पनि भन्दा रहेछन् ।यतीले मानिसलाई मार्छ र खान्छ भन्ने जनविश्वास छ । केही वैज्ञानिकहरूले यतीलाई निएन्डरथल मानव मानेको पनि सुनिन्छ । विश्वभरका तीस भन्दा बढी वैज्ञानिकले हिमालयको हिमक्षेत्रमा हिममानव रहेको दाबी गरेका छन्।

१०,कस्तुरी मृगको अस्तित्व :संसारको दुर्लभ मृग कस्तुरी मृग हो। यो मृग उत्तरी पाकिस्तान,उत्तर भारत,चीन,तिब्बत, साइबेरिया र मंगोलियामा मात्र पाइन्छ। यो मृगको कस्तुरी धेरै सुगन्धित र औषधीय गुणहरू भरिएको हुन्छ भनिन्छ। यस्तो बहुमुल्य कस्तुरी मृगको शरीरको पछाडिको भागमा रहेको ग्रन्थीमा पदार्थको रूप पाइन्छ।कस्तुरी मृगको कस्तुरी संसारको सबैभन्दा महँगो पशु उत्पादन मध्ये एक मानिन्छ ।

११,डमरु र ओमको आवाज :शिवको हातमा बज्ने डमरुको आवाज अहिले पनि कैलाश पर्वत वा मानसरोवर ताल रहेको क्षेत्रमा निरन्तर सुनेको भान हुन्छ । हतारमा सुन्दा हवाइजहाज उडिरहेको जस्तो लागे पनि ध्यान पुर्वक सुन्दा ‘डमरु’ वा ‘ओम’ जस्तै सुनिन्छ । यस्तो आवाज किन ? भनेर रहस्य अध्ययन गर्दा हिउँ पग्लिएको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।अर्को तथ्य प्रकाश र ध्वनीको संयोजन नै ‘ओम’ को आवाज हो ! भन्ने पनि छ । छुट्टाउन सकेका छैनन् ।

१२,आकाशमा बत्ति चमक : कैलाश हिमालमा धेरै पटक सात प्रकारका बत्तिहरू चम्केको दाबी गरिएको छ । नासाका वैज्ञानिकहरूले यहाँको चुम्बकीय शक्तिका कारण यस्तो भएको हुनसक्ने अनुमान गरेका छन् । यहाँको चुम्बकीय बलले आकाशसँग मिलाएर धेरै पटक यस्ता चीजहरू बनाउन सक्छ। कैलाशका विविधताले मानव जीवनको वास्तविकतालाई अझै रहस्यमय बनाएको छ। सकिन्छ भने मानव जीवनको सक्रियता हुँदै कैलाश र मानसरोवरको यात्रा गरौं ।

सीता ओझा
२०८०/०७/०७

प्रतिक्रिया