काठमाडौँ, ०५ कार्तिक । लामो समयदेखि विभिन्न पेशा, क्षेत्रमा अतुलनीय योगदान दिएका व्यक्तिहरू मध्ये पत्रकार कृष्णमुरारी भण्डारी, वरिष्ठ समाजसेवी शिवराम अर्याल, वरिष्ठ कलाकार दिपाश्री निरौलालगायत साथै अन्य सञ्चारकर्मी तथा समाजसेवीहरूलाई “कालो झोला विशेष सम्मान २०८०” बाट राजधानीमा शुक्रबार आयोजित एक विशेष कार्यक्रममा सम्मानित गरियो ।
नेपाली कलाकारिता, सामाजिक सेवा, पत्रकारिता, गीतसंगीत लगायतका विविध क्षेत्रमा समाजको लागि उल्लेखनीय योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई मैतीदेवी मिडियाद्वारा सञ्चालित (www.kalojhola.com) कालोझोला डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा “कालो झोला विशेष सम्मान २०८०”बाट कार्यक्रमका प्रमुख अतिथि प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार थपलियाको हातबाट सम्मानीत गरिएको थियो ।
शहिद स्मृति सामुदायिक भवन, मैजुवहाल चावहिल काठमाडौँमा आयोजित उक्त कार्यक्रममा सम्मानीत हुनुहुने विशिष्ट व्यक्तित्वहरूमा पत्रकारिता सँगसँगै गोरखापत्र राष्ट्रिय दैनिकको अध्यक्षजस्तो गरिमामय पदीय भूमिका निभाएका वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी, कलाकारितासँगै चलचित्र निर्माणमा सफल भूमिका निभाएकी वरिष्ठ कलाकार दिपाश्री निरौला, धार्मिक रेडियो कार्यक्रमको प्रस्तोताको रुपमा सञ्चारको माध्यमबाट नेपाली संस्कृति संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा विशेष योगदान पु¥याएका वरिष्ठ सञ्चारकर्मी अच्यूतप्रसाद सुवेदी, नेपाल स्काउट बागमती प्रदेश प्रमुख तथा सामुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्याल, गीतसंगीतका माध्यमबाट मनोरञ्जनका साथै विशेषगरी बाल मनोविज्ञान, पर्यटन प्रवद्र्धन, शिक्षा, खेलकुदलागायतका क्षेत्रमा योगदान दिएका वरिष्ठ संगीतकार वि.पि. वाग्ले तथा संस्थागततर्फ लाइफलाइन हेल्थ होम केयर प्रा.लि. पुल्चोक ललितपुर, सेन्ट लरेन्स कलेज,चावहिल रहेका थिए । त्यस्तै कर्मचारीतर्फ पत्रकार तथा समाजसेवी विष्णुप्रसाद तिमल्सिना, वरिष्ठ सञ्चारकर्मी दिपेन्द्र प्रजापति सम्मानीत हुनुभएको छ ।
वरिष्ठ सञ्चारकर्मी एवम् चर्चित रेडियो प्रस्तोता हेम सुवेदीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा निर्वाचन आयोगका प्रमुख आयुक्त माननीय दिनेश कुमार थपलिया, विशेष अतिथि भारद्वाज संस्कृति सम्बद्र्धन केन्द्र नेपालका केन्द्रीय अध्यक्ष ऋषि प्रसाद सुवेदी, बागमती प्रदेश सभा सदस्य माननीय श्रीराम लामिछाने लगायतका विशिष्ठ व्यक्तित्वहरूको गरिमामय उपस्थिती रहेको थियो । कार्यक्रममा वक्ताको रुपमा बोल्ने क्रममा वरिष्ठ कलाकार तथा चलचित्र निर्देशक दिपाश्री निरौलाले आफूले पाएको सम्मान प्रसादको रुपमा ग्रहण गरेको र विशिष्ठ व्यक्तित्वहरूसँगै सम्मान पाउँदा खुशीका साथै जिम्मेवारी पनि थपिएको बताइन् । सोही क्रममा प्रमुख अतिथि माननीय दिनेशकुमार थपलियाले यसरी सम्मान गर्दा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरूको लागि थप ऊर्जा मिल्ने र कामको सही कदर हुने बताए । कार्यक्रमको सभापतित्व मैतिदेवी मिडिया प्रा.लि.का प्रवन्धनिर्देशक सुमन सुवेदीले गरेका थिए ।
प्रतिक्रिया