दशैंमा मात्र किन बखेडा ? के एनआरएन नेपाली नेताका हली हुन् त ?

इनेप्लिज २०८० कार्तिक ७ गते ०:०९ मा प्रकाशित

अनिलभक्त खरेल । निरन्तर केही वर्षदेखि प्रत्येक वर्ष दशैं तिहार र हरेक २ वर्षमा एनआएन सम्मेलनको नाममा विदेशमा बस्ने नेपालीहरु बिच मतभेद रहिरहेको पाइन्छ । लामो समयदेखि कलम नचलाई रहेको अवस्थामा यसमा आफुलाई अछुतो राख्न मन लागेन । त्यसैले आज बडा दशैं र एनआएनको सम्मेलनको बारेमा लेख्ने जमर्को गरेको छु ।

के हो त दशैँ ? किन बखेडा ?

आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म भनौं दश दिनसम्म निरन्तर रुपले चल्ने हुदा यस चाडलाई दशैं भनी नामाकरण गरिएको हो । यस चाडका मुख्य नायिका महामाया भगवती दुर्गा रहेको र दुर्गामाताले दुष्टताको प्रतीकका रुपमा रहेको दानवराज महिषासुरको बध गरेकी हुनाले यो चाड देव दानव अर्थात् अन्धकारमाथि प्रकाशको विजयको सुखद अवसरका रुपमा मनाइदै आइरहेका छौं ।

दशैं चाडको पहिलो दिन सम्पन्न गरिने दुई कुरो महत्वको मानिन्छ । यी दुई कुरा मध्ये एउटा जमरा राख्ने र अर्को घट कलशको स्थापना । जमरा राख्ने भन्दा कुनै एक पावनतम नदीबाट बालुवा ल्याई त्यस बालुवामा जौ छरेर जमरा राख्ने कार्यलाई लिइन्छ । जौलाई वैदिक यज्ञको अत्यावश्यक वस्तु भनी मानिन्छ । जसलाई अज भनिन्छ । सातवर्ष पुरानो जौलाई अज भनिन्छ । मांसभक्षक याज्ञिक ब्राम्हणहरुले अज शब्दलाई जौको अर्थमा प्रयोग नगरी बोका भनी मानेर यज्ञमा पशुबली दिने कार्य थालेका थिए । घट भन्नाले हाम्रो धर्म संस्कृति अनुसार कलशमै सम्पुर्ण देवी देवता, सप्त सागर, सप्त, दीप, सम्पुर्ण नदि एवं तीर्थहरु निहित छन् ।

लामो समयदेखि कलम नचलाई रहेको अवस्थामा यसमा आफुलाई अछुतो राख्न मन लागेन । त्यसैले आज बडा दशैं र एनआएनको सम्मेलनको बारेमा लेख्ने जमर्को गरेको छु ।

दशैंको पहिलो दिनको अनन्तर सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको अत्यधिक महत्व रहेको छ । सप्तमीको दिन दशैंको लागि पुजा सामग्री स्वरुप फुलपाती प्रवेश गराउने कार्य हुन्छ । अष्टमीको दिन पुजाकार्य सिध्याईसकेपछि कालरात्री मनाईन्छ । अष्टमी र नवमीको दिन खड्ग आदि विविध प्रकारका हतियारहरुबाट दुष्टहरुको संहार गरिसकेपछि नाचगान साथ विजयोत्सव मनाउँदै कुलमा आफुभन्दा ठुला बडाको हातबाट पहिले रोपेको जुन जमारा देवीको प्रसादको रुपमा लगाई मनाईन्छ । दशमीको दिन सुरु भएको टीका पुर्णिमाको दिनसम्म लगाई मनाईन्छ । यही नै हो दशैंको छोटकरी तरिका ।

विगत २, ४ वर्षदेखि विदेशमा टीका लगाउने दिनको बारेमा मत विभाजन हुदै आइरहेको छ । कोही नेपालीहरु नेपालको महान चाड नेपालमा नमनााई किन मनाउने भन्दै आईरहेका छन् भने कोही बिना साईतको टीका लगाउन नहुने भन्नेमा बहश गरिरहेको छन् । त्यसमा पनि अमेरिका र क्यानाडमा बढी असहमति बढ्दै छ। यही असहमतिका बाबजुद अमेरिकामा केही नेपालीहरुले २३ तरिख सोमवार टीका लगाए भने अधिकांशले २४ तारिख मंगलबार लगाउँदै छन ।

