रावण नायक या खलनायक !

इनेप्लिज २०८० कार्तिक ७ गते ११:०८ मा प्रकाशित

लंकाको राजा रावण रामायणको प्रमुख पात्र हो। रामको चौध वर्षको वनवासको समयमा रावणकी बहिनी सुपर्णखाले लक्ष्मणसँग विवाहको प्रस्ताव बारम्बार राखिन । लक्ष्मणले हुन्न भन्दा भन्दै सुपर्णखाले लक्ष्मण सँग जवर्जस्ती विवाह गर्नखोजे पछि लक्ष्मणले सुपर्णखाको नाक काटेर कुरुप बनाई दिए । बहिनीको नाक काटेर कुरुप बनाएको सहन नसकेेर रावण सीता हरण गर्न पुग्यो ।सीताको हरणबाट आक्रोशित रामले सीताको रक्षाको लागि रामसँग युद्ध गर्नै पर्ने अवस्था सृजना भयो । राम र रावण विचको लडाइँमा अनेकौं बाँदरसेनाको सहयोग सँगसँगै रावणको भाइ विभिषणको पनि सहयोग रह्यो ।

रावणको ज्ञानको क्षेत्र फराकिलो भएको कारण दश टाउको थियोे भनी कल्पना गरिएको छ ।यो कल्पनाभित्रको महत्त्वपूर्ण विषय रावणको ज्ञान,साधना र तपको व्यापकताको गहिराई जोडिएको देखिन्छ । त्यहि कारण रावणको नाम दशानन (दश = दश + अनन = मुख) राखिएको हो भन्न सकिन्छ ।

कुनै पनि कामका लागि नायकसँगै बलियो खलनायक पनि हुनु पर्दछ। रामायणको खलनायक भएर पनि रावणमा धेरै गुण भएको खलनायक हो । यस्तो हुनुमा ब्राह्मण महर्षि पुलस्त्य ऋषिको नाति र विश्वका पुत्र रावण शिवको परमभक्त,प्रखर राजनीतिज्ञ, पराक्रमी योद्धा, शास्त्रास्त्रको गहिरो ज्ञान, विज्ञता र साधना शक्ति भएको विद्वान मानिन्छ ।

रावणको शासनकालमा लंकाको महिमाको सीमा सर्वत्र फैलिएको थियोे । स्वर्ण लंकाको चर्चासँग मठ मन्दिर,भवन र रावणको दरवार मात्रै होइन पुरै लंकानै सुनौलो र चाँदीले कुँदेर बनाए उल्लेख छ।त्यो समयको रावणको लंकालाई स्वर्ण लंका वा सुनको शहर पनि भनिन्थ्यो ।

रावणको विवाह दुई कन्यासँग भएको थियो भनिएको छ। त्यस मध्ये एक मुक्तिक्षेत्रसँग जोडिएको भुगोलकी थकाली कन्या मन्दोदरीसँग भएको भन्ने छ । यस्तै अर्की कन्या राजस्थानको जोधापुरकी राजाकी पुत्री पनि भनिन्छ । राजस्थानमा रावणको चावरी अहिलेसम्म भएको मानेर पुजा गर्ने प्रचलन भएको भेटिन्छ ।

रावणको आमापट्टी पाँच दाजुभाइ भएको मानिन्छ ।
१,रावण
२,कुम्भकर्ण,
३,अहिरावण
४,महिरावण
५,विभिषण ।

यिनीहरूमध्ये अहिरावण र महिरावण जुम्ल्याहा दाजुभाइ थिए भनिन्छ ।

रावण राम,हनुमान र लक्ष्मणको हातबाट धेरै पटक पराजित भएका मानिन्छ । राम र रावण युद्धको समयमा सातौं र आठौं युद्ध गर्दा गर्दै सूर्यास्त भएको कारण रावणले जीवन पाएको कथा पनि छ ।

रावणको जीवन संघर्षपुर्ण देखिन्छ ।रावणलाई धेरै पटक साना साना डाँकुहरूको समूहले परास्त गरेको कथा पढ्न पाइन्छ । अंगदले एक्लै रावणको युद्ध गर्न जाँदै गरेको समूहलाई आफ्नो पुच्छरमा बाँधेको कथा पनि छ ।

रावणको उदय

लंकाको प्राचीन तमिल बन्दरगाह त्रिन्कोमालीमा रावणको पुतला अझै छ भनिन्छ ।

पद्मपुराण,श्रीमद्भागवत पुराण , कूर्मपुराण,रामायण,महाभारत, आनन्द रामायण,दशावतारचरिता आदि ग्रन्थहरूमा रावणको प्रसस्तै उल्लेख गरिएको भेटिन्छ। रावणको उत्थानको बारेमा विभिन्न ग्रन्थहरूमा विभिन्न प्रकारले उल्लेख गरेको कारण पनि रावण प्रभावशाली शासक थियोे भन्ने प्रमाणित हुन्छ ।

