अमेरिकी तल्लो सदनमा सभामुखबिहिन अमेरिकी संसद तेश्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकी प्रतिनिधि सभामा बहुमत रहेको रिपब्लिकनमा अनिश्चितता छाएको छ भने भद्रगोलको अवस्था रहेको छ ।
अमेरिकी इतिहासमा रिपब्लिकन दलले आफ्नै दलका सभामुखमा लज्जाजनक रुपमा हटाए पछि पछिल्लो समयमा दुई जना सभामुखका उम्मेद्वारहरु मैदानमा उत्रिए तर २१७ मत प्राप्त गर्न नसके पछि उनीहरुले मैदान छोडेका छन् । यसै बीच राष्ट्रपति जो बाइडेनले इजरायल तथा युक्रेनलाई दिने ठूलो आर्थिक सहयोग रोकिएको छ ।
बाइडेनले ठूलो चुनौतिको सामना गर्नु परेको छ भने सभामुखको चयन नभै बैठक नहुने हुँदा काम पुरै बन्द रहन पुगेको छ । अब ९ जना सभामुखको प्रतिस्पर्द्धामा रहेका छन् ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक सांसद जिम जोर्डनले गत शुक्रबार दौडबाट बाहिरिने घोषणा गरे पछि नयाँ सभामुखको व्यापक खोजी भै रहेको र त्यसै सिलसिलामा ९ जनाले अभिरुचि देखाएका छन् ।
यस महिनाको सुरुमा हाउस रिपब्लिकनले रिपब्लिकन केभिन म्याकार्थीलाई हटाएदेखि तल्लो सदन सभामुख बिहिन छ। हाल सदनले बाइडेन बिरुद्ध महाभियोग, वित्तीय समस्या, सरकार बन्द जस्ता महत्वपूर्ण मुद्धाहरुको सामना गर्नु परेको छ ।
करिब तीन साताअघि सभामुख केभिन म्याकार्थीलाई अपदस्थ गरेर सुरु भएको विद्रोहले अहिले प्रतिनिधि सभाका जीओपी(रिपब्लिकन )का तीन शक्तिशाली व्यक्तित्वहरूलाई कमजोर बनाएको छ। यो पछिल्लो परिस्थितिले रिपब्लिकन दललाई कमजोर बनाएको छ । एउटा सभामुख जस्तो नभइ नहुने पदमा विवाद र चिरा परेको कारण आज सम्म सभामुख चयन गर्न नसकिएको अवस्थामा भुमरीमा फसेका छन ।
प्रतिक्रिया