पहिला यो बडा दशैं चैत्र प्रतिपदादेखि दशमीसम्म मनाउने गरिन्थ्यो । दशेंमा आफन्तहरु बसेर रमाइैलो गर्ने, मीठो खाने, माछा, मासु खाएर मनाउने गरेकोमा गर्मीमा खाना अपच भएर हैजा लागेर धेरैले ज्यान गुमाएका हुनाले सबैको सहमतिमा यो चाडलाई आश्विन महिनामा सारिएको हो । जस्को प्रमाणको रुपमा अहिले पनि मनाउँदै गरेको चैते दशैं छँदैछ ।

अमेरिकाका केही पण्डित भनाउँदाहरु जहिले पनि दशैं र तिहारको टीका लगाउने दिनको बारेमा मात्रै किन बखेडा निकाल्दै छन् ? त्यस्ता बखेडा निकाल्नेहरुलाई अरु तिथि किन १ दिन अगाडी आउँदैन ? घटस्थापना १ दिन अगाडी किन आएन ? जनै पुर्णिमा १ दिन अगाडी किन आएन ? खाली दशैं र तिहार मात्र निशानामा किन ? उनीहरुका सपरिवार संगै होलान् उनीहरुले लगाए भैगो नि तिथि हेरेर । परिवारसंग छुट्टिएर बसेकाहरुले आफुहरु नेपालमा आफुभन्दा ठुलाले नलागाई लगाउँदैनौ भन्दा भन्दै पनि किन दिनको १० पटक एकै किसिमको स्टाटस लेखेर बखेडा गर्नु पर्यो ?

अमेरिकाका केही पण्डित भनाउँदाहरु जहिले पनि दशैं र तिहारको टीका लगाउने दिनको बारेमा मात्रै किन बखेडा निकाल्दै छन् ? त्यस्ता बखेडा निकाल्नेहरुलाई अरु तिथि किन १ दिन अगाडी आउँदैन ?

यस्तै हो भने अब हरेक वर्ष अक्टोबरको दोस्रो शनिवार र आईतवार दशैं तथा नोभेम्वरको दोस्रो शनिवार र आईतवार तिहार भनाए भैगो नि । दशैं तिहार भनेको पारिवारिक मेला पनि हो । विदेशमा बसेका धेरैजसो कामदार तथा स्कुल जाने विद्यार्थीहरुको शनिवार र आईतावार छुट्टी हुने हुँदा पारिवारिक रमाईलो पनि हुन्छ । दशैंको बारेमा बखेडा गरिरहनु नै परेन । नेपालमा बस्नेहरुले बिदेसिएका नेपालीहरुलाई गाली गरिहेको अवस्थामा कमसेकम विदेशमा बस्नेहरुले एकबद्दताको सन्देश त दिऔं । खै क्रिसमस, मुसलमानको चाडपर्वमा बखेडा गरेको पाईदैन त ? सक्छौं नेपालमा जुन दिन मनाइन्छ त्यही दिन मनाऔं सकिदैन भने आप्mनो खुशीले जुन दिन पाएक पर्छ त्यही दिन मनाऔं १ महिना अगाडि देखि तीजको दर खाए जस्तै ।

अब जाऔं एनआरएन तिर

पदबिना भोक, प्यास, निन्द्रा समेत नलाग्ने केही नेपालीहरु विदेशमा पहिलो पाइला टेक्ने बित्तिकै संघ संगठन खोल्नतिर लाग्छन् । २।३ घर नै किन नहोस् उनीहरु एउटा न एउटा नाम दिएर संस्था खोलीहाल्छन् । जातीको नाममा, भाषीको नाममा, जिल्लाबासीको नाममा, पार्टी विचारधारको नाममा मात्रै हैन कि पछिल्लो समयमा त एउटै थरको नाममा समेत संस्था खोलिन थालेका छन् तर बिडम्वना सबै नेपाली अटाउने संगठन अझसम्म खोलीएका छैनन् ।