पद्म पुराण र श्रीमदभागवत पुराणका अनुसार हिरण्यक्ष र हिरण्यकश्यपु दोस्रो जन्ममा रावण र कुम्भकर्णको रूपमा जन्मेका हुन भन्ने कुरा उल्लेख छ ।

वाल्मीकि रामायणका अनुसार रावण पुलस्त्य मुनिका नाति अर्थात् उनका पुत्र विश्वका छोरा थिए। विश्रवका तीन पत्‍नीहरू थिए ।उनीहरूको नाम वारवर्णीनी,राका र कैकसी थियो। वरवर्णिनीबाट कुबेरको जन्म, कैकसीबाट रावण,कुम्भकर्ण र विभिषण र एक कन्या जन्मिको मानिन्छ। ती कन्याको नाम शूर्पणखा र राकाबाट अहिरावण र महिरावण नामका जुम्ल्याहा छोराहरू जन्मिएका थिए भनिन्छ ।

रावण स्वयमको जन्मको विषय पनि नेपालको म्याग्दी जिल्लामा भएको थियोे भन्ने कत‌ कतै सुनिन्छ ।

रावणको विवाह राक्षसका छोरीहरूसँग पनि भएको मानिन्छ ।तर नाम उल्लेख गरेका दुई पत्नी मन्दोदरी र दम्यमालिनीको मात्रै भेटिन्छ । मन्दोदरीको तर्फबाट मेघनाद र अक्षयकुमार नामका दुई छोरा जन्मिएको र दम्यमालिनीबाट अतिकाय,त्रिशरा,नरान्तक र देवन्तक नामका चार छोरा जन्मिएको भनिएको छ। यिनीहरू मध्ये अक्षयकुमार, त्रिशारा र नरन्तकलाई शिवको अवतार धारण गरेर हनुमानले मारेको भनिन्छ । लक्ष्मणद्वारा मेघनाद र अतिकायको हत्या भएको थियो भनिएको छ । देवन्तकलाई इन्द्र र रिक्षराजका नाति बाँदर राजा बालीको छोरा अंगदले मारेको भनिएको छ ।

शिवभक्तिमा लिन भएको रावणले एक दिन भक्ति र शक्तिको सहारामा महादेवलाई कैलाश पर्वतसहित लंका लैजान खोज्यो । कैलाश पर्वतलाई हातमा उठाउने बित्तिकै देवी सती कैलाशबाट चिप्लिइन र चर्को स्वरमा , ” पख पख ! भन्दै कराइन् ! “

सतीको पख पख भन्ने आवाजले शिवका नन्दीभिरङ्गीले महादेवलाई सोधे, ” भगवान् !यो कैलाश किन हल्लिरहेको छ ? देवी सतीको स्वरमा किन त्रास देखियो ?”
नन्दीभिरङ्गीको उत्तर दिँदै महादेवले भने,
“रावणले हामीलाई लंका लैजान खोजिरहेको छ ।”

रावणले महादेवसहित कैलाश पर्वतलाई एक पटक उचालिसकेको थियोे ।यसरी कैलाश नै उचाल्न सकेको कुरा रावण आफू शक्तिशाली भएको भान भयो र गर्व गर्यो ।

कैलाशको साथमा महादेवलाई पनि उचालेर लैजान सक्ने आफ्नो क्षमता विकास भएको देखेर रावणमा घमण्ड जन्मियो । त्यो घमण्ड र अहँकारले आफुले चाहे असम्भव केही नभएको महसुस गर्यो ।

कैलाश सहित शिवलाई उठाउने र लंका लैजाने रावणको प्रयास जारी नै थियोे । दोस्रोपटकको प्रयासले देवी सती पुनःचिप्लिइन् । दोस्रोपटक पनि चिपिल्लिएपछि सतीले रिसाउँदै रावणलाई श्राप दिइन्।

“हे अहंकारी रावण,तेरो स्वभाव राक्षसको जस्तो भएको कारण आजदेखि राक्षसहरूमा गनिने छस् ! तँ मा अहंकार बढेको छ । त्यो अहँकार तेरो कुल नासिन्छ ।”रावणले सतीको श्रापलाई अवज्ञा गर्दै पुनः उचाल्न खोज्यो ।त्यो थाहा पाएर शिवले आफ्नो तौल विस्तारै बढाउन थाले । शिवले विस्तारै तौल बढाएको कारण उचालिएको कैलाश पर्वत भुइँमा राख्न रावण बाध्य भयो । कैलाश पर्वत गह्रौं हुँदै गएको कारण पर्वतले रावणको एउटा हात थिचीयो।हात थिचिएको कारण रावण चिच्यायो ।त्यो चित्कार स्वर्गसम्म सुनियो । हात थिचिएर चिच्याए सगै बेहोस भएको रावण शिवको सुन्दर स्वरको स्तुति,
“जातत्विगल्जलजलप्रवाहपवित्स्थले गले’वलम्बय लम्वितं भुजंगतुङ्गमलिकम्… !” सुनेर होसमा आयो ।

