विजया दशमीसँग सद्भावना र आलोचनात्मक चेत जोडिनु पर्छ!

सीता ओझा २०८० कार्तिक ४ गते १५:२७ मा प्रकाशित

भारत,नेपाल,भुटान,पाकिस्तान,बङ्लादेश, बर्मा लगायतका दक्षिण एसियाली देशहरू अहिलेसम्म नै कृषिमा आश्रति मुलुकहरू हुन् । कृषिमा आधारित मुलुकहरूमा विगतदेखि नै कृषकले खेतवारी खनजोत सुरु गरेदेखि अन्नपात घरभित्र छिराउदासम्म आफ्नो उत्पादनको संरक्षणका लागि महत्त्व दिने र अदृश्य शक्तिसगँ केही न केही माग गर्ने परम्परागत प्रचलन सनातन धर्मावलम्बी र बौद्ध सम्प्रदायमा चलि आएको छ / देखिन्छ ।

अदृश्य कल्पना गरिएको शक्ति या सत्तासगँ जोडिएको इश्वरीय शक्तिको श्रोतको परिकल्पना राज्यसँग जोडेको देखिन्छ ।नेपाल ,भारत, बङ्गलादेश, बर्मा,भुटान आदि मुलुकहरूमा हिन्दु धर्मको बाहुल्यता रहेको छ । यी सबै परम्पराहरू दशैं र सनातन धर्मसगँ जोडिएका परम्परागत संस्कारहरूलाई सयौं वर्षपछि पर्वको रूपमा मनाइने गरियो ।

दशैंलाई विजयादशमीको रूपमा नौ दिनसम्म महिला शक्ति उपासनाको लागि नवरात्री भनेर पुजा गर्ने परम्परा पनि यस्तै प्रचलनभित्रको एक हो । नवरात्रीमा विशेषगरी जगदम्बाको पुजागरि उनीबाट मानवहरूले प्रार्थनाको माध्यमबाट हतियारले दिने शक्ति प्राप्त गर्ने वरदान दिन्छिन् भन्ने जनविश्वासका रहेको छ ।त्यहि कारण अहिले पनि दशैंलाई विशेष पर्वको रूपमा मानिदै आएको देखिन्छ ।दशैंसँग जोडिएका विशेषताहरूलाई यसरी बुझ्यो भने सजिलो हुन्छ ।

१, हिन्दु संस्कृतिमा दशैंको विश्लेषण गर्दा प्राचिनकालदेखि नै शक्ति र सत्तालाई वीरता र शौर्यको प्रतिकको रूपमा मान्ने गरेको र त्यसैको आडमा सत्ता टिकेको देखिन्छ ।
२, हरेक मानिसको समाजसँगको सम्बन्ध शक्ति र शक्तिको प्राप्तिलाई पराक्रम / युद्धसगँ जोडिएको भेटिन्छ ।
३,आदिमकालमा जङ्गलमा आफ्नो समुहले अर्को समुहको शिकार गर्ने कुरा नै पछि गण र कविलाको अस्तित्व रक्षा र सुरक्षाको लागि प्रयोग गरियो।
४,शत्रुको आक्रमणको भय उत्पन्न हुनु अगावै शत्रुमाथि युद्ध गरि विजय प्राप्त गर्दा आफू सुरक्षित भइरहने साथै आफ्नो शक्ति सुरक्षित हुने तरिका नै राजनीतिक कुशलता हो भन्ने कुरा विस्तारै बुझिन थालियो ।

५,राज्य र शक्ति बुझ्नेक्रमले अधिनस्त राख्ने र उपनिवेश निर्माण या अर्कोलाई आफ्नो नियन्त्रणमा राख्न थाल्ने परम्परा सुरू भयो ।
६, परम्परागत कार्य हरू आफ्नो आहारा र सहाराका लागि प्रयोग गर्न नपाउँदा युद्ध गर्नुपर्ने स्थिति आयो । ,युद्धमा बगाउने रगत र रगतको मुल्य पनि विस्तारै विजय प्राप्त गर्नेले हार्ने / मर्नेको बगेको रगतबाट टीका लगाएर विजय प्राप्ति गरेको आनन्द लिने परम्परामा परिणत भयो।