२० वर्ष अगाडि स्थापना भएको एनआरएन चाँही विगतमा हो कि जस्तो थियो तर अहिले आएर त्यो पनि भ्रम रहेछ । राजनीतिक आस्था भएकाहरुले एनआरएनभित्र उनीहरुकै राजनीतिक आस्था लाद्न खाजेपछि आम गैर आावासीय नेपालीहरुमा वितृष्णा जाग्दैछ । यसरी राजनीतिक आस्था भएकाहरुले उनीहरुकै राजनीतिक आस्था लाद्न खोजेपछि के फरक रह्यो र कांग्रसको जनसम्पर्क समिति, कम्युनिष्टको प्रवासी नेपाली मञ्च तथा एनआरएनमा ? विदेशमा आएको लामो समय भएपनि नेपालको राजनीतिक नशाबाट नउत्रिएकाहरुले आफ्नो श्रमलाई ढाकछोप गर्दै नेपालमा झैं आफुलाई संचारकर्मी, पत्रकार, कलाकार, साहित्यकार, पार्टीको पदाधिकारी सम्झिएर एनआरएनमा सक्रिय भएपछि एनआरएन यस्तो अवस्थामा आएको हो भन्दा अत्युक्ति नहोला की ?

यसरी राजनीतिक पार्टीका झुण्डहरु बसेर राजनीतिक गर्ने थलो बनाएपछि एनआरएनप्रति सबैको बितृष्णा जाग्नु त स्वभाविकनै हो । त्यही तत्वहरुले एनआरएनलाई कतै मागीखाने भाँडो त बनाइरहेका छैनन् ? हो यसरी नै आफ्नो हैशियत र क्षमता भुलेर हावा तालमा नेपालका राजनीतिक पार्टीका पछाडि लागेर सपनाको महल बनाउन तल्लिन एनआरएन प्रति विदेशमा बस्ने आम नेपालीहरुको खास चासो छैन । ९० लाखको हाराहारीमा विदेशिएका नेपालीहरुमध्ये १५ र २० हजारले मात्र सदस्य बन्नुले एनआरएनप्रति बितृष्ण जागेको पुष्टि गर्दछ ।

यसरी राजनीतिक पार्टीका झुण्डहरु बसेर राजनीतिक गर्ने थलो बनाएपछि एनआरएनप्रति सबैको बितृष्णा जाग्नु त स्वभाविकनै हो । त्यही तत्वहरुले एनआरएनलाई कतै मागीखाने भाँडो त बनाइरहेका छैनन् ?

एनआरएनप्रति विदेशमा बस्ने नेपालीहरुको मात्र हैन कि नेपालमा रहेका नेपालीहरु र नेपाल सरकारले पनि त्यति चासो र महत्व दिएका छैनन् । जस्को पुष्टि समेत भैसकेको छ केहीदिन अगाडि नेपालमा भएको एनआरएनको सम्मेलनाले । हैनभने अहिले कुनै पनि हैसियतमा नरहेकी रामकुमारी झाक्रीजस्तो मान्छेले एनआरएनको सम्मेलन मार्फत विदेशमा बस्ने सम्पुर्ण नेपालीहरुमाथि आप्mनो कुण्ठा र आक्रोश पोख्दै सम्पुर्ण विदेशसिएका नेपालीहरुलाई एकैकिसिमको नजरले हेर्दै उनीहरुको हुर्मत लिने थिइनन् ।

यदि विदेशमा भएकाहरुमा सम्पुर्ण नेपाली त्यसमा पनि एनआरएनका नेतृत्वमा अलिकति पनि नैतिकता छ भने आजका मितिदेखि विदेशमा आएका कोहीपनि नेपाली राजनीतिक नेताहरुलाई जी हजुरी गर्दै चाकडी गर्दै, घरमा लगेर ख्वाउने, मञ्च दिने कार्य बन्द गरौं । नगरे तिनीहरु नेताका दास र हलीमा दर्ज हुनेछन् ।

के एनआरएन नेपाली नेताका हली हुन् त ?

नवदुर्गा भवानीले विदेशिएका नेपालीहरुलाई नेताको चाकडी चाप्लुसी गर्ने हलीया प्रवृत्ति परास्त गरोस् ।

सबैलाई दशेंको शुभकामना । अस्तु । अमेरिका, भर्जिनिया

प्रतिक्रिया