बेहोस भएको आफ्नु शिष्य होस आएको,शिष्यले नचाहिँदो हर्कत देखाएको कारण शिव थोरै खुसी र धेरै रिसाएका थिए । तरपनि शिवले नाच्ने इच्छा राखे । शिवको नाच्ने चाहाना पूरा गर्न रावणले आफैले रचना, सङ्गीत गरेको गीत आफ्नै स्वरमा गीत गाएको,शिवले रिसाएको मुद्रामा नाचेको उल्लेख छ । शिवको रिसाहा मुद्रामा गरेको नृत्यको नाम नै ताण्डव नृत्य रहन गयो भन्ने छ।

रावणको गीत र आफ्नो नृत्यले शिव प्रसन्‍न भए र रावणलाई चन्द्रहास नामक तरवार दिए । त्यो तरवार जसको हातमा हुन्थ्यो ।त्यो हतियार भएको जो कोहीलाई युद्धमा कसैले पनि हराउन नसक्ने क्षमता थियोे ।

सतीको श्रापपछि रावण दानव वर्गमा पर्यो । दानवहरूको संगतले रावणमा घमण्ड र अत्याच गर्न थाल्यो ।सतीको श्राप पाउँनु अघि ( ब्रम्हत्व प्राप्त गरेको ) ब्राह्मणको वर्ग भएको रावण सात्विक भएर तपस्या गर्थो ।सात्विक रावण एकाएक तामसिक प्रवृत्तिमा प्रवेश गरेको कारण अहँकार, घमण्ड बढ्यो र पतन भएको मानिन्छ ।

रावणको नाम चपेर अरू राक्षस गणले धेरै फाइदा लिए ।दानवहरूले रावणको नामबाट अनेकौं नामका कर उठाउन थाले । राक्षसहरूले ज्ञान,जप,ध्यान र तपसँग ज‍ोडिएका सिद्ध,सन्त, मुनिहरुको अपमान गर्न थाल्यो । देवहरू विरुद्ध घृणा र द्वेष प्रकट गर्ने,राक्षसहरूले गाईको अपमान गर्ने,काट्ने आदि कार्यले समाजमा अशान्ति र त्रास उत्पन्न भयो । यस्तो कार्यले ऋषिमुनी,ब्राह्मण र सन्त रिसाए । दानवजातीको यस्तो कार्यको विरुद्धमा रावणले देव रुप धारण गरेर देव,सन्त र ब्राह्मणहरूलाई सहायता गरेको र दानवहरूलाई हाराएको पनि भेटिन्छ ।

राक्षसहरूले जताततै आतंक र काटमार गर्न थालेकै समयमा रावणले शिवको भक्तिबाट अपराजयको तरवार ( हतियार ) पायो ।त्यो हतियारको सहाराले रावणले पनि दानव समुहको सहयोग गर्न थाल्यो । दानव समुहको हित मात्रै होइन वरदान दिने शिवको नै अन्त्य गर्ने मनसाय राखेको विषय पनि पढ्न पाईन्छ । रावणले गरेको संघर्ष, साधनम,ध्यान,ज्ञानको प्राप्तिको महत्त्व नबुझ्दा घमण्ड र अहँकार बढ्दा आफ्नो मात्रै होइन कुल नै नासिएको यो कथाले मानिसले आफ्नो ज्ञानको पहिचान र स्थान,मानको अवस्थाको हेक्का राख्न सक्नुपर्ने ,प्राप्त ज्ञान र शिवको उचित प्रयोग मात्रै गर्नुपर्ने ,घमण्ड र अहँकारले वैभव नै समाप्त हुनसक्ने,कुल परम्परा र भातृत्वभित्रको एकता र सम्वृद्धिको विषयमा सबैको चासो र चिन्ता हुनुपर्ने,यस्तो नहुँदा रावणलाई आफ्नै भाइ विभिषणले साथ छोडेको घटना जस्तो परिस्थिति ब्यहोर्नु पर्ने जस्ता सयौं सन्देश मुलक बिम्बले प्रकृति र पर्यावरणको मानवजातीसँगको सम्बन्ध विश्वका मानवजातीमा एकता,भातृत्व र सद्भाव कायम गर्न खोजेको देखिन्छ ।

घर,परिवार,समाज र राज्यले राज्य सञ्चालन गर्ने नायक भन्दा खलनायक शक्तिशाली भयो भने पनि अशान्ति ब्यहोर्नु पर्छ । यस्तो परिस्थितिमा नायकको कौशलता र कुटनीतिले व्यवस्थापन गर्न सक्नुपर्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ । विजया दशमीका अनेकौं चर्चा र प्रसङ्गहरू छन् । ती प्रसङ्गहरू मध्ये रावण पनि जोडिएको भेटिन्छ तर रावणलाई खलनायक र रामलाई नायक बनाएर प्रस्तुत गरिएको प्रसङ्ग चाहिँ घरपरिवार ,समाज र राज्य सञ्चालनको सन्दर्भमा निकै सान्दर्भिक कथा छ ।

सीता ओझा
२०८०/०७/६

प्रतिक्रिया