यसरी युद्धमा जितेर जितको खुसीमा लगाउने टीका,आफ्ना समुहको संरक्षणका लागि प्रयोग भयो/गर्दै लगियो ।हिजो समूहको नेतृत्व गर्ने केही समयपछि राजामहाराजाले आफ्नो सत्ताको विस्तार र अधिनायकत्वसगँ जोडिएर गरेको युद्ध र युद्धमा बगेको रगतको टिका लगाउने कुरा सयौं वर्षपछि उत्सव सांस्कृतिक प्रचलनको रूपमा समाजमा स्थापित भयो । राजनीतिक लाभ र विजयश्रीसगँ जोडिएको सत्ता र शक्ति समाजसगँ जोडिएपछि राजनीतिक विषय सामाजिकीकरण हुन सयौं वर्ष पार गर्न पर्यो र मात्रै सामाजिक विषय बन्यो । अब पनि यस्ता विषयहरू यस्तैगरि सामाजिक हुने गर्छन् ।

हामीले मनाउने दशैं पनि कसै न कसैको जित र हारको कथा हो । दशरथका छोरा रामले राज्य गर्ने समयमा १४ वर्षको बनवासको कथाभित्रको रावणबाट सीताको हरणको विषय एउटा पक्ष मात्रै हो । रामले रावणसँग युद्ध गर्न प्रस्थान गरिएको दिन पनि भनिन्छ । राजाहरूले सुरूवात गरेको यो परम्परालाई जनताले पनि मान्दै जाने क्रममा भारतिय सम्राट मराठा शिवाजीले पनि औरंगजेव विरूद्ध युद्ध प्रस्तान गर्ने दिनको रूपमा यहिदिनलाई मानेको देखिन्छ ।

हिन्दुधर्मसँग जोडिएका अनेकौं संस्कारहरूमा यस्ता राजनीतिक घटनाहरू प्रचलनको रूपमा समाजमा स्थापित गरेका अनेकौं उदाहरण छन् ।


हिन्दु परम्परामा ( पौरत्स्य )ज्योतिषीय हिसाबले शत्रुलाई परस्त गर्न प्रस्तान गर्ने शुभ दिनको रूपमा श्रवण नक्षत्रलाई लिने गरिन्छ ।
महाभारत कालमा पनि दुर्योधनले यहि साइतमा पाण्डवलाई जुवामा हराए र बाह्र वर्षको वनवास अनि एक वर्षको गुप्तवास पठाएको दिन मानेकको भेटिन्छ । वनवास सकेपछि राम अयोध्याका राजा भए जस्तै रावण पनि लंकाका राजा थिए । राम राजधर्मको आदर्शलाई केन्द्रमा राखेर शासन गर्ने आदर्श राजा कहलिए। तिनै आदर्श राम,सीता / उनकी पत्नीमाथि राजा र पतिको हैसियतमा दुइपटक अग्नि परीक्षा र पुत्र स्वामित्वको राजसभामा प्रश्न उठाएर अपमान र मानविय हिंसा या अन्याय गरेको देखिन्छ । त्यो अपमान पनि सत्ता र शक्तिको लागि नै गरिएको थियोे । हामी त्यो अन्यायको पक्षमा बोल्ने सहास गर्दैनौं । कोहि कसैले गर्यो भने राम्रो मान्दैनौं किन ?

किन कि हामी फरक विचारको सम्मान र फरक संस्कृतिको आदर गर्ने समाजबाट हुर्किएका छैनौं । हामीसँग आलोचनात्मक चेत छैन भन्दा हुन्छ ।वाल्मीकि रामायणको आधारमा रावण धर्म र कर्मले चतुर थियो ।वाल्मीकि रामायणमा रावणलाई शिव र पार्वतीको भक्तको रूपमा प्रस्तुत गरिएको छ । धार्मिक इतिहास पढ्दा रावणको वास्तविक नाम दशानन हो । दशाननको अर्थ दस टाउका बराबरको ज्ञान भएको / भरिएको व्यक्ति हुन्छ । रावणको चरित्रको अध्ययन गर्दा इश्वरीय शक्ति बसमा पार्न सक्ने एक आध्यात्मिक साधना गर्ने व्यक्तिको रूपमा चिनिन्छ ।

रावणसगँ जोडिएका त्यस्ता अनेकौं उदाहरण मध्येको एक उदाहरण महादेव र पार्वतीलाई आफुसगँ लंका लान खोज्दा पर्वत ( पहाड )ले किचेर त्यहाँ एक भयानक रोदन / स्वर निस्किएको र शिवले त्यो स्वरको नामाकरण रावण राखिदिएको प्रसङ्ग पनि छ । अर्थात इश्वरीय शक्तिलाई कब्जा गर्न खोज्दा परस्त भएको निस्किएको पिडादायक आवाजको प्रतिविम्ब नै रावण थियो । श्रीलंकाको त्रिंकोमाली भन्ने ठाउँमा रहेको रावणको मुर्ति अझै देख्न पाइन्छ । श्रीलंकामा रहेको त्यो मुर्तिलाई आधार मान्दा ( तमिल पोट पत्रिका ) रावणको मुल / वंश तमिल हो भन्न सकिन्छ । पह्मपुराण,श्रीमद्भागवत पुराण,कुर्मपुराण,वाल्मीकि रामायण,महाभारत,आनन्द रामायण, दशावतारचरित्र आदिमा रावणको बारेमा निकै चर्चा गरिएको देखिन्छ । त्यो चर्चाले रावणलाई कुनै बेलाको सत्ता र शक्तिले सम्पन्न राजाको रूपमा लिन / चिन्नु पर्ने हुन्छ ।

