आगामी मार्च २-३,२०२४ मा काठमाण्डौमा हुने एनआरएनए ११ औं महाधिवेशनको मिडिया एण्ड पब्लिकेशन समितिको बिस्तार

इनेप्लिज २०८० कार्तिक ५ गते १९:१९ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च २-३, २०२४ मा काठमाण्डौमा हुने ११ औं महाधिवेशनको लागि सचिव कृष्ण के सीको संयोजकत्वमा सूचना, प्रचार-प्रसार तथा प्रकाशन (मिडिया एण्ड पब्लिकेशन) समिति गठन गरिएको थियो।

समितिलाई बिस्तार गर्दै लैजाने क्रममा पहिलो चरणमा निम्न एनआरएनहरु मनोनित गरिएको जानकारी गराइन्छ।

समितिमा सम्पूर्ण एनसीसी प्रवक्ताहरु पदेन सदस्य रहनु हुनेछ। साथै आवश्यकता अनुसार बाँकी एनआरएनहरु थप्दै जाने समेत जानकारी गराइन्छ।

रश्मि थापा, आइसीसी सदस्य, क्यानाडा
बिराज भण्डारी, उपाध्यक्ष, अमेरिका
पूर्ण देउराली-मकाउ
सुन्दरी लामा-स्पेन
युवराज खड्का-प्रवक्ता, एनसीसी साउदी
पावल राइ, प्रवक्ता, कुवेत
कमल सिंह-कुवेत

धन्यवाद;

सचिवालय
गैरआवासीय नेपाली संघ
अक्टुवर २२, २०२३

प्रतिक्रिया