अमेरिकामा एक यात्रुद्वारा अलास्का बिमान सेवाको उडानलाई नियन्त्रणमा लिने प्रयास गरेको सिएनएनले जनाएको छ । के उद्धेश्यले कब्जा गर्ने प्रयास गरे र ठूलो सङ्कटबाट बचेको छ ।
यात्रुले अलास्का एयरलाइन्स(बिमानसेवा)को उडानलाई नियन्त्रणमा लिने प्रयास गरेको सामाचारमा उल्लेख गरिएको छ ।
बिमानचालकहरु बस्ने स्थान (ककपिट) भित्र अलास्का बिमानसेवाका यात्रुले आइतवार सियाटल विमानस्थलबाट सन फ्रान्सिस्को जाँदै गरेको विमानको नियन्त्रण कब्जा गर्ने प्रयास गरेको बिमान सेवाले बताएको छ ।
एक बिमानचालक (पाइलट)ले वायु यातायात नियन्त्रक (एयर ट्राफिक कन्ट्रोलर)लाई उडान २०५९ को ककपिटमा सवार एक व्यक्तिले उडानमा विमानको यन्त्र (इन्जिन )बन्द गर्ने प्रयास गरेको बताए ।
यात्रुको नाम खुलाइएको छैन। पोर्टल्याण्ड बिमानस्थल भन्सार विभागले पक्राउ गरेको छ ।
विमान सियाटल पेन फिल्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो र “विश्वसनीय सुरक्षा खतरा” को कारणले पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थल तर्फ लागिएको थियो ।
हामीले ककपिटबाट यन्त्र (इन्जिन)हरू बन्द गर्न खोज्ने व्यक्ति पाएका छौं, र उ अहिले पछाडि कुनै समस्या उत्पन्न गरिरहेको जस्तो लाग्दैन भनि बिमानचालकले सूचना दिएका थिए ।
यो उडान अलास्का बिमानसेवाको स्वामित्वमा रहेको क्षेत्रीय वाहक होराइजन बिमानसेवाले सञ्चालन गरेको थियो। घटना बारेमा प्रहरी अधिकारीहरुले गरि रहेका छन् अ
प्रतिक्रिया