कतिपय धार्मिक साहित्य पढ्दा रावण एक बिम्ब ( काल्पनिक ) पात्र मात्रै हो जस्तो लाग्छ । तर वाल्मीकि रामायण महाकाव्य पढ्दा रावण पुलस्त्य मुनिको नाति विश्वश्रवाको पुत्र लंका नाम गरेको नगरको सर्वशक्तिमान राजाको रूपमा प्रस्तुत गरिएको भेटिन्छ । विश्वश्रवाका दुइपत्नी थिए । त्यस मध्ये वरणीले कुबेरलाई जन्म दिइन र कैकसीले रावणलाई भन्ने छ ।

यसरी केलाउँदा रावण ब्रम्हाका पनाति हुन्छन् । माथि उल्लेख गरिएका तथ्यहरूको सत्यता खोज्दा पौरत्स्य दर्शन र सव्यताको कालखण्डमा हेर्नू,पढ्नु पर्ने हुन्छ । यसरी केलाउदा विषयमा केही विराधाभास पनि देखिन आउँछ । यी सबै कुराले रावण एक विद्वान,पराक्रमी र निडर शिवभक्त राजा थिए । उनलाई वेदवेदांग ( चारवेद र छ शास्त्र) को ज्ञान थियो । त्यहीँ ज्ञानको अभिमानको कारण रावणले राजा भएपछि धेरै स्त्रीमाथि बलात्कार गर्यो। रावण चरित्रमा भएका हजारौं पक्ष राम्रा भएपनि महिलामाथि बलात्कार गर्ने,ब्रह्माण्ड बध गर्ने जस्ता चरित्र निन्दनीय पक्षमा पर्दछन् । मानव जीवनसगँ जोडिएका अनेकौं यस्ता चरित्र भएका विषयहरूलाई हाम्रा धर्मशास्त्रहरूले हरेक ठाउँमा प्रयोग गरेको छ । त्यसभित्र ठाउँ विषेश, जात, धर्म र रङ्गलाई आफू प्रतिकुल बिम्बको रूपमा प्रस्तुत गर्दा कतिपय बेलामा हाम्रा धर्मशास्त्रहरू मानव धर्म विरोधी शास्त्र जस्तो पनि देखिन्छन् । मानिसलाई रङ्ग,क्षेत्र र धर्मको आधारमा आफ्नो र पराय मान्ने परम्परा जंगली युग / शिकारी अवस्थातिरको हो । यहीँ कुरा अहिलेको विचार र विचारधारा मान्नेहरूको व्यवहारसगँ पनि जोडिन्छ / जोडिएर आएको छ । त्यो संस्कार मानवजातीको पारिवारिक संरचनाको विकासको कालदेखि राज्यको सत्ता समिकरणसम्म नै जोडिदै आएको छ । त्यस्तो संरचनामा महिला ( छोरी/बुहारी) लाई पारिवारिक सहकार्यमा सहकर्मीको रूपमा सहयोगी मात्रै ठाने प्रचलन छ ।शास्त्रमा उल्लेख गरेका आदर्शको प्रयोग मानिसको व्यवहार हो । त्यहीँ चुकेपछि समानताको पाठ पढ्नुको अर्थ हुन्न ।

अहिले पनि महिला भएका कारण,महिलाको पहिरनका कारण, महिलाको विवाह नभएका कारण नातासम्बन्धभित्रको अस्तित्व ग्रहण गर्ने कुरामा महिलाको स्थान,मान नजोडिएको अवस्था छ । त्यो नै सत्ता र शक्तिसगँ जोडिएर गरेको विभेद हो ।

आध्यात्मिकताभित्र महिला अझै सत्ता र शक्तिमा कमजोर भएको छ यो बलियो उदाहरण हो। यस्त ा अनेकौं उदाहरण जङ्गली युगदेखी जोडिएको कुरा हो र सव्यताले पनि छुटाउन नसकेको पछौटे चरित्र हो भन्ने बुझनु पर्दछ । यस्तो गर्नु / हुन आधुनिक समाजमा देखिएको जंगली अवस्थादेखि ल्याएको जङ्गली चरित्रको व्यवहार हो भन्दा फरक पर्दैन । त्यहि युगदेखि फरक विचारले तात्कालिन समाजमा स्थान पाएन । रावण निजि सम्पतिको प्रधानता र राज्यको स्वामित्वको समयको महत्त्वकांक्षी राजा हो । उसको महत्त्वकांक्षाभित्रको इच्छा पूरा गर्न नपाउदा रामले वानरसेनाको सहयोग लिएर विजया दशमीको दिन रावणमाथि युद्ध गर्न हिडेकोले” विजया दशमीको” रूपमा मान्ने गरिन्छ भन्ने छ ।

