इजरायलले गाजामा रातभरि गरेको आक्रमणमा ४३६ जनाको मृत्यु ,बमबारीमा कूल १५,००० भन्दा बढी मानिस घाइते

इनेप्लिज २०८० कार्तिक ६ गते १२:३६ मा प्रकाशित

इजरायलले गाजामा रातभरि गरेको आक्रमणमा ४३६ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हमलामा १८२ बालबालिकासहित ४३६ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ।

मारिने अधिकांश गाजाको दक्षिणी भाग मन्त्रालयले बताएको छ ।

युद्ध सुरु भएयता कुल मृत्यु हुनेको संख्या ५,०८७ पुगेको छ, जसमा २,०५५ बालबालिका र १,११९ महिला छन्, मन्त्रालयले जनाएको छ।

बमबारीमा १५,००० भन्दा बढी मानिस घाइते भएका छन् भनि सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया