नवरात्रको नवौँ दिन अर्थात् महानवमी नेपालमा धुमधामसँग मनाइदै छ । त्यस्तै अमेरिकामा नवरात्रको नवौ दिन अब सुरु हुनेछ । अमेरिकामा मन्दिरहरु नेपाल जस्तो बिहानै नखुल्ने हुनाले यहाँ मन्दिर ७ या ८ बजे पछि मात्र खुल्ने हुनाले खुले पछि मात्र दर्शनको लागी जाने गरिन्छ ।
साथै अमेरिकाका धेरै स्थानमा अत्यन्तै चिसो प्रारम्भ भएकोले अलिक उज्यालो भए पनि चहल पहल सुरु हुनेछ । तर आफ्नै घरमा राखिएका जमरा र देवी स्थापना गरिएका स्थानमा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नेपालमा टीका प्रसाद ग्रहण साइत मंगलबार बिहान ११ : ०२ बजे परेको छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष कात्तिक ७ गते मङ्गलबार विजयादशमी परेको छ ।
घटस्थापना गरिएको स्थलमै नवौँ सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइएको छ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइएको छ।
दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिएको छ।
पशुबलि नदिने र शाकाहारीहरुले भने कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि चढाई महानवमी मनाइरहेका छन्।
हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुला भएको छ। मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ।
साथै अमेरिकामा जमरा राखेका मन्दिर तथा सामुदायिक केन्द्रहरुले जमरा आज महानवमी र दशमीमा वितरण गर्ने भएका छन् । अधिकांश नेपाली समुदायहरु जमरा लिन जानेको घुईचो हुनेगर्छ ।
केही तस्बिरहरु रतुवामाइ, मोरङस्थित नवदुर्गा मन्दिरका हुन्। तस्बिर (फोटो): कृष्ण ढुंगाना
प्रतिक्रिया