देव,मानव र राक्षसको रूपमा आर्य,मंगोल ,द्रविण,तमिल जस्ता अनेकौं जातलाई रङ्ग/वर्ण र सत्ताको आधारमा छुट्याइयो । यस्तो इतिहास विश्वभर छ र थियोे ।त्यहि समयदेखि राज्य र पारिवारिक संरचनाभित्र विभेदले भेदभावपूर्ण व्यवहार देखाउन थालेको हो भन्ने कुरा हाम्रा धर्मशास्त्रले नै सिकाएको छ।


मानविय धर्मको कुरा गर्दा हिन्दु धर्ममा उदारता,दयाभाव र करूण अधिक देखिन्छ । तर हक र अधिकारको कुरा गर्दा विद्रोही भएको,बहिष्करणमा परेको उदाहरण प्रसस्तै भेटिन्छन् ।

हिन्दु सनातनभित्र धर्म मान्नै पर्ने कट्टरता पनि देखिन्न तर मानविय मूल्य,हक,अधिकार, सबै उमेर,वर्ण ,क्षेत्र र लिङ्कको विचारको सम्मान र व्यवहारमा परिवर्तनको कुरासगँ जोडिएर रूपान्तरण गर्न वहस गर्न खोज्यो भने अझै चुनौती देखिन्छ। अब, त्यो जडताबाट हिन्दुधर्मावलम्वी माथि उड्नु जरुरी देखिन्छ ।

यसरी हेर्दा दशैं पर्वको ऐतिहासिकतासगँ देवसत्ताको संरक्षणका लागि आर्य मुलका आदिशक्ती महिला आफ्नो समुहको हितोपक्षका लागि आफ्नो यौनिकतालाई हतियार बनाएर फरक विचारकहरूलाई परस्थ गर्न पुगेको / पुर्याइएको ( प्रयोग भएको ) इतिहास बोकेको पर्वको रूपमा पनि चिनिन्छ ।नव दुर्गाका नौ वटा रूप मध्ये हरेक स्त्रीमा भएको यौनिक शक्ति, त्यसको उपयोग सत्ताको संरक्षणका लागि प्रयोग भएको छ भन्ने कुरा महाकालीको सर्वाङ्ग नांङो स्वरूपले युद्ध गर्न जानुले देखाउछ । त्यहि सर्वाङ्ग नाङ्गो रूपको मोहमा महिषाशुर पर्यो र बद गरियो । यो युद्ध देव र आर्यहरूको हितानुकुल थियो । सत्ता र शक्ति स्वार्थमा यस्ता कुरा गौण हुन्छन् भन्ने कुराको पुष्टि गर्ने आधार पनि हो ।

स्त्रीसगँ शक्ति हुदैन भन्ने मान्यता राख्ने महिषाशुरहरू जस्ताहरूले हार्नु पर्छ भन्ने कुरा पनि देखाउन खोजिएको छ । वास्तविकता चाहिँ राज्यले महिलालाई मानवको रूपमा नहेर्ने चरित्र थियोे । रक्षात्मक अवस्थामा पुगेपछि मात्रै महिलालाई सहकार्य गराउने अवस्था देखिन्छ ।

यसरी विश्लेषण गर्दा विजया दशमी महिलाको यौनिकतासगँ महिलाको शक्ति र सत्ताशक्ति जोडिएको पर्व मान्नु पर्छ । यो पर्वले आलोच्य चेत र फरक विचार राख्नेलाई सफाए गरेको छ । राजनीतिमा फरक विचार राख्नेलाई सफाय गर्ने प्रचलन यसै र यस्तै प्रचलनबाट जग बसेको मान्न सकिन्छ ।यो र यस्ता विभेदकारी परम्पराहरू पौरस्त्य दर्शनको आलोकबाटै सुरू भएको थियो र अझै देखिन्छ । विजया दशमीले पनि समाजमा विभेदकारी व्यवहारहरू जोडिएर आएको पक्षको अन्त्य गर्नु पर्दछ र सद्भावनाको पर्वको रुपमा स्थापित गर्नु राम्रो हुन्छ ।

सीता ओझा
२०८०/०७/०४

प्रतिक्रिया